Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

कर बक्यौता देखिएपछि उत्कृष्ट करदाता सम्मान सूचीबाट भाटभटेनी हटाइएको खुलासा

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर बक्यौता देखिएपछि उत्कृष्ट करदाता सम्मान सूचीबाट भाटभटेनी हटाइएको खुलासा
Photo / Coverage: टक्सार

काठमाडौँ । कर बक्यौतासम्बन्धी विवरण देखिएपछि भाटभटेनी सुपरमार्केट यस वर्ष सरकारको नियमित ‘उत्कृष्ट करदाता’ सम्मान सूचीबाट हटाइएको खुलेको छ। उच्च स्रोतका अनुसार आन्तरिक राजस्व विभागले अध्ययनका क्रममा भाटभटेनीको नाममा कर बक्यौता देखिएपछि विवाद हुन सक्ने भन्दै ‘वस्तु व्यापारको कारोबार गर्नेमध्ये बढी आयकर दाखिला गर्ने’ विधाबाट कम्पनीलाई हटाएको हो । स्रोतका अनुसार उक्त विधामा सम्मान पाउने सम्भावना भाटभटेनीकै सबैभन्दा बढी थियो। स्रोतले भन्यो, “हाम्रो प्रणालीमा उहाँहरूको कर बक्यौता देखियो। त्यसैले ‘वस्तु व्यापारको कारोबार गर्नेमध्ये बढी आयकर दाखिला गर्ने’ सूचीमा राखिएन। वास्तवमा यो विधामा भाटभटेनी बाहेक अरू कसैले सम्मान पाउने सम्भावना थिएन।” यो विषयको जानकारी पाएपछि भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ ले गुनासो गरेका थिए। त्यसपछि अन्तिम समयमा सरकारले छुट्टै विशेष विधा थपेर भाटभटेनीलाई सम्मान गरेको थियो। जेनजी आन्दोलनका क्रममा भाटभटेनीले ठूलो क्षति व्यहोरेकाले त्यसैलाई आधार बनाएर ‘प्रतिकूल व्यावसायिक अवस्थाका बाबजुद उत्कृष्ट करदाता’ शीर्षकअन्तर्गत सम्मान प्रदान गरिएको थियो। यद्यपि उक्त क्षति २०८२ भदौमा भएको भए पनि सम्मान आर्थिक वर्ष २०८१÷८२ का लागि प्रदान गरिएको हो। भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत पानु पौडेल ले भने कम्पनीको कुनै कर बक्यौता नरहेको दाबी गरेका छन्। उनका अनुसार आन्तरिक राजस्व विभागको प्रणाली स्तरोन्नति (अपग्रेड) गर्दा देखिएको प्राविधिक समस्याका कारण यस्तो अवस्था उत्पन्न भएको हो। उनले टक्सार न्युजसँग भने, “हाम्रो कुनै कर बक्यौता छैन। पुरानो कर प्रणालीलाई नयाँ प्रणालीमा रूपान्तरण गर्दा केही तथ्याङ्क तलमाथि भएको देखिन्छ। यसको समाधानका लागि हामीले निवेदन दिइसकेका छौँ।” उत्कृष्ट करदाता सूचीबाट हटाइएको विषयमा भने उनले धेरै टिप्पणी गर्न चाहेनन्। “सायद त्योभन्दा उच्च स्तरको सम्मान दिएको हुन सक्छ,” उनले भने। कर दिवस (मङ्सिर १) मा प्रदान गरिने सम्मान नपाउने सङ्केत भाटभटेनीका सञ्चालक गुरुङले पहिल्यै पाइसकेका थिए। उनले आफू निकटकाहरूलाई यसबारे असन्तुष्टि व्यक्त गरेका थिए। उनको गुनासो अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागका उच्च अधिकारीसम्म पुगेपछि अन्तिम समयमा नयाँ विधा थपेर सम्मान गरिएको स्रोतको दाबी छ। प्रणालीमा समस्या, विवाद निरन्तर आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०६८र६९ सम्म ‘प्रोट्याक्ट’ प्रणाली प्रयोग गर्दै आएको थियो भने आर्थिक वर्ष २०६९र७० देखि एकीकृत कर प्रणाली (आइटिएस) लागू गरिएको थियो । त्यसपछि प्रोट्रयाक्ट जस्ता पुराना र छुट्टाछुट्टै प्रणालीहरूलाई विस्थापित गर्दै हाल विभागले एकीकृत कर प्रणाली र आधुनिक करदाता पोर्टल मार्फत सम्पूर्ण सेवा सञ्चालन गरिरहेको छ । पुरानो प्रणालीबाट नयाँ प्रणालीमा तथ्याङ्क सार्ने क्रममा कतिपय विवरण नमिलेको भन्दै व्यवसायीसँग विभागको विवाद कायमै छ । ठुला करदाता यो समस्यामा परेका छन् । ठुला करदाता कार्यालयका प्रमुख प्रेमप्रसाद आचार्य ले यस्तो समस्या देखिएको स्वीकार गरे । उनले भने, “व्यवसायीहरू गुनासोसहित आउनुभएको छ । उहाँहरू बक्यौता छैन भन्नुहुन्छ, तर प्रणालीमा देखिन्छ । हामी यसलाई समाधान गर्ने प्रयासमा छौँ ।” आन्तरिक राजस्व विभागका एक अधिकारीका अनुसार पनि यो समस्या विगतदेखि नै कायम छ । उनका अनुसार कतिपय अवस्थामा व्यवसायीले बक्यौता नरहेको दाबी गरे पनि प्रणालीमा बक्यौता देखिन्छ तर त्यसलाई पुष्टि गर्ने पर्याप्त कागजात दुवै पक्षसँग उपलब्ध नहुँदा समस्या जटिल बनेको छ । भाटभटेनीको विषय सार्वजनिक भएसँगै कर प्रशासनको पुरानो प्रणाली र तथ्याङ्क व्यवस्थापनसम्बन्धी विवाद फेरि एकपटक चर्चामा आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चार महिनामा काठमाडौँका २७ हजार ५ सय वर्ग मिटर सडकका खाल्डाखुल्डी मर्मत
Latest NewsJust now

