काठमाडौं। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका: १ तारापुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ६० वर्षीया लक्ष्मी डगौराको आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत्यु भएको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले गएराति डगौराको कच्ची घरमा प्रवेश गरी आक्रमण गरेको थियो। आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

Read Complete Original Article
Published originally on नेपालन्युज





