Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

काँग्रेसले भन्यो, ‘पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
काँग्रेसले भन्यो, ‘पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ’
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। नेपाली काँग्रेसले पार्टी नेतृत्व र पार्टीको वैधानिकतामाथि भ्रम सिर्जना गर्ने उद्देश्यले षड्यन्त्र भइरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने जनाएको छ। काँग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले पार्टीका पदाधिकारी तथा संघीय सांसदहरूसँगको बैठकले पार्टीविरुद्ध भइरहेको भनिएको षड्यन्त्रको संसद, संसदीय समिति र आम नागरिकबीच भण्डाफोर गर्ने निर्णय गरेको बताए। राज्य संरक्षित तथा राज्य नियन्त्रित व्यक्तिहरूमार्फत नेपाली काँग्रेस र पार्टी नेतृत्वमाथि भ्रम सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाउँदै रसाइलीले त्यस्ता गतिविधिको पार्टीले खुलेर विरोध र प्रतिरोध गर्ने बताए। उनका अनुसार यस विषयलाई प्रतिनिधिसभा र संसदीय समितिमा समेत सशक्त रूपमा उठाइनेछ। काँग्रेसले संसद् बैठक आह्वानको माग गरिसकेको उल्लेख गर्दै उनले संसद् र संसदीय समितिमार्फत घटनाको वास्तविकता बाहिर ल्याउने बताए। पार्टीका पदाधिकारी तथा संघीय सांसदहरूको बैठकले पार्टी नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयास, संसद् अधिवेशन आह्वान र भोटेकोशी बाढी प्रभावित नागरिकलाई सहयोग गर्ने विषयमा छलफल गरेको उनले बताए। “राज्य संरक्षित व्यक्तिहरूमार्फत नेपाली काँग्रेस पार्टी र यसको नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयास भएको भन्दै पार्टीले त्यसको कडा प्रतिवाद र विरोध गर्ने निर्णय गरेको छ। यस विषयलाई प्रतिनिधिसभा, संसदीय समितिहरू तथा आम नागरिकमाझ तथ्यसहित उठाइनेछ,” रसाइलीले भने। पार्टीको निर्वाचनका बेला काँग्रेसको अद्यावधिक अवस्था र वैधानिकतासँग सम्बन्धित नरहेका व्यक्तिलाई समेत जोडेर पार्टी नेतृत्वविरुद्ध भ्रम फैलाउने काम भएको निष्कर्ष बैठकले निकालेको उनले बताए। राज्यले जुनसुकै प्रकारको छानबिन गर्न चाहे पनि काँग्रेस त्यसबाट पछि नहट्ने स्पष्ट पार्दै रसाइलीले पार्टीमाथि लागेका आरोप र सिर्जना गरिएका भ्रमको यथार्थ आम नागरिकसमक्ष पु¥याउने बताए। यसैगरी बैठकले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने विषयमा समेत छलफल गरेको छ। चाडपर्वको समयमा प्रभावित नागरिकलाई पार्टीका तर्फबाट आवश्यक सहयोग गर्ने उद्देश्यले प्रभावित क्षेत्रका सांसद तथा जनप्रतिनिधिलाई पार्टी कार्यालयमा बोलाइएको रसाइलीले बताए। उनका अनुसार सभापति र पार्टी नेतृत्वले प्रभावित क्षेत्रका सांसद तथा जनप्रतिनिधिसँग छलफल गरी आवश्यक सहयोगका विषयमा निर्णय गर्नेछ। प्रभावित क्षेत्रका सांसद तथा जनप्रतिनिधिलाई शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालयमा बोलाइएको छ। – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
परिवर्तनशील विश्वमा विश्वासको पुनर्निर्माणमा जोड दिँदै शेरधन राईले के भने ?
Latest NewsJust now

परिवर्तनशील विश्वमा विश्वासको पुनर्निर्माणमा जोड दिँदै शेरधन राईले के भने ?

