Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

मृत्युदण्ड सुनाइएकी हसिनालाई बङ्गलादेशको चुनौती- भारतसँग प्रत्यर्पण माग्नुहोस्

Share:WhatsAppFacebookX (Twitter)Telegram
मृत्युदण्ड सुनाइएकी हसिनालाई बङ्गलादेशको चुनौती-  भारतसँग प्रत्यर्पण माग्नुहोस्
Photo / Coverage: केन्द्रबिन्दु

ढाका । बङ्गलादेशले जनविद्रोहको बलमा पदच्युत भएकी पूर्व प्रधानमन्त्री घर फर्कन चाहन्छिन् भने उनले भारतबाट प्रत्यर्पण माग्नुपर्ने बताएको छ। बाङ्लादेशले सोमबार निर्वासित नेता शेख हसिनालाई चुनौती दिँदै प्रशासनले उनको पासपोर्ट नवीकरणको आवेदन समीक्षा गरिरहेको बताएको छ। पूर्व प्रधानमन्त्री हसिनाले डिसेम्बरमा बङ्गलादेश फर्किने प्रतिज्ञा गरेकी छिन् । उनीविरूद्ध सन् २०२४ मा प्रदर्शनकारीहरूमाथि दमन गरेको आरोपमा मानवताविरुद्धको अपराधमा मृत्युदण्ड सुनाइएको छ । गृहमन्त्री सलाउद्दिन अहमदले सोमबार पत्रकारहरूसँग भने, “बङ्गलादेशका अधिकारीहरू हसिनाको नयाँ पासपोर्टको अनुरोधलाई हेरिरहेका छन् ।” उाले भने, “उहाँ विदेशमा शरण लिएकी दोषी ठहरिएकी अपराधी हुनुहुन्छ । आवेदनको कानुनी आधार, प्रक्रिया पूरा भएको छ कि छैन, र पासपोर्ट माग्ने अधिकार छ कि छैन । सबै विषय समीक्षा भइरहेका छन्।” “हामीले त्यो देश (भारत) लाई उचित प्रक्रियाअनुसार उहाँको प्रत्यर्पण माग्दै पत्र पठाइसकेका छौँ,” उनले अगाडि भने । हसिनाले पटकपटक फर्किने इच्छा व्यक्त गर्दै आएकी छिन् । उनले एएफपीलाई इमेलमार्फत दिएको जानकारीमा फाँसीको सजाय सामना गर्नुपर्ने कुराबारे आफूलाई अवगत रहेको बताएकी छिन् । हसिनाका बेलायती वकिलहरूले उनको पासपोर्ट ‘खारेज भएको रिपोर्ट’ पछि कागजात नवीकरणको अनुरोध गरेका छन् । म्याट्रिक्स चेम्बर्स नामक कानुनी फर्मको पत्र बङ्गलादेशको नयाँदिल्लीस्थित उच्च आयोगलाई सम्बोधन गरिएको छ। एएफपीले देखेको उक्त पत्रमा पासपोर्ट नवीकरण मागिएको छ, तर कहिले वा कहाँ यात्रा गर्ने भन्ने उल्लेख छैन। ‘राजनीतिक स्टन्ट’ सन् २०२५ नोभेम्बरमा हसिनालाई मृत्युदण्ड सुनाउने अदालतका मुख्य अभियोजक एमडी अमिनुल इस्लामले यो आवेदनलाई ‘राजनीतिक स्टन्ट मात्र’ भएको बताउँदै यसको कुनै महत्त्व नहुने बताएका छन् । बङ्गलादेशका कनिष्ठ परराष्ट्रमन्त्री हुमायुन कोबिरले भने, ‘उहाँले न्यायको सामना गर्न आफैं आत्मसमर्पण गर्नुपर्छ।” “बङ्गलादेश र भारतबीच प्रत्यर्पण सन्धि छ। उहाँले भारतलाई आफूलार्ई सुम्पन भन्नुपर्छ र धेरै निर्दोष नागरिक मारेकोमा सजाय भोग्न तयार हुनुपर्छ”,उनले भने, “उहाँ भागेर विदेशी भूमिमा गएकी एक पूर्व शासक हुनुहुन्छ । उहाँको फर्किने प्रक्रिया फरक हुन्छ ।” हसिना सन् २०२४ मा देशमा आन्दोलन व्यापक भई असुरषा महशुस गरी हेलिकप्टरमा आफ्ना निकट सहयोगीसहित पुरानो सहयोगी भारतको दिल्लीका लागि प्रस्थान गरेकी थिइन् । त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् तर टेलिफोनमार्फत अनलाइन समाचार सम्मेलनमा सहभागी हुँदै आएकी छिन् । पूर्व प्रधानमन्त्री हसिनालाई उनको अनुपस्थितिमै दोषी ठहर गरिएर सजाय सुनाइएको थियो । भारतमा उनको निरन्तर उपस्थितिले ढाका र नयाँदिल्लीबीचको सम्बन्धमा तनाव बढाएको छ। भारतले प्रत्यर्पण अनुरोध कानुनी समीक्षामा रहेको बताएको छ । फेब्रुअरीमा भएको निर्वाचनमा हसिनाको आवामी लिगलाई प्रतिस्पर्धा गर्न रोक लगाइएको थियो। त्यस चुनावमा विजयी तारिक रहमानको सरकारले बङ्गलादेशकी पूर्व नेता हसिना फर्किएमा उनको विरुद्धका सबै मुद्दामा उचित कानुनी प्रक्रिया सुनिश्चित गरिने जनाएको छ। हसिनाको फर्किने प्रतिज्ञाले रहमान सरकारका लागि राजनीतिक चुनौती सिर्जना गरेको छ । नयाँ सत्ता समर्थक धेरै बंंगलादेशी उनलाई फाँसी दिइनुपर्ने बताउँछन् भने केही उनको फिर्तीले उनका पूर्व समर्थकहरूलाई उत्साहित गर्न सक्छ र विरोधी खेमाहरूबीच नयाँ झडप सुरु हुन सक्छ भन्ने डर छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
निर्वाचनअघि इरानप्रति आक्रामक ट्रम्प लज्जास्पद हारपछि नरम
Latest NewsJust now

