Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

औद्योगिक विकास र व्यापार सहजीकरणका नेपाल प्रत्यायन केन्द्र स्थापना

Share:WhatsAppFacebookX (Twitter)Telegram
औद्योगिक विकास र व्यापार सहजीकरणका नेपाल प्रत्यायन केन्द्र स्थापना
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सरकारले नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणका नेपाल प्रत्यायन केन्द्र स्थापना गरेको छ । त्रिपुरेश्वरस्थित केन्द्रको आज एक कार्यक्रममा बीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री ई. दीपककुमार साहले उद्घाटन गरे । उनले उद्योगको लागत घटाउने, उपभोक्ताको विश्वास बढाउने र नेपाली उत्पादनलाई विश्व बजारसँग जोड्ने दिशामा यस केन्द्रको सञ्चालन कोशेढुङ्गा सावित हुनेमा विश्वास व्यक्त गरे । नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउने, उपभोक्ताले गुणस्तरीय र सुरक्षित वस्तु तथा सेवा प्राप्त गर्ने सुनिश्चितता बढाउने र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो ।मन्त्रालयका अनुसार केन्द्रको सञ्चालनबाट अब प्रयोगशाला, मेडिकल ल्याव, निरीक्षण तथा प्रमाणीकरण गर्ने संस्थाले नेपालमै प्रत्यायन सेवा प्राप्त गर्ने आधार तयार भएको छ । यसले उद्योगी तथा व्यवसायीको परीक्षण र प्रमाणीकरणसम्बन्धी समय र खर्च घटाउन, गुणस्तर सुधार गर्न तथा विदेशी निकायमाथिको निर्भरता कम गर्न सहयोग पुग्नेछ । साथै केन्द्रको स्थापनापछि खाद्य पदार्थ, औषधिजन्य उत्पादन, निर्माण सामग्री, विद्युतीय उपकरणलगायत वस्तुको गुणस्तर परीक्षण गर्ने संस्थाको विश्वसनीयता अभिवृद्धि हुँदा आम उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । “नेपालको निर्यात व्यापारलाई सहज बनाउन अन्तर्राष्ट्रिय प्रत्यायन तथा पारस्परिक मान्यताको व्यवस्था विकास गर्न केन्द्रले महत्वपूर्ण भूमिका खेल्नेछ। यसबाट नेपाली उत्पादनको गुणस्तरप्रति अन्तर्राष्ट्रिय विश्वास बढाउन र निर्यातकर्ताको लागत तथा प्रक्रियागत झन्झट घटाउन समेत सहयोग पुग्नेछ”, मन्त्रालयद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ । नागरिकले सुरक्षित वस्तु पाउनुपर्छ, उद्योगीले अनावश्यक खर्च र झन्झटबाट मुक्ति पाउनुपर्छ र नेपाली उत्पादनले विश्व बजारमा सम्मानजनक स्थान बनाउनुपर्छ भन्ने विषयलाई आत्मसात् गर्दै केन्द्रको स्थापना गरिएको हो । The post औद्योगिक विकास र व्यापार सहजीकरणका नेपाल प्रत्यायन केन्द्र स्थापना appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश
Latest NewsJust now

अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

काठमाडौँ । अमेरिकी सङ्घीय अदालतले पाकिस्तान हुँदै १५० भन्दा बढी अफगानी नागरिकलाई स्वदेश फर्काउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको योजना रोकेको छ । निर्वासनले पूर्वअमेरिकी सहयोगी र उनीहरूका परिवारको ज्यान जोखिममा... ...

रातोपाटी
रोहिङ्ग्या नरसंहार मुद्दामा नोभेम्बर १९ मा फैसला आउने
Latest NewsJust now

रोहिङ्ग्या नरसंहार मुद्दामा नोभेम्बर १९ मा फैसला आउने

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालत अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले म्यान्मामा रोहिङ्ग्या मुस्लिममाथि भएको दमन नरसंहार हो वा होइन भन्ने विषयमा नोभेम्बर १९ मा ऐतिहासिक फैसला सुनाउने भएको छ । गाम्बियाले सन्... ...

रातोपाटी
बेनी–दरवाङ–मुना सडकको बालौटेमा अस्थायी सडक निर्माण सुरु
Latest NewsJust now

बेनी–दरवाङ–मुना सडकको बालौटेमा अस्थायी सडक निर्माण सुरु

ठाकुरप्रसाद आचार्यम्याग्दी, कात्तिक १८ गते । गत असोजको दोस्रो साता आएको अविरल वर्षाका कारण म्याग्दी नदीमा आएको बाढीले क्षतिग्रस्त भएको बेनी–दरबाङ–मुना सडक अन्तर्गत बालौटेमा अवरुद्ध... ...

गोरखापत्र
सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह
Latest NewsJust now

सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह

ललितपुर । नेपाली कांग्रेसले सञ्चारमाध्यमको स्वतन्त्रता, पत्रकारको सुरक्षा र लोकतान्त्रिक संस्थाको स्वायत्तता कायम राख्दै सरकारलाई विधिको शासन, पारदर्शिता र जवाफदेहिताका आधारमा अघि बढ्न आग्रह गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा पार्टीका तर्फबाट धारणा सार्वजनिक गर्दै वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारकर्मीलाई प्रतिपक्षका विषयमा मात्र नभई सत्तापक्षका गतिविधि र सरकारका निर्णयमाथि पनि निर्भीकतापूर्वक प्रश्न उठाउन आग्रह गरे । उनले ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play