Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

कम्पनीहरुले किन घटाउँदैछन् स्मार्टफोनको उत्पादन ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कम्पनीहरुले किन घटाउँदैछन् स्मार्टफोनको उत्पादन ?
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । मेमोरी चिपको मूल्य निरन्तर बढ्दै गएपछि एप्पल, सामसुङ, शाओमी, भिभो र ओप्पोजस्ता ठूला स्मार्टफोन उत्पादक कम्पनीले सन् २०२७ का लागि आफ्नो उत्पादन तथा आपूर्ति लक्ष्य घटाएका छन् । केही कम्पनीले लक्ष्यमा करिब ३० प्रतिशतसम्म कटौती गरेको एक रिपोर्टमा उल्लेख छ । चिनियाँ समाचार संस्था जिमियन न्युजका अनुसार आपूर्ति शृङ्खलासँग सम्बन्धित पक्षहरूसँग छलफल गरेपछि कम्पनीहरूले सन् २०२७ का लागि नयाँ लक्ष्य निर्धारण गरेका हुन् । रिपोर्टअनुसार भिभोले सन् २०२६ मा ८ करोड ५० लाख स्मार्टफोन आपूर्ति गर्ने लक्ष्य राखेकोमा सन् २०२७ का लागि घटाएर ६ करोडमा झारेको छ । यो करिब २९ प्रतिशतको कटौती हो । त्यस्तै, हुवावेले सन् २०२६ मा करिब ६ करोड स्मार्टफोन आपूर्ति गर्ने लक्ष्य राखेकोमा सन् २०२७ मा ५ करोडभन्दा कम आपूर्ति हुने अनुमान गरेको छ । यसले कम्पनीको लक्ष्यमा १६ प्रतिशतभन्दा बढी कमी आएको देखाउँछ । तर, अधिकांश कम्पनीले लक्ष्य घटाउँदा अनरले भने सन् २०२७ मा पनि ५ करोड स्मार्टफोन आपूर्ति गर्ने लक्ष्य यथावत् राखेको छ । अनरका प्रमुख कार्यकारी ली जियानले नोभेम्बर २३ मा अनर ७०० सिरिज सार्वजनिक गरेपछि लागतको दबाब मध्यम मूल्यका स्मार्टफोनमा उच्च रहेको बताएका थिए । अन्य कम्पनी पछि हटिरहेका बेला अनरले भने बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने तयारी गरेको उनको भनाइ थियो । स्मार्टफोन कम्पनीले लक्ष्य घटाउनुको मुख्य कारण डिआरएएम र न्यान्ड मेमोरी चिपको मूल्य वृद्धि हो । काउन्टरपोइन्ट रिसर्चको नोभेम्बर ६ मा प्रकाशित प्रतिवेदनअनुसार सन् २०२६ को तेस्रो त्रैमासिकमा डिआरएएम बजारको आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६९ प्रतिशतले बढेको थियो । यसको मुख्य कारण कृत्रिम बौद्धिकतामा आधारित सर्भरको माग वृद्धि रहेको प्रतिवेदनमा उल्लेख छ । कृत्रिम बौद्धिकता प्रणाली सञ्चालन गर्ने सर्भरमा ठूलो मात्रामा मेमोरी आवश्यक पर्ने भएकाले परम्परागत डिआरएएम चिपको आपूर्तिमा समेत दबाब परेको छ । यसले स्मार्टफोन उत्पादक कम्पनीलाई आवश्यक चिप पर्याप्त मात्रामा उपलब्ध गराउन कठिन बनाएको छ । मेमोरी चिपको मूल्य बढ्दा कम्पनीको नाफामा मात्रै नभई स्मार्टफोनको मूल्य र सुविधामा समेत असर पर्न सक्ने देखिएको छ । अनरका प्रमुख कार्यकारी ली जियानका अनुसार उत्पादन लागत नियन्त्रण गर्न केही कम्पनीले चिपसेट, क्यामेरा र मेमोरीजस्ता भागमा सम्झौता गरिरहेका छन् । यसका कारण आगामी दिनमा एउटै मूल्य समूहका स्मार्टफोनमा पनि मेमोरी क्षमता, क्यामेरा र अन्य सुविधामा भिन्नता देखिन सक्नेछ । मूल्य नियन्त्रण गर्न कम्पनीहरूले केही मोडलमा कम क्षमताका मेमोरी चिप प्रयोग गर्न सक्ने अनुमान गरिएको छ । गोल्डम्यान स्याक्सको नोभेम्बर २२ मा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार सन् २०२७ मा विश्वव्यापी डिआरएएमको माग र आपूर्तिबीच करिब ५.१ प्रतिशतको अन्तर रहन सक्छ । यो पछिल्लो १५ वर्षभन्दा बढी अवधिको गम्भीर आपूर्ति अभावमध्ये एक हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, सन् २०२७ मा स्मार्टफोनका लागि न्यान्ड मेमोरीको माग २ प्रतिशतले घट्ने अनुमान गरिएको छ । नयाँ ठूला चिप कारखानाबाट सन् २०२८ अघि उत्पादन सुरु हुने सम्भावना कम रहेकाले आगामी वर्ष पनि मेमोरी चिपको मूल्य उच्च रहने अनुमान गरिएको छ । गोल्डम्यान स्याक्सले भने सन् २०२८ मा डिआरएएमको माग र आपूर्तिबीचको अन्तर घटेर १.२ प्रतिशतमा सीमित हुन सक्ने र त्यसपछि डिआरएएम तथा न्यान्ड दुवैको मूल्य करिब २० प्रतिशतसम्म घट्न सक्ने अनुमान गरेको छ । यस्तो अवस्थामा सन् २०२७ का लागि स्मार्टफोन आपूर्ति लक्ष्य घटाउनु कम्पनीहरूको बढ्दो लागत व्यवस्थापन गर्ने रणनीतिका रूपमा देखिएको छ । The post कम्पनीहरुले किन घटाउँदैछन् स्मार्टफोनको उत्पादन ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विलीन अनुभूति  (कविता)
Latest NewsJust now

