Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/‘कबड्डी ५’को आक्रमक व्यापार

‘कबड्डी ५’को आक्रमक व्यापार

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘कबड्डी ५’को आक्रमक व्यापार

काठमाडौं । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘कबड्डी ५’ ले प्रदर्शनको पाँचौं दिनसम्ममा घरेलु बक्स अफिसमा सात करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । आइतबारसम्म पाँच करोड रुपैयाँभन्दा बढी कमाइ गरेको यस चलचित्रले मंगलबारसम्म आइपुग्दा सात करोडको आँकडा पार गरेको हो । चलचित्रका निर्माता मणिराम पोखरेलले मंगलबारसम्म ‘कबड्डी ५’ ले देशभरबाट सात करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको जानकारी दिनुभएको छ । प्रदर्शनको सुरुवातदेखि नै यस चलचित्रले आक्रामक व्यापार गरिरहेको छ । दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको चलचित्र हेर्न सिनेमा हलमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । अधिकांश शो हाउसफुल भइरहेका छन् । दर्शकको बढ्दो आकर्षण र उत्साहजनक व्यापारले चलचित्रको आगामी कमाइ थप बढ्ने अपेक्षा गरिएको छ । प्रदर्शनको छैटौं दिन बुधबार पनि यस चलचित्रले उत्साहजनक दर्शक पाएको छ । उपलब्ध शोमध्ये बिहानै ६० भन्दा बढी शो हाउसफुल भएका थिए । बिहीबार देशभरका सिनेमा हल सञ्चालकले टिकटमा सहुलियत दिने भएकाले चलचित्रको व्यापार अझै बढ्ने अपेक्षा गरिएको छ । बाँसुरी फिल्मस्को प्रस्तुतिमा बनेको यस चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, विपिन कार्की, रिश्मा गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजारलगायत कलाकारको अभिनय छ । चलचित्रका निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ हुनुहुन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

प्रतिक्षारत विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीलाई तीव्रता
ताजा खबरJust now

प्रतिक्षारत विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीलाई तीव्रता

लामो समयदेखि प्रतीक्षाको विषय बनेको विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीका कामलाई तीव्रता दिएको छ । ...

हाम्राकुरा
जलवायु वित्तमा पहुँच
ताजा खबरJust now

जलवायु वित्तमा पहुँच

नेपालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी हानिनोक्सानी सम्बोधन कोषबाट झन्डै तीन अर्ब (२० मिलियन अमेरिकी डलर) बराबरको ससर्त अनुदान प्राप्त गरेको छ । कोषले प्रदान गरेको य... ...

गोरखापत्र
चार महिनामै शिक्षा नियमावली संशोधनको तयारी
ताजा खबरJust now

चार महिनामै शिक्षा नियमावली संशोधनको तयारी

काठमाडौँ । सरकारले चार महिनाकै अन्तरमा शिक्षा नियमावली २०५९ संशोधनको तयारी थालेको छ । पछिल्लोपटक गत असार २५ गते शिक्षा नियमावली १०औँ संशोधन भएको थियो । दसौँ संशोधनमा भएका विद्यालय व्यवस्थापन,... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play