चार महिनामा काठमाडौँका २७ हजार ५ सय वर्ग मिटर सडकका खाल्डाखुल्डी मर्मत

काठमाडौँ । सडक डिभिजन कार्यालय काठमाडौँले विगत चार महिनाको अवधिमा २७ हजार ५ सय वर्ग मिटर क्षेत्रफल बराबरका सडकका खाल्डाखुल्डी मर्मत तथा सुधार गरेको छ । कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार... ...

रातोपाटी
काठमाडौं चौबिसै घण्टा खुल्ने : सुरक्षा व्यवस्थामा जोड दिन सरोकारवालाको माग
Latest NewsJust now

काठमाडौं चौबिसै घण्टा खुल्ने : सुरक्षा व्यवस्थामा जोड दिन सरोकारवालाको माग

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं जिल्लालाई चौबिसै घण्टा खुल्ला गर्ने विषयलाई अगाडि बढाएको छ । बुधबार एक सूचना जारी गर्दै यस्तो बताएको हो । सङ्घीय राजधानी काठमाडौंलाई सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री सहरका रूपमा विकास गर्ने उद्देश्यले चौबिसै घण्टा ९२४ घण्टा० सञ्चालन गर्ने योजनासहित जिल्ला प्रशासन कार्यालय काठमाडौंले आवश्यक तयारी तीव्र पारेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार राजधानीका सबै बजार ...

कर्पोरट खबर
रामकुमारी झाँक्रीको गाडीमा बसले ठक्कर दियो
Latest NewsJust now

रामकुमारी झाँक्रीको गाडीमा बसले ठक्कर दियो

काठमाडौँ । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीको गाडीमा बसले ठक्कर दिएको छ। राष्ट्रियसभा सांसद झाँक्रीको गाडीमा बिहीबार बबरमहलस्थित सडकमा बसले सामान्य ठक्कर दिएको हो। ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play