Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

करार कर्मचारी र अस्थायी शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
करार कर्मचारी र अस्थायी शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने तयारी
Photo / Coverage: नेपालन्युज

काठमाडौं। सरकारले सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ। सामाजिक सुरक्षाको दायरा विस्तार गरी सबै श्रमजीवी नागरिकलाई योगदानमा आधारित प्रणालीमा समेट्ने नीतिअनुसार सरकारले नीतिगत तथा संस्थागत पहल थालेको हो। नवौँ सामाजिक सुरक्षा दिवस, २०८३ का अवसरमा आयोजित कार्यक्रममा सामाजिक सुरक्षामन्त्री सीता बादीले सामाजिक सुरक्षा सबै श्रमिकको साझा अधिकार र सुरक्षित भविष्यको आधार भएको बताइन्। चालु आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा कोष खर्च शीर्षकमा विनियोजित एक अर्ब ८० करोड ६३ लाख रुपैयाँबाट करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक र बालविकास सहजकर्तालाई कोषमा आबद्ध गराउने प्रक्रिया थालिएको उनले जानकारी दिइन्। अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई कोषमा आबद्ध गराउन पनि सरकारले सहयोग गर्ने व्यवस्था अघि बढाएको छ। स्थानीय तहको सहयोगमा कोषमा आबद्ध हुने श्रमिकका लागि हाललाई एक प्रतिशत बराबरको योगदान सरकारले जम्मा गरिदिने व्यवस्था गरिएको मन्त्री बादीले बताइन्। उनले विभिन्न निकाय र क्षेत्रमा छरिएर रहेका कल्याणकारी कोष तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई एकीकृत र समन्वय गर्नुपर्ने आवश्यकता औँल्याइन्। सेवा प्रवाहलाई योगदानकर्तामैत्री, पारदर्शी, सरल र प्रभावकारी बनाउनुका साथै कोषको संस्थागत क्षमता विकास सरकारको प्राथमिकतामा रहेको उनको भनाइ थियो। सामाजिक सुरक्षालाई रोजगारदातामाथिको अतिरिक्त आर्थिक भारका रूपमा नभई श्रमिकको क्षमता, उत्पादकत्व, श्रमको सम्मान र संस्थागत स्थायित्वमा गरिएको लगानीका रूपमा बुझ्नुपर्ने मन्त्री बादीले बताइन्। हाल सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी योगदानकर्ता र करिब २४ हजार रोजगारदाता सूचीकृत छन्। कोषमा एक खर्ब ३३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी योगदान रकम सङ्कलन भएको छ भने २३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी भइसकेको छ। संविधानले सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री बादीले योगदानमा आधारित र गैरयोगदानमूलक सामाजिक सुरक्षा प्रणालीलाई एकअर्काका पूरकका रूपमा विकास गरी नागरिकको जीवनचक्रमा आधारित सामाजिक संरक्षण सुनिश्चित गर्नुपर्ने बताइन्। यस वर्षको नवौँ सामाजिक सुरक्षा दिवस ‘सामाजिक सुरक्षा कोषमा आबद्धता : वर्तमान र भविष्यको सुरक्षा’ भन्ने नारासहित मनाइएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एमालेलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउँछौँ : महासचिव पोखरेल
Latest NewsJust now

एमालेलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउँछौँ : महासचिव पोखरेल

तनहुँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीप्रति असन्तुष्ट रहेका जनता र कार्यकर्ताको मन जित्दै एमालेलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउने बताएका छन् । नेकपा एमाले तनहुँले आज दमौलीमा आयोजना गरेको... ...

रातोपाटी
जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह
Latest NewsJust now

जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह

• जनकपुरधाम र अयोध्याबीच रेलमार्गबाट प्रत्यक्ष सम्पर्क स्थापित भएको छ, जसले धार्मिक, सांस्कृतिक र भावनात्मक सम्बन्धलाई मजबुत बनाउने अपेक्षा गरिएको छ। • सरयू–कमला एक्सप्रेस रेल सेवा शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने तयारीमा छ, जसले तीर्थयात्रीलाई सहज यात्रा सुविधा प्रदान गर्नेछ। • रेलमार्गमा १७ वटा डिब्बा रहनेछन् र यात्रुले विभिन्न श्रेणीका डिब्बामा आफ्नो आवश्यकता अनुसार यात्रा गर्न सक्नेछन्। ...

नेपालबहस
सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक खटाइए
Latest NewsJust now

सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक खटाइए

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी, एमएस र एमडिएस उत्तीर्ण ८३८ जना विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशमा खटाएको छ। यससँगै विशेषज्ञ उपचारका लागि काठमाडौँ तथा ठुला सहर धाउनुपर्ने बाध्यता... ...

रातोपाटी
तल्लो अरुणबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन गर्ने लक्ष्य
Latest NewsJust now

तल्लो अरुणबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन गर्ने लक्ष्य

काठमाडौं । ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले तल्लो अरुण जलविद्युत् आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको बताउनुभयो । प्रधानमन्त्री बालेन्द्र साहको मंसिर ६ र ७ गते भएको भारत ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement