Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कम्पनीले पुस मसान्तसम्म विवरण बुझाए पुरानो कर, ब्याज र जरिबाना मिनाहा हुने

कम्पनीले पुस मसान्तसम्म विवरण बुझाए पुरानो कर, ब्याज र जरिबाना मिनाहा हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
कम्पनीले पुस मसान्तसम्म विवरण बुझाए पुरानो कर, ब्याज र जरिबाना मिनाहा हुने

काठमाडौं । कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहाको सुविधा पाउने म्याद २०८३ पुस मसान्तसम्म थप गरिएको छ । यसअघि २०८३ असोज मसान्तसम्म कायम रहेको म्याद २०८३ कात्तिक ९ गतेको निर्णयअनुसार बढाएर पुस मसान्तसम्म पुर्‍याइएको हो । सम्बन्धित कानूनले तोकेको म्यादभित्र विवरण पेश नगरेका, नवीकरण नगरेका वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना दाखिल नगरेका कम्पनीले यो सुविधा पाउनेछन् । त्यस्ता कम्पनीले कारोबार जारी राख्न वा कम्पनीको दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२/८३ का लागि कानूनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण २०८३ पुस मसान्तभित्र पेश गर्नुपर्नेछ । तोकिएको म्यादभित्र आवश्यक विवरण तथा कर, शुल्क र दस्तुर दाखिल गरेमा सोभन्दा अघिको अवधिमा लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा हुने व्यवस्था गरिएको छ । यस व्यवस्थाले लामो समयदेखि विवरण पेश नगरेका, नवीकरण नगरेका तथा आर्थिक दायित्व पूरा गर्न नसकेका कम्पनीलाई कानूनी प्रक्रिया पूरा गरी कारोबार निरन्तरता दिन वा दर्ता खारेज गर्न सहज हुने अपेक्षा गरिएको छ । The post कम्पनीले पुस मसान्तसम्म विवरण बुझाए पुरानो कर, ब्याज र जरिबाना मिनाहा हुने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनसहित तीन जना पक्राउ
ताजा खबरJust now

चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनसहित तीन जना पक्राउ

चितवन । चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले भरतपुर महानगरपालिका–१९... ...

रातोपाटी
जसले हुटिङ र कमेन्ट्रीबाट अनुभूत गर्छन् क्रिकेटको रोमाञ्च
ताजा खबरJust now

जसले हुटिङ र कमेन्ट्रीबाट अनुभूत गर्छन् क्रिकेटको रोमाञ्च

क्रिकेटप्रतिको लगावले भवेन्द्र सिंहलाई एनपीएलको मैदानसम्म पुर्‍याएको छ । श्रीमतीको वर्णन र दर्शकको हुटिङबाट खेलको मज्जा लिने उनी रंगशालाको संरचना पनि अपांगतामैत्री होस् भन्ने चाहन्छन् । ...

कान्तिपुर
मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह
ताजा खबरJust now

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीन दिन मनास्लु क्षेत्रमा पदयात्रा नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । यही बिहीबार, शुक्रबार र शनिबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी... ...

रातोपाटी
विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी
ताजा खबरJust now

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले लामो समयदेखि प्रतीक्षाको विषय बनेको विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीका कामलाई तीव्रता दिएको छ । सरकारले सङ्घीय संसद्मा बुझाएको यस आर्थिक वर्ष २०८३/८४ मा निर्माण... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play