Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

कलिलो उमेरमै निलमको मृत्यु, आत्महत्या दुरुत्साहनको आरोपमा समातिए श्रीमान्

Share:WhatsAppFacebookX (Twitter)Telegram
कलिलो उमेरमै निलमको मृत्यु, आत्महत्या दुरुत्साहनको आरोपमा समातिए श्रीमान्
Photo / Coverage: केन्द्रबिन्दु

कैलाली । कैलालीको गोदावरी नगरपालिका–५ की १९ वर्षीया निलम विष्टको विषादी सेवनपछि मृत्यु भएको घटनामा प्रहरीले उनका श्रीमान् आयुष कटुवाललाई पक्राउ गरेको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भएपछि प्रेम सम्बन्धमा जोडिएका निलम र आयुषले विवाह गरेका थिए। तर विवाहपछि उनीहरूबीच सम्बन्धमा खटपट सुरु भएको थियो। प्रहरीका अनुसार, आयुषका एक साथीले निलम उनकी पूर्वप्रेमिका भएको भन्दै जिस्क्याएपछि दम्पतीबीच विवाद सुरु भएको थियो। यही विषयलाई लिएर उनीहरूबीचको मनमुटाव बढ्दै गएको बताइएको छ। श्रीमान्बाट निरन्तर तनाव पाएको भन्दै गत सोमबार घरमा कोही नभएका बेला निलमले विषादी सेवन गरेको प्रहरीको भनाइ छ। विषादी सेवनपछि उनलाई उपचारका लागि सुरुमा अत्तरियास्थित पदमा अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि धनगढीस्थित सिपी अस्पताल रेफर गरिए पनि उनको ज्यान जोगिन सकेन। निलमको मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार आत्महत्या दुरुत्साहन गरेको आरोपमा आयुषलाई पक्राउ गरिएको छ। उनीमाथि आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड
Latest NewsJust now

वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

काठमाडौँ । ऋषिमुनिको तपोभूमि नेपालमा वैदिक विश्वविद्यालय स्थापनाको सङ्कल्प सान्दर्भिक भएकाले कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको छ । श्री गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापनाका लागि नवलपरासीस्थित गजेन्द्रमोक्षधाममा आगामी मङ्सिर १ गतेदेखि २९ गतेसम्म... ...

रातोपाटी
सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि
Latest NewsJust now

सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि

बाँके । तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि ललितपुरको सगरमाथा स्विमिङ क्लबले जितेको छ । नेपाल पौडी सङ्घको प्राविधिक सहयोगमा नेपालगन्ज स्विमिङ क्लबको आयोजनामा भएको दुई दिने प्रतियोगितामा सगरमाथाले ४२९... ...

रातोपाटी
लिभरपुलमाथि आर्सनलको जित, शीर्ष स्थान कायमै
Latest NewsJust now

लिभरपुलमाथि आर्सनलको जित, शीर्ष स्थान कायमै

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा आर्सनलले लिभरपुलमाथि १–० गोलको महत्त्वपूर्ण जित हात पारेको छ । खेलमा आर्सनलका लागि काई हार्भाट्सले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनले... ...

रातोपाटी
कालीगण्डकी बाढीको भएन अध्ययन
Latest NewsJust now

कालीगण्डकी बाढीको भएन अध्ययन

ठाकुरप्रसाद आचार्य म्याग्दी, कात्तिक १५ गते । गत असोज दोस्रो साता कालीगण्डकी नदीमा आएको विनासकारी बाढीले म्याग्दी, पर्वत, बागलुङ र स्याङ्जाका विभिन्न क्षेत्रमा अरबौँ रुपियाँ बराबरक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play