Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन
Photo / Coverage: पर्दाफास

कर्णाली राजमार्ग अतिक्रमण गरेर निर्माण भएका संचरना हटाउन निर्देशन दिएको छ । सडक डिभिजन, जुम्लाको कार्यक्षेत्र अन्तर्गत पर्ने कर्णाली राजमार्गको दैखोला–नाग्मा–जुम्ला सडक खण्ड र तथा नाग्मा–गमगढी सडक खण्डमा अतिक्रमण गरेर निर्माण भएका संरचना हटाउन सडक डिभिजन कार्यालय जुम्लाले निर्देशन दिएको हो । राजमार्गको दैखोलादेखि नाग्मा जुम्ला सडकमा र नाग्मा गमगढी सडक सीमा क्षेत्राधिकारभित्र पर्ने स्थानमा व्यापारिक मालसामान राख्ने, गाई वस्तु बाध्ने, बिस्कुन सुकाउने, निर्माण सामग्री थुपार्ने, सडक किनारामा अस्थायी वा खुद्रा व्यापार सञ्चालन गर्ने, टहरा, छाप्रा, घुम्ती, बार÷घेराबार लगायतका अस्थायी वा स्थायी संरचना निर्माण गर्ने काम भएकाले तत्काल हटाउन निर्देशन दिइएको सडक डिभिजन कार्यालय जुम्लाका निमित्त डिभिजन प्रमुख श्रवणकुमार महताराले बताए । ‘अतिक्रमणमा कर्णाली राजमार्गमा निर्माण भएका संरचना तत्काल हटाउन निर्देशन दिइएको छ,’ उनले भने, ‘निर्माण गरिएका संचरना नहटाए आवश्यक कदम चालिने छ ।’ सडकको नाली, पेटी वा अन्य संरचना अवरुद्ध हुने गरी सामग्री राख्ने काम गर्ने कारणले सवारी आवागमन, सडक सुरक्षा, सडक मर्मत सम्भार तथा निर्माण कार्यमा अवरोध भएकाले ती संचरना हटाउन निर्देशन दिइएको र सार्वजनिक सूचना जारी गरिएको निमित्त प्रमुख महताराले जानकारी दिए । उनले सबैको जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको र ३० दिनभित्र सम्बन्धित व्यक्ति, संस्था वा निकाय आफैले हटाई सडक क्षेत्र खाली गराउन र आगामी दिनमा समेत सडक सीमा क्षेत्राधिकार भित्र कुनै पनि किसिमका सडक संरचनामा अवरोध पुग्ने कार्य नगर्न अनुरोध गरिएको निमित्त प्रमुख महताराले बताए । ‘सडक खण्डहरूको सडक सीमा क्षेत्राधिकार भित्र राखिएका मालसामान, निर्माण सामग्री, व्यापारिक सामग्री, अस्थायी संरचना तथा अन्य अवरोधहरू नगर्न भनिएको छ,’ उनले भने,‘यदी अटेर गरेर संरचना नहटाएमा आवश्यक कारबाही गरिनेछ ।’ सडक क्षेत्र खाली नगरेमा प्रचलित सार्वजनिक सडक ऐन, २०३१ तथा सम्बन्धित अन्य कानुन बमोजिम अनधिकृत संरचना तथा अवरोधहरू हटाउने र भत्काउने लगायतका आवश्यक कारबाही सडक डिभिजन कार्यालय गर्ने र सो कार्य गर्दा लाग्ने सम्पूर्ण खर्च समेत प्रचलित कानुन बमोजिम सम्बन्धित व्यक्ति, संस्था वा निकायबाट असुल–उपर गरिने निमिक्त प्रमुख महताराले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विदेशी नागरिकता लिएकाको वंशजको नागरिकता किन खोस्ने ? अभियन्ता घिमिरेले दिए यस्तो तर्क
OthersJust now

विदेशी नागरिकता लिएकाको वंशजको नागरिकता किन खोस्ने ? अभियन्ता घिमिरेले दिए यस्तो तर्क

‘नागरिकता खोई ?’ अभियानका अभियन्ता बासुदेव घिमिरेले विदेशमा नागरिकता लिएका नेपालीको वंशजको नागरिकताको निरन्तरता कायम गर्नुपर्ने बताएका छन् । उनले वंशजको नागरिकताको निरन्तरता विदेशमा बस्ने नेपालीको व्यक्तिगत आवश्यकताभन्दा पनि नेपालको राष्ट्रिय आवश्यकता भएको बताएका हुन्। नेपाल न्यूज बैंकसँगको कुराकानीमा घिमिरेले ठूलो सङ्ख्यामा नेपाली युवा विदेश पलायन भइरहेका बेला उनीहरूको ज्ञान, सीप, पुँजी र अनुभवलाई नेपालसँग जोड्न वंशजको नागरिकताको निरन्तरता आवश्यक रहेको ...

पर्दाफास
सिरहामा १४ लाख ४५ हजारभन्दा बढीको अवैध सामान बरामद
OthersJust now

सिरहामा १४ लाख ४५ हजारभन्दा बढीको अवैध सामान बरामद

१२ मंसिर, सिरहा । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले जिल्लाका विभिन्न सीमा क्षेत्रबाट १४ लाख ४५ हजार ६२० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले मंसिर ११ गते बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरेको चेकजाँच तथा निगरानीका क्रममा मोटरसाइकल, लत्ताकपडा, किराना सामान, बिँडी, पेय पदार्थ, कुर्सी, मदिरा… ...

अनलाइन खबर
चार महिनादेखि राष्ट्रिय सूचना आयोग पदाधिकारीविहीन, नियुक्ति प्रक्रिया अझै अन्योलमा
OthersJust now

चार महिनादेखि राष्ट्रिय सूचना आयोग पदाधिकारीविहीन, नियुक्ति प्रक्रिया अझै अन्योलमा

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त र सूचना आयुक्त नियुक्तिका लागि आवेदन आह्वान गरिएको लामो समय बितिसक्दा पनि सरकारले नियुक्ति प्रक्रिया टुङ्ग्याउन नसक्दा आयोग पदाधिकारीविहीन बनेको छ । गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि नयाँ सरकार बनेसँगै आयोग पदाधिकारीविहीन बनेको हो । आयोगमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्त पदका लागि २०८३ साउन २२ गते दरखास्त आह्वान गरी सार्वजनिक सूचना जारी ...

पर्दाफास
जेनजी आन्दोलनमा महोत्तरी कारागारबाट फरार लागुऔषध मुद्दाका एक बन्दी सिरहामा पक्राउ
OthersJust now

जेनजी आन्दोलनमा महोत्तरी कारागारबाट फरार लागुऔषध मुद्दाका एक बन्दी सिरहामा पक्राउ

जेनजी आन्दोलनका क्रममा महोत्तरीको जलेश्वर कारागारबाट फरार भएका लागुऔषध मुद्दाका एक बन्दीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका–७ निवासी करिब २२ वर्षीय दुर्गेश यादवलाई पक्राउ गरिएको हो । उनी लागुऔषध मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका बेला आन्दोलनका क्रममा फरार भएका थिए । प्रहरीका अनुसार मंसिर ११ गते दिउँसो ३ः२५ बजे इलाका प्रहरी कार्यालय माडर सिरहाबाट ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement