Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

कभेन्ट्रीलाई हराएपछि एभरटन पाँचौंमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
कभेन्ट्रीलाई हराएपछि एभरटन पाँचौंमा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । उत्कृष्ट लयमा रहेका थिएर्नो बारीको दुई गोलको मदतले एभरटनले शुक्रबार कभेन्ट्रीलाई ३–१ ले हराएको छ र अंक तालिकाको पाँचौं स्थानमा उक्लेको छ । हिल डिकिन्सन स्टेडियममा डेविड मोयसको टिम यान जीबोहको गोलले पछाडि परहेको थियो । दोस्रो हाफमा बारीले पाँच मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल एभरटनको पक्षमा मोडिएको हो । यो सिजन उनले गरेको गोल संख्या १० पुगिसकेको छ । भिल्लारियलबाट एभरटन आएका बारीले पछिल्ला सात खेलमा छ गोल गरिसकेका छन् । किरनन डेवसबरी हसले एभरटनका लागि तेस्रो गोल गरे र जित निश्चित गरे । यो जितपछि एभरटनको १० खेलबाट १६ अंक भएको छ । कभेन्ट्री भने नौ अंकमा १६ औं स्थानमा रह्यो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भोटेकोसी बाढीमा बेपत्ता साहिँलो छोरो सोध्दासोध्दै गयो ९४ वर्षीया आमाको सास
Latest NewsJust now

भोटेकोसी बाढीमा बेपत्ता साहिँलो छोरो सोध्दासोध्दै गयो ९४ वर्षीया आमाको सास

आमाका लागि सन्तानभन्दा ठुलो कुरा सायद अरू हुँदैन। त्यसैले धादिङको धुनिबेँसी नगरपालिका-९, कानाकोटकी ९४ वर्षीया सीता पाण्डे भोटेकोसी बाढीमा बेपत्ता छोरा फर्किन्छ कि भन्ने आशामा दिन गन्दै बसिन्। तर उनका साहिँलो छोरा नीरबहादुर पाण्डेको अवस्था पत्ता नलाग्दै उनी आफैँ यो संसारबाट बिदा भएकी छन्।  सीताका ४५ वर्षीय छोर... ...

नेपालखबर
तिहार बिदाका कारण कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने
Latest NewsJust now

तिहार बिदाका कारण कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

• कातिक २४ र २५ गते तिहार पर्वको अवसरमा काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुनेछ। • फोहर व्यवस्थापनस्थल बन्चरेडाँडामा कर्मचारीको बिदा हुने भएकाले फोहर व्यवस्थापनमा समस्या आउने छ। • नगरवासीलाई जथाभावी फोहर नफाल्न र व्यवस्थापन गर्न आग्रह गरिएको छ। ...

नेपालबहस
कात्तिक २४ र २५ गते उपत्यकाको फोहर नउठ्ने
Latest NewsJust now

कात्तिक २४ र २५ गते उपत्यकाको फोहर नउठ्ने

काठमाडौं । यही कात्तिक २४ र २५ गते काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । काठमाडौं महानगरपालिका वातारण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार २४ र २५ गते तिहार पर्वको अवसरमा उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल बन्चरेडाँडामा कार्यरत कर्मचारीको समेत बिदा हुने भएकाले फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो । कात्तिक २६ गतेदेखि नियमित रूपमा फोहर व्यवस्थापनको काम हुने ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play