Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

औषधि उद्योग स्थापनाका लागि सहकार्य गर्न स्विट्जरल्याण्डसँग राष्ट्रिय सभा अध्यक्ष दाहालको प्रस्ताव

Share:WhatsAppFacebookX (Twitter)Telegram
औषधि उद्योग स्थापनाका लागि सहकार्य गर्न स्विट्जरल्याण्डसँग राष्ट्रिय सभा अध्यक्ष दाहालको प्रस्ताव
Photo / Coverage: टक्सार

काठमाडाैँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा विश्वस्तरीय औषधि उद्योग स्थापना गर्न स्विट्जरल्याण्डसँग सहकार्यको प्रस्ताव राखेका छन् । स्विट्जरल्याण्डको नेशनल काउन्सिलका अध्यक्ष पिएरे आन्द्रे पाजसँग सोमबार भएको शिष्टाचार भेटका क्रममा अध्यक्ष दाहालले नेपालमा औषधि उद्योग स्थापना गर्न सरकारी तहबाट पहल गर्न आग्रह गरेका हुन् । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले स्विट्जरल्याण्डमा विश्वस्तरीय औषधि उद्योग तथा कम्पनीहरू रहेकाले नेपालमा पनि त्यस्ता उद्योग स्थापना गर्न सहकार्यको प्रस्ताव राखेको बताए । नेपालमा औषधि उद्योग संचालन गर्न सकेमा नेपाली जनताले सहुलियतमा औषधि प्राप्त गर्न सक्ने उनको भनाइ छ । उनकाअनुसार स्विट्जरल्याण्डका अध्यक्ष पाजले नेपाललाई आवश्यक पर्ने औषधि तथा अन्य सहयोगका विषयमा जानकारी गराउन आग्रह गर्दै त्यसका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन्। अध्यक्ष दाहालले नेपाललाई विकास साझेदारका रूपमा स्विजरल्याण्डले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने अपेक्षा राखेको बताए । उनले विपद्का समयमा स्विजरल्याण्डले गर्दै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे । हालै भोटेकोशी बाढीबाट प्रभावितका लागि स्विट्जरल्याण्डले २ मिलियन अमेरिकी डलर सहयोग गरेको थियो । नेपाल र स्विट्जरल्याण्डबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा दुवै पक्षले शुभकामना आदानप्रदान गरेका थिए । भेटमा दुई देशबिच संसदीय सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए । साथै संसदीय मैत्री समूह गठन गरी संसदीय अभ्यास, अनुभव र ज्ञान आदानप्रदानलाई अघि बढाउने सहमति भएको पनि उनले बताए । अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न स्विट्जरल्याण्डले पु¥याएको सहयोगको स्मरण गर्दै आगामी दिनमा पनि सहकार्य आवश्यक रहेको उल्लेख गरे । भेटमा अध्यक्ष पाजले दाहालले उठाएका विषयहरू चासोपूर्वक सुनेको र सहयोगका प्रश्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको अध्यक्ष दाहालले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय गर्न संसदीय समिति बैठक सुरु
Latest NewsJust now

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय गर्न संसदीय समिति बैठक सुरु

काठमाडौँ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समिति बैठक सुरु भएको छ । केहीबेर अघि सिंहदरबारमा सुरु भएको बैठकले प्रस्तावित राजदूत थापाबारे निर्णय लिइने समितिले... ...

रातोपाटी
बङ्गलादेशमा तलब वृद्धिको माग गर्दै गार्मेन्ट कामदारको आन्दोलन
Latest NewsJust now

बङ्गलादेशमा तलब वृद्धिको माग गर्दै गार्मेन्ट कामदारको आन्दोलन

ढाका । न्यूनतम मासिक ज्याला १२ हजार ५०० टाकाबाट बढाएर ३० हजार टाका पुर्‍याउन माग गर्दै बङ्गलादेशका गार्मेन्ट कामदारले थालेको आन्दोलन तेस्रो दिनमा प्रवेश गरेको छ । सुरक्षा जोखिमका कारण गाजीपुरका धेरै कारखाना बन्द भएका छन् । ढाकानजिकै कोनाबारी र चन्द्र क्षेत्रमा प्रदर्शन जारी छ । सरकारले तलब निर्धारण गर्न बोर्ड गठन गरे पनि कामदारको आन्दोलन रोकिएको छैन । कारखाना सञ्चालकले ...

केन्द्रबिन्दु
धान सिजनमा नहरहरू पूर्ण सञ्चालनमा
Latest NewsJust now

धान सिजनमा नहरहरू पूर्ण सञ्चालनमा

काठमाडौँ । मनसुनको धान सिजनमा मुलुकका प्रमुख नहर प्रणालीहरूले किसानका खेतसम्म पानी पुर्याइरहेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागकाअनुसार सुनसरी मोरङ सिँचाइ आयोजनाले ६८ हजार हेक्टर (जसमध्ये ५५ हजार हेक्टर सतह सिँचाइ) र राजापुर सिँचाइ व्यवस्थापन कार्यालयले १४ हजार १३८ हेक्टर क्षेत्रमा सिँचाइ सेवा पुर्याएको छ । कमला सिँचाइ प्रणाली, भेरी करिडोर र बृहत् दाङ उपत्यका ...

टक्सार
चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
Latest NewsJust now

चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

• काठमाडौंको चावहिलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुमनप्रसाद अधिकारी गम्भीर घाइते भएका थिए। • उपचारका क्रममा अधिकारीको मृत्यु भएको छ र दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। • ट्राफिक प्रहरी कार्यालयले दुर्घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play