Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

करिब दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि भ्रष्टाचारको आशंकामा मन्त्रालयद्वारा छानबिन समिति गठन

Share:WhatsAppFacebookX (Twitter)Telegram
करिब दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि भ्रष्टाचारको आशंकामा मन्त्रालयद्वारा छानबिन समिति गठन
Photo / Coverage: टेक्नोलोजी खबर

विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) मा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ। प्रणालीमा व्यापक मात्रामा विवरण दोहोरिएको देखिएपछि मन्त्रालयले यसलाई गम्भीरताका साथ लिँदै छानबिनका लागि मन्त्रीस्तरीय निर्णयमार्फत समिति गठन गरेको हो। सत्यतथ्य अध्ययन गरी दोषीमाथि आवश्यक कारबाहीको सिफारिस गर्न आज बिहिबार मन्त्रीस्तरीय निर्णयबाट ५ सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरिएको छ। मन्त्रालयका खेलकुद तथा विद्यालय शिक्षा महाशाखाका सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा गठित समितिमा शिक्षा विभागका निर्देशक भक्तबहादुर गोदार, मन्त्रालयका कम्प्युटर इन्जिनियर विनोद न्यौपाने र कानुन अधिकृत निकिता दाहाल सदस्य रहेका छन् भने विद्यालय शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मीलाई सदस्य-सचिवको जिम्मेवारी दिइएको छ। अनौपचारिक अध्ययनअनुसार इ-एमआईएस प्रणालीमा २ लाखभन्दा बढी विद्यार्थीका विवरणहरू दोहोरिएका छन्। यसरी प्रणालीमा देखिएको दोहोरो प्रविष्टिका आधारमा राज्य कोषबाट निकासा हुने अनुदान, छात्रवृत्ति, दिवा खाजा, पोषाक, पाठ्यापुस्तक तथा अन्य सेवा-सुविधाको दुरुपयोग भएको हुन सक्ने भन्दै मन्त्रालयले छानबिन अघि बढाएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताए। “हामीले यस विषयलाई गम्भीरताका साथ हेरेका छौँ। यसरी दोहोरो विवरण भरेर रकम दुरुपयोग भइरहेको देखिन्छ। अब यसबारे थप छानबिन गरेर दोषीलाई कारबाही हुन्छ,” मन्त्री पोखरेलले भने। गठित समितिले इ-एमआईएस प्रणालीमा यति ठूलो संख्यामा विवरण दोहोरिनुको प्राविधिक कमजोरी वा नियतवश गरिएको बद्मासीबारे विस्तृत अध्ययन गर्नेछ। गलत तथ्याङ्क पेश गरेर राज्य कोषको दुरुपयोग गर्ने विद्यालय, व्यवस्थापक वा जिम्मेवार व्यक्तिलाई हदैसम्मको कारबाहीका लागि मन्त्रालय समक्ष सिफारिस गर्ने स्पष्ट कार्यादेश समितिलाई दिइएको छ। प्रणालीमा रहेका दोहोरो र फर्जी विवरणहरू हटाएर इ-एमआईएसलाई पूर्ण रूपमा पारदर्शी, सुरक्षित र वास्तविक तथ्याङ्कमा आधारित बनाउन मन्त्रालयले यो कदम चालेको बताएको छ। The post करिब दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि भ्रष्टाचारको आशंकामा मन्त्रालयद्वारा छानबिन समिति गठन appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एक क्यानले दिलायो बाइक: म्याक्स टाइगरका विजेतालाई पुरस्कार हस्तान्तरण
TechnologyJust now

एक क्यानले दिलायो बाइक: म्याक्स टाइगरका विजेतालाई पुरस्कार हस्तान्तरण

२० कात्तिक, काठमाडौं। म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैँ धमाका २०२६’ अभियानअन्तर्गत काठमाडौं र विराटनगरका विजेताहरूलाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको छ। अझै ८ मोटरसाइकल, १० स्कुटर र बम्परमा प्रोटोन कार जित्ने अवसर बाँकी नै छ। कसैको भाग्यमा मोटरसाइकल, कसैको हातमा स्कुटर ! सामान्य रूपमा किनिएको इनर्जी ड्रिङ्कको एउटा क्यानले कतिबेला ठूलो पुरस्कार दिलाउँछ, पत्तै हुँदैन । […] The post एक क्यानले ...

आइसिटी फ्रेम
सामसङ ग्यालेक्सी ए५८ फाइभजी लन्च गर्ने तयारी, फास्ट चार्जिङसहित ५,००० एमएएच ब्याट्री हुन सक्ने
TechnologyJust now

सामसङ ग्यालेक्सी ए५८ फाइभजी लन्च गर्ने तयारी, फास्ट चार्जिङसहित ५,००० एमएएच ब्याट्री हुन सक्ने

स्मार्टफोन कम्पनी सामसङले चाँडै नै ‘सामसङ ग्यालेक्सी ए५८ फाइभजी’ (Samsung Galaxy A58 5G) सार्वजनिक गर्न सक्छ। यसका विशेषताहरू बारे केही जानकारी ‘लिक’ मार्फत बाहिर आएका छन्। यो डिभाइस यसै वर्षको मार्च महिनामा सार्वजनिक गरिएको ‘सामसङ ग्यालेक्सी ए५७ फाइभजी’ को उत्तराधिकारी हुने अपेक्षा गरिएको छ। सामसङ ग्यालेक्सी सामसङ ग्यालेक्सी ए५८ फाइभजी अर्को वर्षको सुरुतिर केही अन्तर्राष्ट्रिय बजारहरूमा सार्वजनिक हुन सक्छ। ‘SM-A5860’ मोडल ...

टेक्नोलोजी खबर
पोखरामा BAIC र ARCFOX को नयाँ शोरुम उद्घाटन
TechnologyJust now

पोखरामा BAIC र ARCFOX को नयाँ शोरुम उद्घाटन

२० कात्तिक, काठमाडौं। नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने क्रममा BAIC र ARCFOX ले पोखराको बुद्धचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएका छन्। उक्त शोरुमको औपचारिक उद्घाटन गणेश बहादुर श्रेष्ठ, लक्ष्मी ग्रुपका अध्यक्ष र सुनील श्रेष्ठ, लक्ष्मी ग्रुपका कार्यकारी निर्देशकले गरेका हुन्। नेपालका लागि Laxmi Motorhub द्वारा प्रतिनिधित्व गरिएका यी दुई ब्रान्डले नयाँ शोरुममार्फत पोखरा तथा आसपासका […] The post ...

आइसिटी फ्रेम
एनपीएल सिजन ३ मा बजाज पल्सरले थप्दैछ पावर र प्रदर्शनको उत्साह
TechnologyJust now

एनपीएल सिजन ३ मा बजाज पल्सरले थप्दैछ पावर र प्रदर्शनको उत्साह

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई पुरस्कृत गर्नुका साथै दर्शकलाई पनि प्रतियोगिताको हिस्सा बन्ने अवसर प्रदान गर्ने भएको छ ।मोटरसाइकल पुरस्कार, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सम्मान र दर्शकका लागि विभिन्न गतिविधिमार्फत पल्सरले यस सिजन ‘गेम अफ पावर’लाई थप रोमाञ्चक बनाउँदैछ ।एनपीएल सिजन ३ को सहप्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारी साधन ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play