Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

कमला पुल निर्माण अन्तिम चरणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
कमला पुल निर्माण अन्तिम चरणमा
Photo / Coverage: नेपालन्युज

जनकपुरधाम।तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथि निर्माणाधीन बहुप्रतीक्षित पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। वर्षौंदेखि पुल सञ्चालनको प्रतीक्षामा रहेका दुवै जिल्लाका स्थानीयवासी निर्माणकार्यले अन्तिम रूप लिन थालेपछि उत्साहित भएका छन्। पुल माथिको ढलानको काम सम्पन्न भइसको र पुललाई दुबै तर्फबाट जोड्न माटो हाल्ने काम भइरहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोले बताए। माटो फिलिङको काम सकिएपछि पुल मंसिर पहिलो सातादेखि बाट पूर्णरूपमा सञ्चालन गरिने प्रमुख महतोले बताए। यस्तै हुलाकी सडक अन्तर्गत धनुषाको जनकपुरधामस्थित कदमचोकदेखि कमला नदीको पुलसम्मको सडक सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचना खाली गराएको छ। प्रमुख महतोका अनुसार सडक सीमाभित्र निर्माण गरिएका घर, टहरा, घुम्ती पसललगायत संरचना हटाएर सडक खाली गराइएको छ। पटक पटक सूचना जारी गर्दा पनि सम्बन्धित व्यक्तिले संरचना नहटाएपछि बाध्य भएर डोजर प्रयोग गरेर संरचना हटाइएको प्रमुख महतोको भनाइ छ। विसं २०६८ मा कमला पुल निर्माणको ठेक्का पप्पु–लुम्बिनी जेभीले पाएको थियो। विसं २०७८ असारमा उद्घाटनको तयारी भइरहेका बेला आएको बाढीले पुलका पिलर भाँचिएपछि निर्माण सम्पन्न हुन सकेको थिएन। पुल जीर्ण भएपछि स्थानीयवासीले लामो समयसम्म नदी वारपार गर्न डुङ्गाको सहारा लिनुपरेको थियो। पुल पुनर्निर्माणका क्रममा देखिएका प्राविधिक तथा अन्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि निर्माणले गति लिएको प्रमुख महतोले बताए। पुलका दुवैतर्फ पुग्ने सडकमा माटो भर्ने काम सम्पन्न भएपछि मंसिरदेखि सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित निर्माणकार्यलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ। कमला नदीमा पुल नहुँदा तथा पुरानो पुलबाट आवतजावतमा समस्या भएपछि सिरहा र धनुषाका बासिन्दाले लामो समयदेखि सास्ती भोग्दै आएका थिए। विशेष गरी वर्षायाममा नदीमा पानीको बहाव बढ्दा स्थानीयवासीलाई आवतजावत गर्न डुङ्गा चढ्नु पर्ने अवस्था थियो। कतिपय अवस्थामा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता रहँदै आएको थियो। पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि सिरहा र धनुषाबीचको यातायात सम्पर्क थप सहज हुने धनुषाको कमला नगरपालिकाका स्थानीय सुमनकुमार यादवले बताए। यसबाट दैनिक कामकाज, शिक्षा, स्वास्थ्य सेवा, व्यापार तथा अन्य सामाजिक गतिविधिका लागि एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्ने सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेछन्। कमला पुल सञ्चालनमा आउनु दुई जिल्लाका बासिन्दाका लागि यातायात सुविधामा सुधार मात्र नभई आर्थिक तथा सामाजिक सम्बन्ध विस्तारको महत्वपूर्ण आधार बन्ने देखिन्छ। विशेष गरी कृषि उपज, स्थानीय उत्पादन तथा व्यापारिक सामग्रीको ढुवानी सहज हुँदा स्थानीय बजार र व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भारतीय विदेश मन्त्रालयले भन्यो : प्रधानमन्त्री वालेन्द्रको भ्रमणका एजेन्डामा नेपालसँग कुरा हुँदैछ
Latest NewsJust now

भारतीय विदेश मन्त्रालयले भन्यो : प्रधानमन्त्री वालेन्द्रको भ्रमणका एजेन्डामा नेपालसँग कुरा हुँदैछ

काठमाण्डु– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणबारे भारतीय विदेश मन्त्रालयले पछिल्लो धारणा सार्वजनिक गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले मंगलबार (नोभेम्बर १०) नयाँदिल्लीमा आयोजित नियमित मिडिया ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइसकिएको बताएका छन्। उनलेे भ्रमणको मिति तथा अन्य एजेन्डामा दुवै देशबीच छलफल जारी रहेको बताएका हुन्। पत्रकारले नेपालका प्रधानमन्त्रीको […] ...

काठमाण्डुपाटी
तनहुँमा स्क्रब टाइफसको जोखिम
Latest NewsJust now

तनहुँमा स्क्रब टाइफसको जोखिम

तनहुँ।तनहुँमा स्क्रब टाइफस संक्रमणको जोखिम देखिएको छ। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै जिल्लाका सात स्थानीय तहका एक सय ५५ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार असोज महिनामा सबैभन्दा बढी आँबुखैरेनी गाउँपालिकामा ५४ जनामा स्क्रब टाइफस पुष्टि भएको छ। त्यसैगरी बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकामा समान ३४÷३४ जनामा संक्रमण देखिएको छ। भिमाद नगरपालिकामा ...

नेपालन्युज
तनहुँमा स्क्रब टाइफसको जोखिम बढ्दो
Latest NewsJust now

तनहुँमा स्क्रब टाइफसको जोखिम बढ्दो

तनहुँ। तनहुँमा स्क्रब टाइफस सङ्क्रमणको जोखिम देखिएको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै जिल्लाका सात स्थानीय तहका एक सय ५५ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश... ...

रातोपाटी
एनपिएलः जनकपुरविरुद्ध सुदूरपश्चिमको सहज जित
Latest NewsJust now

एनपिएलः जनकपुरविरुद्ध सुदूरपश्चिमको सहज जित

काठमाडौँ, कात्तिक २४ गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियागिताअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले २७ रनको सहज जित निकालेको छ । जा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play