Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षण आर्थिक विकास र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो : अध्यक्ष अग्रवाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षण आर्थिक विकास र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो : अध्यक्ष अग्रवाल
Photo / Coverage: कर्पोरट खबर

काठमाडौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको कला, संस्कृति, इतिहास र सम्पदा संरक्षणलाई राष्ट्रिय पहिचान, सामाजिक एकता तथा आर्थिक विकाससँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् । हस्तकला महासंघका पूर्व अध्यक्ष ईन्द्र बहादुर शाक्य वंशद्वारा लिखित नेपालको कला, संस्कृति, चाडपर्व,जात्रा र सम्पदाहरुको संग्रह नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले संस्कृति कुनै पनि राष्ट्रको पहिचान र सभ्यताको जीवन्त दस्तावेज भएको उल्लेख गरे । उनले यस्ता विषयमा अनुसन्धान, अभिलेखीकरण र वैज्ञानिक अध्ययनमार्फत भावी पुस्ताका लागि ज्ञान हस्तान्तरण गर्नु आवश्यक रहेको बताए । काठमाडौं उपत्यकाका जात्रा तथा पर्वहरू प्राचीन सभ्यता, धार्मिक आस्था, सामुदायिक एकता, सामाजिक संगठन र परम्परागत सीप तथा शिल्पकलाका महत्वपूर्ण परिचायक रहेको उनको भनाइ थियो। यस्ता मौलिक परम्पराले समाजलाई एकताबद्ध बनाउनुका साथै नेपालको विशिष्ट सांस्कृतिक पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न योगदान पुर्‍याएको उनले बताए । अध्यक्ष अग्रवालले तीव्र सहरीकरण, अव्यवस्थित विकास, जलवायु परिवर्तन, भूकम्प, आगलागी तथा वातावरणीय प्रदूषणका कारण नेपालको मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदामाथि चुनौती थपिँदै गएको उल्लेख गरे। परम्परागत बस्ती, मठमन्दिर, पाटी, पोखरी तथा ऐतिहासिक संरचनाको संरक्षणका लागि स्पष्ट सरकारी नीति, पर्याप्त बजेट र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनले बताए । उनले सांस्कृतिक सम्पदाको संरक्षण सरकारको मात्रै दायित्व नभई स्थानीय समुदाय, निजी क्षेत्र, शैक्षिक संस्था, नागरिक समाज र सम्बन्धित सरोकारवालाहरूको साझा जिम्मेवारी भएको धारणा राखे।संरक्षण अभियानलाई प्रभावकारी बनाउन विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा स्थानीय इतिहास, कला, संस्कृति र सम्पदासम्बन्धी विषय समावेश गर्नुपर्नेमा समेत उनले जोड दिए । परम्परागत कला र सीपलाई जीवन्त राख्न कलाकार, शिल्पकार, मूर्तिकार, काष्ठकर्मी तथा धातुकर्मीको आर्थिक र सामाजिक सुरक्षामा ध्यान दिनुपर्ने अध्यक्ष अग्रवालको भनाइ थियो । पुस्तौंदेखि हस्तान्तरण हुँदै आएका मौलिक सीप र प्रविधिको संरक्षणसँगै नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्ने वातावरण बनाउनुपर्ने उनले बताए । नेपालको सांस्कृतिक विविधता पर्यटन विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै अग्रवालले सम्पदामा आधारित पर्यटनको प्रवद्र्धनबाट रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलता विकास र राष्ट्रिय अर्थतन्त्रमा योगदान बढाउन सकिने बताए । सांस्कृतिक सम्पदालाई संरक्षणसँगै आर्थिक गतिविधिसँग जोड्न सके यसले दिगो आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको धारणा थियो ।अध्यक्ष अग्रवालले पुस्तकका लेखक, अनुसन्धानकर्ता, प्रकाशक तथा यस कार्यमा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तित्वहरूलाई बधाई तथा धन्यवाद दिँदै यस्ता अनुसन्धानमूलक प्रकाशनले नेपालको कला, संस्कृति र सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि नयाँ आधार तयार गर्ने विश्वास व्यक्त गरे । उनले सांस्कृतिक सम्पदाको संरक्षणलाई केवल विगतको इतिहास जोगाउने कार्यका रूपमा नभई वर्तमान पुस्ताको दायित्व र भावी पुस्ताप्रतिको जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिए । The post कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षण आर्थिक विकास र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो : अध्यक्ष अग्रवाल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिमले भित्र्यायो आक्रमक ब्याटर जर्ज मुन्सी
Latest NewsJust now

सुदूरपश्चिमले भित्र्यायो आक्रमक ब्याटर जर्ज मुन्सी

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका आक्रमक ब्याटर जर्ज मुन्सीलाई भित्र्याएको छ।  सुदूरपश्चिमले एनपीएलका बाँकी खेलका लागि मुन्सीलाई अनुबन्ध गरेको हो। सुदूरपश्चिम एनपीएलको क्वालिफायरमा पुगेको छ।  स्कटल्यान्डका ओपनिङ ब्याटर ३३ वर्षीय मुन्सी आक्रमक ब्याटिङ गर्ने खेलाडीमा पर्छन्। उनले टी–२० अन्तर्राष्ट्रिय ८८ खेलमा २४३ को स्ट्र... ...

नेपालखबर
नेपाली इटा उद्योगमा भित्रियो आधुनिक प्रविधि, ६ करोड डलर बराबरको कार्बन फाइनान्सिङको घोषणा
Latest NewsJust now

नेपाली इटा उद्योगमा भित्रियो आधुनिक प्रविधि, ६ करोड डलर बराबरको कार्बन फाइनान्सिङको घोषणा

काठमाडौं । नेपालमा इटा उत्पादनको परम्परागत प्रविधिलाई हटाउँदै प्रविधिमैत्री बनाउने नयाँ प्रविधि नेपाल भित्रिएको छ । गुड ब्रिक्स टेक्नोलोजीको प्रवर्द्धक दक्षिण कोरियाको जलवायु प्रविधि कम्पनी इनो सीएसआर र दिवाकर गोल्छा अर्गनाइजेसनको लगानी रहेको हुलास इको ब्रिक्सबिच सहमति भएको हो । उक्त सहमति अनुसार नेपालको परम्परागत इटा उद्योगलाई रुपान्तरण गर्ने उदेश्यसहित ६ करोड अमेरिकी बराबरको महत्वपूर्ण […] ...

लोकपथ
गाउँका भाका, जिन्दगीका लय
Latest NewsJust now

गाउँका भाका, जिन्दगीका लय

पाखा–पखेरामा मेलापात र ढिकी–जाँतो गर्दा लोकजीवनमा गाइने गीतहरू समाज र देशको पुँजी भएकाले यसको अभिलेखन र संरक्षण गर्नु समुदायसँगै राज्यको दायित्व हो । ...

कान्तिपुर
खराब कर्जा असुलीमा ध्यान दिन नेपाल बैंकलाई अर्थमन्त्री वाग्लेको निर्देशन
Latest NewsJust now

खराब कर्जा असुलीमा ध्यान दिन नेपाल बैंकलाई अर्थमन्त्री वाग्लेको निर्देशन

बैंकको ९०औँ वार्षिकोत्सवमा अर्थमन्त्री स्वर्णिम वाग्लेले अनुत्पादक क्षेत्रमा लगानी नगर्न र वित्तीय अनुशासन कायम राख्दै डिजिटल बैंकिङ विस्तार गर्न पनि निर्देशन दिए । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play