Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

ओलीले दिए कार्यकर्तालाई निर्देशन- जुनसुकै बेला आन्दोलनमा उत्रिन तयार रहनू

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओलीले दिए कार्यकर्तालाई निर्देशन- जुनसुकै बेला आन्दोलनमा उत्रिन तयार रहनू
Photo / Coverage: पर्दाफास

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र सांगठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन दिएका छन् । आइतबार काठमाडौँमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्। उनले मुलुकको तत्कालीन राजनीतिक अवस्थालाई मध्यनजर गरेर आन्दोलनमा उत्रिनुपर्ने पार्टीसामु मुख्य कार्यभार रहेको भन्दै त्यसको लागि तयारी अवस्थामा बस्नुपर्नेमा उनको जोड छ । उनले आन्दोलन सधैँ लामो तयारीपछि मात्रै नभई परिस्थिति असह्य भएपछि तत्काल शुरु गर्नुपर्ने अवस्था आउन सक्ने समेत बताए । अध्यक्ष ओलीले सन् १९१७ को रुसी विद्रोहको उदाहरण दिँदै निर्वाचन, जनविद्रोह तथा उपद्रवकारी क्रियाकलापको माध्यमबाट परिवर्तन सम्भव हुने बताए । एमालेले विगतदेखि नै विभिन्न राजनीतिक चुनौती र दमनको सामना गर्दै आएको दाबी गर्दै उनले पञ्चायतकाल र राजा महेन्द्रको शासनकालमा समेत पार्टीलाई समाप्त पार्ने प्रयास भएको उल्लेख गरे । उनले अहिले पनि नेपालको सबैभन्दा मजबुत, देशभक्त र लोकतान्त्रिक शक्ति नेकपा एमाले भएको जिकिर समेत गरे । उनले नागरिकमा बेचैनी र निराशा बढ्दै गइरहेको भन्दै यस्तो अवस्थामा नेकपा (एमाले) वैचारिक रूपमा स्पष्ट भएर जनपक्षीय आन्दोलनको बाटोमा जानुपर्ने बताए । उनले केहीले निर्वाचनमार्फत पार्टी निर्माण गर्ने तयारी गरिरहेको भन्दै नेकपा (एमाले) पार्टी बनाउन नभई पार्टी लिएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काभ्रेको ह्वाइट पार्क रिसोर्टमा छापा : ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा
OthersJust now

काभ्रेको ह्वाइट पार्क रिसोर्टमा छापा : ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डिएस्पी रबिन विष्टका अनुसार केही थान ल्यापटप र मोबाइल सहित ३६ चिनियाँ नागरिक नियन्त्रणमा लिइएको हो । ...

अनलाइन खबर
ऊर्जामन्त्री श्रेष्ठसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट
OthersJust now

ऊर्जामन्त्री श्रेष्ठसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा ऊर्जा, जलस्रोत र सिँचाइका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । मन्त्री श्रेष्ठले राजदूत दलेलालाई स्वागत गर्दै उनको सफल तथा उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा नेपाल र भारतबीच ऊर्जा, ...

पर्दाफास
दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ७३ करोडको कारोबार
OthersJust now

दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ७३ करोडको कारोबार

नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आज मंगलबार नेप्से १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा पुगेर रोकिएको छ । आज ३५३ कम्पनिका एक करोड १२ लाख ९३ हजार ४५० कित्ता शेयर ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार १७ मा कारोबार भएको थियो । आज म्युचुअल फण्डबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी अपर लोहोरे खोला ...

पर्दाफास
शेखर र पूर्णबहादुरलाई कृष्ण सिटौलाको आग्रह- तटस्थ नबस्नुस्
OthersJust now

शेखर र पूर्णबहादुरलाई कृष्ण सिटौलाको आग्रह- तटस्थ नबस्नुस्

सिटौलाले भने, ‘पार्टीभित्र, घरभित्र विवाद भएपछि तटस्थताले कहिँ पनि पार लाउन सकिन्न । आफ्नो मत जाहेर गर्नुपर्छ, गर्नुस् । हामीले गलत गरेका छौँ भने भन्नुस् ।' ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play