काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा काठमाडौं गोर्खाजका स्टार ब्याटर डेभिड वार्नर एक रनमै आउट भएका छन्। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको काठमाडौंले सुरुवाती ओभरमै महत्त्वपूर्ण दुई विकेट गुमाएको हो। वार्नर ६ बलमा एक रन बनाएर कमल ऐरीको बलमा बोल्ड भएका थिए। उनी काठमाडौंका दोस्रो विकेटका रूपमा आउट भएका हुन्। यसअघि ओपनर साहिल पटेल १२ बलमा ८ रन बनाएर रिजन ढकालको बलमा क्याच आउट भएका थिए। समाचार तयार पार्दासम्म काठमाडौंले ८ ओभरमा दुई विकेट गुमाएर ५३ रन बनाएको छ। क्रिजमा विलियम बोसिस्टो २३ र राशिद खान १२ रन बनाएर खेलिरहेका छन्। चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।
कमल ऐरीको बलमा बोल्ड भए डेभिड वार्नर

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