निर्वाचनअघि इरानप्रति आक्रामक ट्रम्प लज्जास्पद हारपछि नरम

मध्यावधि निर्वाचनमा आफ्नो राजनीतिक दल रिपब्लिकन पार्टीको लज्जास्पद हार भएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प इरानप्रति नरम देखिएका छन्।  यसअघि चुनावलगत्तै इरानमा ठुलो आक्रमण गर्ने चेतावनी दिइरहेका उनले पार्टीले दुवै सदनमा बहुमत गुमाएपछि बोली फेरेका हुन्।  सीएएनका अनुसार ट्रम्पले आइतबार फोनवार्तामा भनेका छन्, ‘यदि इरानसँगको वार्ता अगा... ...

नेपालखबर
परराष्ट्रमन्त्री र इथियोपियाका विदेशमन्त्रीबिच द्विपक्षीय भेटवार्ता
Latest NewsJust now

परराष्ट्रमन्त्री र इथियोपियाका विदेशमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) का अवसरमा इथियोपियाका विदेशमन्त्री गेडियन टिमोथियोससँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा परराष्ट्रमन्त्री खनालले जलवायु परिवर्तनका कारण नेपालमा... ...

रातोपाटी
श्रमिकको तलब बढेको हो ? नयाँ कार्यविधिले व्यवसायी र युनियन दुवै अलमलमा
Latest NewsJust now

श्रमिकको तलब बढेको हो ? नयाँ कार्यविधिले व्यवसायी र युनियन दुवै अलमलमा

काठमाडौँ । सरकारले सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षाका सम्बन्धमा नयाँ कार्यविधि ल्यायो । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठबाट स्वीकृत उक्त कार्यविधि आइतबार मात्रै सार्वजनिक भएको हो । ... ...

रातोपाटी
डोल्पा कारागारबाट फरार भएका कैदीमध्ये थप दुईजना पक्राउ
Latest NewsJust now

डोल्पा कारागारबाट फरार भएका कैदीमध्ये थप दुईजना पक्राउ

डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीमध्ये थप दुईजना पक्राउ परेका छन । योसँगै पक्राउ पर्नेको संख्या छ पुगेको छ । ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play