Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

कस्तो छ आइएमई लाइफको बिग सावधिक जीवन बीमा योजना ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कस्तो छ आइएमई लाइफको बिग सावधिक जीवन बीमा योजना ?
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लक्ष्मीपूजाको अवसरमा कात्तिक २२ गतेदेखि लोयल्टी बोनस सहितको नयाँ ‘आइएमई बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । बचत र जीवन सुरक्षालाई एकसाथ समेट्ने यस योजनाले बीमालेखलाई निर्धारित अवधिसम्म निरन्तरता दिने बीमितलाई लोयल्टी बोनस मार्फत थप लाभ प्रदान गर्नेछ । यस योजना अन्तर्गत बीमा अवधि समाप्तिसम्म बीमित जीवित रहेमा बीमाङ्क रकम, बोनस तथा लोयल्टी बोनस एकमुष्ट प्राप्त हुनेछ । बीमा अवधिभित्र बीमितको मृत्यु भएमा नियमानुसार बीमाङ्क रकम तथा बोनस र लोयल्टी बोनस भुक्तानी गरिनेछ । योजनाका प्रमुख विशेषताहरूमा सहज बीमाशुल्क भुक्तानी, बोनस तथा लोयल्टी बोनसको लाभ, बीमालेख धितोमा कर्जा सुविधा, प्रचलित कानुन अनुसार कर छुट तथा आकर्षक परिपक्वता लाभ रहेका छन् । यो योजना १८ देखि ६० वर्ष उमेर समूहका व्यक्तिले खरिद गर्न सक्नेछन् । बीमा अवधि १० देखि २५ वर्षसम्म रहनेछ भने न्यूनतम बीमाङ्क रकम रु. २५,००० हुनेछ । साथै, पूरक करार सुविधा अन्तर्गत दुर्घटना मृत्यु लाभ, बीमाशुल्क मिनाहा, आम्दानी सुविधा, एकमुष्ट भुक्तानी तथा काजक्रिया खर्च जस्ता थप सुविधा समेत उपलब्ध हुनेछन् । योजना सार्वजनिक गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले बीमितलाई दीर्घकालीन बचत र जीवन सुरक्षा सँगै थप लाभ प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको बताए । उनले बीमालेखलाई निरन्तरता दिने बीमितलाई प्रोत्साहन गर्दै बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्न यस योजनाले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । कम्पनीले यस योजना मार्फत ग्राहकको दीर्घकालीन आर्थिक सुरक्षा सुनिश्चित गर्दै जीवन बीमाको पहुँच विस्तार र बीमा क्षेत्रको दिगो विकासमा योगदान पुग्ने विश्वास लिएको छ । The post कस्तो छ आइएमई लाइफको बिग सावधिक जीवन बीमा योजना ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लक्ष्मीपूजामा केराको थम्बाको व्यापार
Latest NewsJust now

लक्ष्मीपूजामा केराको थम्बाको व्यापार

विराटनगर। झिलिमिलीको चाड तिहार पर्व सुरू भएको छ। दीपावलीको उज्यालोसँगै नेपाली समाजमा विभिन्न सांस्कृतिक परम्परा र विधिहरू जोडिएका छन्, जसमध्ये लक्ष्मीपूजाका दिन घर र पसलको मूलढोकामा केराको थम्बा (बोट) गाड्नु एक प्रमुख धार्मिक अनुष्ठान मानिन्छ। यही धार्मिक आस्था र परम्परालाई व्यापारमा बदलेर सुनसरीका विजयकुमार मेहता विगत पाँच वर्षदेखि विराटनगरका बजारमा केराको थम्बा विक्री गरिरहेका छन्। तिहारको दोस्रो दिन अर्थात् लक्ष्मीपूजाको बिहानै विराटनगरका ...

नेपालन्युज
व्यावसायिक सयपत्री खेती गर्दै आएका कृषकमा उत्साह
Latest NewsJust now

व्यावसायिक सयपत्री खेती गर्दै आएका कृषकमा उत्साह

इमान सिं रानारामपुर (पाल्पा), कात्तिक २२ गते । व्यावसायिक सयपत्री खेती गर्दै आएका पाल्पाका कृषकहरुको बारीमा ढकमक्क फूल फक्रिएको छ । तिहारका लागि सयपत्री टिप्न र माला तयार गर्नमा व्... ...

गोरखापत्र
साइबर ब्युरोमा पुगे कांग्रेस सह-महामन्त्री शिवाकोटी
Latest NewsJust now

साइबर ब्युरोमा पुगे कांग्रेस सह-महामन्त्री शिवाकोटी

काठमाण्डु- नेपाली कांग्रेसका सह-महामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्युरो पुगेर हाजिर भएका छन्। उनले आफूसँगै कानुन व्यवसायीहरू पनि लिएर गएका थिए । साइबर ब्युरोभित्र उनलाई मात्रै छिर्न दिएर कानुन व्यवसायीलाई रोकेको दाबी उनीनिकटले गरेका छन्। शिवाकोटीले कानुन व्यवसायीलाई समेत साथमा लैजान खोजेका थिए। आइतबार शिवाकोटीले चाडपर्वको बिदाका बेलासमेत प्रहरीले ताकेता गरेपछि आफू साइबर ब्युरो […] ...

काठमाण्डुपाटी
पाँच मिनेटमा एक माइल दौडिँदै चार रुबिक्स क्युब मिलाएर विश्वकीर्तिमान
Latest NewsJust now

पाँच मिनेटमा एक माइल दौडिँदै चार रुबिक्स क्युब मिलाएर विश्वकीर्तिमान

बेलायतका एक धावकले दौड र पजल समाधान गर्ने सीपलाई एकसाथ प्रयोग गर्दै अनौठो विश्वकीर्तिमान कायम गरेका छन् । बेलायती धावक जर्ज स्कोलीले एक माइल दौड पूरा गर्ने क्रममा चारवटा रुबिक्स क्युब मिलाएर गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका हुन् । स्कोलीले गत १२ अक्टोबरमा क्यानडाको टोरन्टोस्थित सेन्ट्रल टेक हाई स्कुलको दौड ट्र्याकमा यो कीर्तिमान बनाएका थिए । उनले चारवटा रुबिक्स क्युब मिलाउँदै ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play