Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

कञ्चनपुरमा अटो र स्कुटर ठोक्किँदा बालकसहित सात जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
कञ्चनपुरमा अटो र स्कुटर ठोक्किँदा बालकसहित सात जना घाइते
Photo / Coverage: कर्पोरट खबर

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित शुक्लाफाँटा आरक्षको जंगल क्षेत्रमा अटो र स्कुटर एकआपसमा ठोक्किँदा एक बालकसहित सात जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। बुधबार दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सुपप्र ०२–००४ प ६५६५ नम्बरको स्कुटर र बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको भिनपा ००१ ह ५२२ नम्बरको अटो ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा स्कुटर चालक बेलडाँडी गाउँपालिका–२ का ४० वर्षीय दिनेश खाती र उनका ६ वर्षीय छोरा अर्थक खाती घाइते भएका छन् । दिनेशको अवस्था सामान्य रहे पनि अर्थकको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पठाइएको छ । त्यस्तै, अटो चालक बेलडाँडी गाउँपालिका–१ सिद्धचोकका ४५ वर्षीय ललित सिंह ठकुराठीको अवस्था पनि गम्भीर रहेको छ । उनलाई थप उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल पठाइएको छ । अटोमा सवार १८ वर्षीय हिक्मत ठकुराठी र १५ वर्षीया आशिका ठकुराठीको अवस्था मध्यम रहेको छ । उनीहरूलाई पनि मायामेट्रो अस्पताल पठाइएको छ । अटोमा सवार ३६ वर्षीया सुशीला ठकुराठीको अवस्था सामान्य र २५ वर्षीया शोभा डाँगाको अवस्था मध्यम रहेको छ । घाइते सबैलाई सुरुमा उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलडाँडीबाट प्रहरी निरीक्षक जय पार्कीको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनामा संलग्न अटो र स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय बेलडाँडीबाट करिब पाँच किलोमिटर उत्तरमा पर्दछ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । The post कञ्चनपुरमा अटो र स्कुटर ठोक्किँदा बालकसहित सात जना घाइते appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बालगोपालेश्वरको भाइटीका प्रभावित
Latest NewsJust now

बालगोपालेश्वरको भाइटीका प्रभावित

काठमाडौँ। अकस्मातको वर्षाले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ। बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिमा दाजुभाई तथा दिदीबहिनी नहुनेहरुको भिड थियो । अपराह्न अकस्मात पानी परेपछि मन्दिर परिसरमा टीका लगाउन असहज भएको... ...

रातोपाटी
न्यायाधीश अब्दुल अजिज मुसलमान : जसको आँगनमा इदको सेवई र तिहारको सेलरोटी साटिन्छ
Latest NewsJust now

न्यायाधीश अब्दुल अजिज मुसलमान : जसको आँगनमा इदको सेवई र तिहारको सेलरोटी साटिन्छ

काठमाडौँ । हिन्दु धर्मावलम्बीको दोस्रो प्रमुख चाड हो तिहार । यद्यपि कतिपय गैरहिन्दु समेत यो पर्वमा रम्ने गरेको पाइन्छ । कात्तिकको साँझ, झिलिमिली बत्ती र दियोको मधुर प्रकाशले गाउँ–सहर चम्किँदा सर्वोच्च... ...

रातोपाटी
पटाका पड्काउँदा ऐतिहासिक सम्पदामा जोखिम
Latest NewsJust now

पटाका पड्काउँदा ऐतिहासिक सम्पदामा जोखिम

भक्तपुर।विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्यमा जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। न्हुदँया भिन्तुना र्‍याली (नयाँं वर्ष नेपाल सम्वत् ११४७ को शुभकामना र्‍यालीका) सहभागी तथा आन्तरिक पर्यटकले मङ्गलबार राति करिब ८ बजेदेखि मध्यरातिसम्म टौमढी क्षेत्रमा सयौंको संख्यामा पटाका पड्काएका थिए। पटाकाबाट निस्किएको आगोको झिल्कोले ऐतिहासिक मन्दिर तथा पुराना ...

नेपालन्युज
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले
Latest NewsJust now

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

अन्ताल्या (टर्किए), कात्तिक २५ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि जोखिममा रहेका मुलुकलाई अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतस... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play