काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना रहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराईको भूभागमा मौसम मूख्यतया सफा रहनेछ । हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागले राति मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका सबै भूभागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्ने बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।
कस्तो हुनेछ आजको मौसम ?

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






