काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजपनि बस्दैछ । मंगलबारदेखि शुरु भएको केन्द्रीय समितिको बैठक आज बिहान ११ बजेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । यसअघि बुधबार बसेको बैठकमा ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । साथै बैठकले उखुको मूल्य तत्काल निर्धारण गर्न र किसानले पाउन बाँकी रकम अविलम्ब भुक्तानी गर्न सरकारसँग माग गरेको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासीनताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाएर मूल्य तोक्न माग गरेको हो । उखु बजारमा पठाउने समय नजिकिँदै गर्दा किसानमा देखिएको चिन्ता सम्बोधन गर्न तथा बक्यौता रकम तत्काल उपलब्ध गराउन बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । The post कांग्रेसको केन्द्रीय समितिको बैठक आजपनि बस्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
कांग्रेसको केन्द्रीय समितिको बैठक आजपनि बस्दै

Read Complete Original Article
Published originally on कर्पोरट खबर






