काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज जारी खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध आक्रामक सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर कर्णाली याक्सले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले पहिलाे ६ ओभरको खेल सकिँदा बिना विकेटको क्षतिमा ६३ रन बनाएको छ। सुदूरपश्चिमका लागि ओपनर साइफ जैबले १९ बलमा ३२ रन बनाएका छन् भने विनोद भण्डारीले १८ बलमा २५ रन जोड्दै क्रिजमा छन्।
कर्णालीविरुद्ध सुदूरपश्चिमको आक्रामक सुरुवात

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






