Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

बङ्गलादेशमा तलब वृद्धिको माग गर्दै गार्मेन्ट कामदारको आन्दोलन

Share:WhatsAppFacebookX (Twitter)Telegram
बङ्गलादेशमा तलब वृद्धिको माग गर्दै गार्मेन्ट कामदारको आन्दोलन
Photo / Coverage: केन्द्रबिन्दु

ढाका । न्यूनतम मासिक ज्याला १२ हजार ५०० टाकाबाट बढाएर ३० हजार टाका पुर्‍याउन माग गर्दै बङ्गलादेशका गार्मेन्ट कामदारले थालेको आन्दोलन तेस्रो दिनमा प्रवेश गरेको छ । सुरक्षा जोखिमका कारण गाजीपुरका धेरै कारखाना बन्द भएका छन् । ढाकानजिकै कोनाबारी र चन्द्र क्षेत्रमा प्रदर्शन जारी छ । सरकारले तलब निर्धारण गर्न बोर्ड गठन गरे पनि कामदारको आन्दोलन रोकिएको छैन । कारखाना सञ्चालकले बजारको माग घटेको र कच्चा पदार्थ आयात महँगिएको भन्दै माग पूरा गर्न कठिन रहेको बताएका छन् । सरकारले आन्दोलनलाई राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयाससँग जोडेको छ । गृहमन्त्री सलाहुद्दीन अहमदले सीमापारबाट आन्दोलन उक्साइएको आरोप लगाउनुभएको छ । बङ्गलादेशको गार्मेन्ट उद्योगले कुल निर्यात आम्दानीको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ भने करिब ४० लाखलाई प्रत्यक्ष रोजगारी दिएको छ । तीमध्ये ६० देखि ७० प्रतिशत महिला छन् । -एएनआई

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भोटेकोशी बाढी प्रभावितका लागि स्थायी आवास निर्माण गर्न भौगोलिक अध्ययन भइरहेको छ : प्राधिकरण
Latest NewsJust now

भोटेकोशी बाढी प्रभावितका लागि स्थायी आवास निर्माण गर्न भौगोलिक अध्ययन भइरहेको छ : प्राधिकरण

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी प्रभावितका लागि स्थायी आवास निर्माण गर्न भौगोलिक अध्ययन भइरहेको जनाएको छ । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको... ...

रातोपाटी
७ महिनामा सीमा क्षेत्रबाट  एक अर्ब ३३ करोड रूपैयाँ बराबरको अवैध सामग्री बरामद
Latest NewsJust now

७ महिनामा सीमा क्षेत्रबाट एक अर्ब ३३ करोड रूपैयाँ बराबरको अवैध सामग्री बरामद

काठमाडाैँ । सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारको नीतिअनुरुप सशस्त्र प्रहरी बल, नेपालले अवैध सामानको ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वको सरकार बनेदेखि हालसम्म (२०८२ चैत १३ देखि २०८३ कार्तिक १२) सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट एक अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रूपैयाँ बराबरको अवैध ...

टक्सार
यथाशीघ्र संसद बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग
Latest NewsJust now

यथाशीघ्र संसद बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग

प्रतिपक्षी दलहरूले सरकारसँग यथाशीघ्र संसद बैठक आह्वान गर्न माग गरेका छन्।  सोमवार नेपाली कांग्रेसको आह्वानमा सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको यस्तो माग गर्ने निर्णय गरेको नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले बताए। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले न्यायालयमा विचौलियाको प्रभाव, प्रहरीसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीको नाम जोडिएर आएका प्... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play