Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

कर दिवसमा अर्थमन्त्री र गभर्नरको ‘दुर्लभ’ सहउपस्थिति,कसले बनायो वातावरण ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर दिवसमा अर्थमन्त्री र गभर्नरको ‘दुर्लभ’ सहउपस्थिति,कसले बनायो वातावरण ?
Photo / Coverage: टक्सार

काठमाडौँ । सरकारले मङ्सिर १ गतेलाई ‘राष्ट्रिय कर’ दिवस मनाउछ । दिवसका अवसरमा आन्तरिक राजस्व विभागले हरेक वर्ष अर्थमन्त्री प्रमुख अतिथि हुने गरी विशेष कार्यक्रम गर्छ । कर दिवसको कार्यक्रममा आउन मुख्य सचिव र राष्ट्र बैंकका गभर्नलाई सधै विभागका महानिर्देशक गएर औपचारिक निम्तो दिने चलन छ । यद्यपी मुख्यसचिव र राष्ट्र बैंकका गभर्नर कर दिवसको अवसरमा विगतमा सहभागि हुने गरेका थिएनन् । विभागका अधिकारीहरूका अनुसार औपचारिक मन्तब्य राख्न नपाउने भएपछि मुख्य सचिव र राष्ट्र बैंकका गभर्नर आन्तरिक राजस्व विभागको यो कार्यक्रममा सहभागि हुने जाँगर देखाउने गरेका थिएनन् । विभागका एक पूर्वमहानिर्देशकले भने,“हामीले नियमित औपचारिक निम्ता दिने गरेका थियौँ तर मुख्य सचिव र गभर्नर कार्यक्रममा आउने गरेका थिएनन् ।” विभागका महानिर्देशकले निम्ता दिँदा ‘मुख्य सचिव र गभर्नरले मैले बोल्ने छ कि छैन ?’भनेर सोध्ने र बोल्ने सूची नभएको जानकारी नपाएपछि जाने गरेका थिएनन् । यसपटक मुख्य सचिव गोविन्दबहादुर कार्की र गभर्नर प्रा.डा. विश्वनाथ पौडेल यसपटकको कर दिवस(मङ्गलबार)को कार्यक्रममा सहभागि भए । कार्यक्रममा सहभागि धेरैको ध्यान गर्भनर पौडेलमाथि थियो । विगतमा प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ‘बाइपास’ गरेर गभर्नर पौडेलसँग छलफल गरेको,अर्थमन्त्री वाग्ले र गभर्नर पौडेलको सम्बन्ध राम्रो नभएको, केही नीतिगत निर्णयमा मतभेद भएको समाचारहरू सार्वजनिक हुने गरेको थियो । त्यसैले कर दिवसको दिन गभर्नर पौडेल कार्यक्रममा सहभागि हुने विषय आश्चर्यजनक थियो । गभर्नर पौडेलले कर दिवसको कार्यक्रमलाई पूर्ण समय दिएका थिए । उनले औपचारिक मन्तब्य भने राखेनन् । कार्यक्रममा सहभागि एक अधिकारीले भने,“बिगतमा गभर्नरहरू कर दिवसको कार्यक्रममा सहभागि भएको देखिदैन थियो । यसपटक उहाँ(गभर्नर पौडेल) आउनु नै आश्चर्य थियो, अर्को उहाँले पूर्ण समय दिनुभयो ।” मञ्चमा अर्थमन्त्री र गभर्नर पौडेलबिच खुलेर कुराकानी भएको थियो । कार्यक्रममा सहभागि अर्का कर अधिकारीले भने,“उहाँहरूबिच कार्यक्रम अवधिमा खुलेर कुराकानी भएको देखिन्थ्यो ।” कर दिवसको कार्यक्रमलाई कतिपयले अर्थमन्त्री वाग्ले र गभर्नर पौडेलबिचको सम्बन्ध सुधारको प्रयासको रूपमा बुझेका छन् ।” यसअघि प्रधानमन्त्री शाहले गभर्नर पौडेलसँग छुट्टै छलफल गर्दा अर्थमन्त्री वाग्लेले कार्यकारी निर्देशकहरूसँग छलफल गरेका थिए । यसै पृष्ठभूमिमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसाल पनि प्रधानमन्त्री शाहको चासोमा विभाग गएको विगतमा चर्चा थियो । उनै महानिर्देशक भुसालले अर्थमन्त्री र गभर्नरलाई कर दिवसको मञ्चमा ‘दुर्लभ’ भेट गराएका हुन् भने मुख्यसचिव कार्कीलाई पनि सहभागि गराएका हुन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चिनियाँ नागरिकबाट बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै
Latest NewsJust now

चिनियाँ नागरिकबाट बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

काभ्रेपलाञ्चोक । १५५ थान मोबाइल र ४९ कम्प्युटर (ल्यापटप) को जिल्ला प्रहरी कार्यालय धुलिखेलमा प्राविधिक अनुसन्धान भइरहेको छ । पाँचखाल नगरपालिका–७ शिखरपुरबाट मङ्गलबार अपराह्न नियन्त्रणमा लिइएका ३६ चिनियाँ नागरिकले उक्त डिजिटल सामग्री प्रयोग गर्दै आएको आशङ्कामा प्राविधिक अनुसन्धान गर्नुपरेको प्रहरीले जानकारी दिएको छ । रिसोर्टमा बस्दै आएका चिनिया नागरिकको शङ्कास्पद गतिविधि देखिएपछि स्थानीयबासीको गुनासोलाई मनन् गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र ...

केन्द्रबिन्दु
भारत जाने सूचीबाट अन्तिम समयमा काटियो विराजभक्तको नाम, परराष्ट्र र अर्थमन्त्री जाने
Latest NewsJust now

भारत जाने सूचीबाट अन्तिम समयमा काटियो विराजभक्तको नाम, परराष्ट्र र अर्थमन्त्री जाने

यही मंसिर ६ गते हुने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणमा जानेहरुको सूचीबाट ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको नाम काटिएको छ।  उनको ठाउँमा अब अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जाने भएका हुन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अब प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री वाग्ले जानेछन्।  बुधबार बिहान मात्रै परराष्ट्र मन्त्... ...

नेपालखबर
खाद्यले साढे ६७ करोड बराबरको धान किन्दै, समर्थन मूल्यमै खरिद
Latest NewsJust now

खाद्यले साढे ६७ करोड बराबरको धान किन्दै, समर्थन मूल्यमै खरिद

काठमाडौँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा किसानहरूबाट डेढ लाख क्विन्टल धान खरिद गर्ने भएको छ । किसानलाई उनीहरूको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न... ...

रातोपाटी
पाँचखाल घटनामा बरामद भएका ४९ वटा कम्प्युटर र १ सय ५५ थान मोबाइलबाट के भेटियो प्रमाण ?
Latest NewsJust now

पाँचखाल घटनामा बरामद भएका ४९ वटा कम्प्युटर र १ सय ५५ थान मोबाइलबाट के भेटियो प्रमाण ?

• पाँचखालस्थित रिसोर्टमा चिनियाँ नागरिकको शंकाास्पद गतिविधि देखिएपछि १५५ मोबाइल र ४९ कम्प्युटरको अनुसन्धान भइरहेको छ। • स्थानीयको गुनासोपछि प्रहरीले छापा मार्दा चिनियाँ नागरिकले तीन महिनादेखि रिसोर्टमा बस्दै आएका थिए। • काभ्रेपलाञ्चोकका अन्य क्षेत्रमा पनि विदेशी नागरिकको गतिविधि र कानुनी वैधानिकताबारे अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play