काठमाण्डु- नेकपा एमालेका सचिव शेरधन राईले परिवर्तनशील विश्वमा आपसी विश्वासको पुनर्निर्माण, संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । दक्षिण कोरियाको राजधानी सोलमा जारी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन ९आईक्याप० को १३औँ महासभालाई सम्बोधन गर्दै राईले अन्तर्राष्ट्रिय सम्बन्धमा द्वन्द्वभन्दा संवाद र टकरावभन्दा सहकार्य आवश्यक रहेको बताएका हुन् । नेपालका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा […] ...

काठमाण्डुपाटी
ममताको हत्या अभियोगमा नरेश भट्टको बयान : शव लुकाएको स्वीकार
Latest NewsJust now

ममताको हत्या अभियोगमा नरेश भट्टको बयान : शव लुकाएको स्वीकार

भर्जिनिया । पत्नी ममता काफ्ले भट्टको हत्या अभियोगमा अमेरिकामा मुद्दा खेपिरहेका नरेश भट्टले उनको शव बेडरुममा फेला पारेपछि टुक्राटुक्रा पारेको बताएका छन् । बिहीबार अदालतमा बयान दिने क्रममा उनले शव टुक्र्याउन थाले पनि शारीरिक शक्ति नपुगेपछि बीचमै रोकेको बयान दिएको फक्स न्यूजले उल्लेख गरेको छ । भट्टका अनुसार सन् २०२४ जुलाई ३० को बिहान उनले ममताको शव बेडरुमको भुइँमा देखेका थिए ...

केन्द्रबिन्दु
हिन्दु धर्मावलम्बीको तिहारलाई जीवन्त राख्न ११ वर्षदेखि एक मुस्लिम युवाको एकल प्रयास, आफ्नै लगानीमा सांस्कृतिक उत्सव
Latest NewsJust now

हिन्दु धर्मावलम्बीको तिहारलाई जीवन्त राख्न ११ वर्षदेखि एक मुस्लिम युवाको एकल प्रयास, आफ्नै लगानीमा सांस्कृतिक उत्सव

• भैरहवामा तिहारको लक्ष्मीपूजाका दिन चहलपहल घट्दै गएको छ, र चाडपर्वको सामूहिक उत्साह कमजोर भएको छ। • मुस्लिम युवा रहिश खानले ११ वर्षदेखि तिहारको सांस्कृतिक रौनक फर्काउने प्रयास गर्दै, सबै धर्मका मानिसलाई सहभागी गराउने कार्यक्रम आयोजना गर्दै आएका छन्। • खानको उद्देश्य भैरहवाको पुरानो संस्कृति जोगाउनु र स्थानीय कलाकारलाई मञ्च उपलब्ध गराउनु हो, जसका लागि उनले करोड भन्दा बढी खर्च ...

नेपालबहस
आदर्श गृहबाट एक हजार १८१ जनाको पारिवारिक पुनर्मिलन, ३२ जना अझै आश्रित
Latest NewsJust now

आदर्श गृहबाट एक हजार १८१ जनाको पारिवारिक पुनर्मिलन, ३२ जना अझै आश्रित

काठमाडौं – संरक्षणको आवश्यकता भएका महिला, किशोरी तथा बालबालिकालाई सुरक्षित आश्रय दिँदै आएको आदर्श गृह नेपालले हालसम्म एक हजार १८१ जनाको पारिवारिक पुनर्मिलन गराएको छ। हिंसा प्रभावित, मानव बेचबिखन तथा ओसारपसारमा परेका र संरक्षणको आवश्यकता भएका व्यक्तिको उद्धार, संरक्षण तथा पुनःस्थापनामा सक्रिय गृहले शिक्षा, सीप विकास र आत्मनिर्भरता अभिवृद्धिमा समेत काम गर्दै आएको छ । २०६६ वैशाख १ गतेदेखि भरतपुरमा सञ्चालनमा ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play