काठमाडौं । चलचित्र ‘ककाकिकी’को ट्रेलरले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । सार्वजनिक भएको पाँच दिनमै ट्रेलर युट्युबमा १० लाखभन्दा बढी पटक हेरिएको हो । ट्रेलर नेपालको युट्युब मुभी ट्रेन्डिङको तेस्रो स्थानमा समेत पर्न सफल भएको छ । ट्रेलरको प्रस्तुति, दृश्य संयोजन र कथावस्तुलाई दर्शकले प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा आएका प्रतिक्रियामा यसको नौलो र फरक शैलीको चर्चा गर्दै दर्शकले चलचित्रप्रति उत्सुकता व्यक्त गरेका छन् । बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा बनेको चलचित्रमा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेललगायत कलाकारको अभिनय छ । श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको चलचित्रको कथा सुमन अग्रवालको अवधारणामा आधारित छ । लेखन बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले गर्नुभएको हो । चलचित्रको छायांकन सुदीप बरालले गर्नुभएको छ । यसको डिजिटल अधिकार ओएसआर डिजिटल र अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेशनलसँग रहेको छ । ‘ककाकिकी’ यही मंसिर ११ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ ।
‘ककाकिकी’को ट्रेलरलाई दर्शकको राम्रो प्रतिक्रिया

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






