Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

कर्णाली याक्सबाट खेल्न डेभिड मिलर नेपाल आइपुगे

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णाली याक्सबाट खेल्न डेभिड मिलर नेपाल आइपुगे
Photo / Coverage: नेपालन्युज

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न दक्षिण अफ्रिकाका स्टार ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन्। कर्णाली याक्समा अनुबन्ध भएका मिलर बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। नेपाल आइपुगेका मिलरलाई कर्णाली याक्सका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए। ३७ वर्षीय बायाँहाते मध्यक्रमका ब्याटर मिलरले अन्तर्राष्ट्रिय क्रिकेटसँगै विश्वका चर्चित फ्रेन्चाइज लिगहरूमा आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत छुट्टै पहिचान बनाएका छन्। उनले इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बास लिग, पाकिस्तान सुपर लिगलगायत विभिन्न टी–२० प्रतियोगिता खेलिसकेका छन्। आईपीएलमा उनले दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किङ्स इलेभेन पञ्जाब र गुजरात टाइटन्सबाट खेलेका थिए। सन् २०२२ मा गुजरात टाइटन्सले पहिलो पटक आईपीएल उपाधि जित्दा मिलरले टोलीको सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनले एनपीएलको आकर्षण बढाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। दक्षिण अफ्रिकाका लागि मिलरले १४० टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई शतक र नौ अर्धशतकसहित दुई हजार ८०४ रन बनाएका छन्। उनले भारत र बंगलादेशविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका थिए। समग्र टी–२० क्रिकेटमा भने उनले ५८४ खेल खेल्दै चार शतक र ५३ अर्धशतकसहित १२ हजार ४३५ रन बनाएका छन्। सन् २०१७ मा बंगलादेशविरुद्ध मात्र ३५ बलमा शतक प्रहार गर्दै उनले कीर्तिमानसमेत बनाएका थिए। यस्तै, आईपीएलमा पञ्जाबबाट खेल्दै रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध ३८ बलमै शतक बनाएका थिए। जारी एनपीएलमा कर्णाली याक्सले तीन खेल खेलिसकेको छ। तीनमध्ये दुई खेलमा जित निकालेको कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रन र दोस्रो खेलमा विराटनगरलाई चार विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा भने काठमाडौं गोर्खाजसँग चार विकेटले हार बेहोरेको थियो। अब कर्णाली याक्सले शुक्रबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बझाङमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, ६ जना गम्भीर घाइते
Latest NewsJust now

बझाङमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, ६ जना गम्भीर घाइते

बझाङ।बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौरमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्। बुधबार बिहान पौने ९ बजे से ००१ च ४३७६ नम्बरको जीप सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्थानीय ४० वर्षीय गोपाल धामी र २७ वर्षीया पवित्रा धामी रहेका छन्। काँडाचौरबाट बाग्थलातर्फ आउँदै गरेको जीपमा १५ ...

नेपालन्युज
मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन :  डोनाल्ड ट्रम्प
Latest NewsJust now

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन :  डोनाल्ड ट्रम्प

वासिङ्टन डीसी । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पार्टीले मध्यावधि निर्वाचनमा व्यहोरेको हारलाई आफ्नो राष्ट्रपतीय कार्यकालप्रतिको असन्तुष्टिका रूपमा नलिएको बताएका छन् । सीएनएनका अनुसार निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा... ...

रातोपाटी
पुनर्बिमा कम्पनीमा हकप्रदमार्फत सरकारले लगानी बढाउने
Latest NewsJust now

पुनर्बिमा कम्पनीमा हकप्रदमार्फत सरकारले लगानी बढाउने

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीमा सरकारले आफ्नो लगानी बढाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बिमा कम्पनीको हकप्रद सेयरमा लगानी गर्ने प्रस्ताव स्वीकृत गरेको हो । “नेपाल पुनर्बिमा कम्पनीमा नेपाल सरकारको थप हदप्रद सेयर लगानी गर्न बैठकले स्वीकृति प्रदान गरेको छ,” निणर्यमा भनिएको छ । सरकारले हकप्रदमार्फत कम्पनीमा सेयरहिस्सा बढाउने छ । हाल कम्पनीको सबैभन्दा धेरै सेयर होल्डर नै सरकार ...

कर्पोरट खबर
जाजरकोटमा भतिजाको कोदालो प्रहारबाट काकाको मृत्यु
Latest NewsJust now

जाजरकोटमा भतिजाको कोदालो प्रहारबाट काकाको मृत्यु

वासुदेव शर्माजाजरकोट, कात्तिक १८ गते । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भतिजाले कोदालो प्रहार गर्दा काकाको मृत्यु भएको छ ।जुनीचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले जेठा ब... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play