विलीन अनुभूति (कविता)

जन्मनु– मेरो निर्णय थिएनमृत्यु पनि मेरो हातमा छैनम त केवल अनन्तको श्वासमा बगेकोएक क्षणिक तरङ्ग हुँ ।जन्म र मृत्युका दुई किनाराबिचजीवन नामको नदी हुँ मबिस्तारै बिस्तारै बगिरहेकी छुर... ...

गोरखापत्र
नेपाली र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ निष्क्रिय पार्ने सीप आदानप्रदान हुने
Latest NewsJust now

नेपाली र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ निष्क्रिय पार्ने सीप आदानप्रदान हुने

काठमाडौं । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच ‘शान्ति प्रयास अभ्यास २०२६’ अन्तर्गत विस्फोटक पदार्थ पत्ता लगाउने, निष्क्रिय पार्ने र सुरक्षित रूपमा हटाउने विषयमा ज्ञान तथा अनुभव आदानप्रदान हुने भएको छ । अमेरिकी सेनाको प्रशान्त कमान्डका विशेषज्ञहरू यही मंसिर १४ देखि २१ गतेसम्म नेपाली सेनासँगको उक्त कार्यक्रममा सहभागी हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । नेपाली सेनाको आयोजनामा पाँचखालस्थित वीरेन्द्र शान्ति ...

केन्द्रबिन्दु
मोहन बस्नेतद्वारा देउवा समूहको महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा
Latest NewsJust now

मोहन बस्नेतद्वारा देउवा समूहको महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा

काठमाडौँ । मोहन बस्नेतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहको महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। शनिबार बिहान पत्रकार सम्मेलन गरी बस्नेतले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन्। उनले आफू लामो... ...

रातोपाटी
पुवाखोलाको बेलिब्रिज जोखिममा
Latest NewsJust now

पुवाखोलाको बेलिब्रिज जोखिममा

इलाम समाचारदाता इलाम, मङ्सिर १२ गते । पुल जडान सम्पन्न भएपछि गरिएको लोड परीक्षणमा ३० टनसम्म भारवहन क्षमता पुष्टि भएको थियो तर सञ्चालनमा आएको केही महिना नबित्दै नियमविपरीत सवारी सञ्... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement