काठमाडौं । ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडको घाटा थप बढेको छ। कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३२ करोड ६० लाख ९१ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको घाटा २८ करोड ४८ लाख ६० हजार रुपैयाँ थियो। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद घाटा १४.४७ प्रतिशतले बढेको हो। बीमाशुल्क आर्जनमा सुधार देखिए पनि दाबी भुक्तानी तथा अन्य खर्च बढ्दा कम्पनीको वित्तीय अवस्था दबाबमा परेको देखिन्छ। समीक्षा अवधिमा कम्पनीले ५२ करोड ९३ लाख ३४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो आर्जन ४३ करोड ६६ लाख ६४ हजार रुपैयाँ थियो। त्यस्तै, खुद बीमाशुल्क आर्जन २८ करोड ८ लाख ५७ हजार रुपैयाँबाट बढेर ३१ करोड ५५ लाख २७ हजार रुपैयाँ पुगेको छ। यसमा २१.३४ प्रतिशतको वृद्धि देखिएको छ। कम्पनीले पुनर्बीमा शुल्कबापत २१ करोड ३८ लाख ६ हजार रुपैयाँ खर्च गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो खर्च १५ करोड ५८ लाख ७ हजार रुपैयाँ थियो। यसबाहेक कम्पनीले कमिसन आम्दानीबाट १३ करोड ३७ लाख ५ हजार रुपैयाँ, लगानी तथा कर्जाबाट ३ करोड ८० लाख ५० हजार रुपैयाँ र अन्य स्रोतबाट समेत आम्दानी गरेको छ। बीमाशुल्क आर्जन बढे पनि दाबी भुक्तानीको दायित्व उच्च हुँदा कम्पनीको नोक्सानी थपिएको छ। असोज मसान्तसम्म कम्पनीले ५४ करोड ९६ लाख १५ हजार रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ। पुनर्बीमाबाट प्राप्त हुने दाबी रकम ३६ करोड ७८ लाख ९३ हजार रुपैयाँ रहेको छ। बीमा करार दायित्वमा भएको परिवर्तनसमेत समायोजन गर्दा कम्पनीको खुद दाबी खर्च ६५ करोड ९६ लाख ३० हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो खर्च ५५ करोड ४८ लाख ३९ हजार रुपैयाँ थियो। कम्पनीको कुल खर्च ८१ करोड ८९ लाख ३३ हजार रुपैयाँ पुगेको छ। यसमध्ये कमिसन खर्च ८ करोड ३२ लाख १४ हजार रुपैयाँ, कर्मचारी सुविधामा ४ करोड ४४ लाख ३७ हजार रुपैयाँ, सेवा शुल्कमा ६४ लाख ६३ हजार रुपैयाँ र अन्य प्रत्यक्ष खर्चमा ६ लाख ९१ हजार रुपैयाँ रहेको छ। त्यस्तै, ह्रासकट्टी तथा अमोर्टाइजेसनमा ४३ लाख ४८ हजार रुपैयाँ, अन्य सञ्चालन खर्चमा १ करोड २२ लाख २२ हजार रुपैयाँ र वित्तीय लागतमा ७९ लाख २४ हजार रुपैयाँ खर्च भएको छ। आम्दानीको तुलनामा खर्च बढी भएपछि कम्पनीको करअघिको घाटा ३३ करोड १५ लाख ९२ हजार रुपैयाँ पुगेको छ। वित्तीय अवस्थातर्फ कम्पनीको कुल सम्पत्ति बढेर १३ अर्ब २७ करोड ४७ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यमा कम्पनीको कुल सम्पत्ति ११ अर्ब ६४ करोड ७० लाख रुपैयाँ थियो। समीक्षा अवधिमा कम्पनीको कुल लगानी ४ अर्ब ५९ करोड ३८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, पुनर्बीमा सम्पत्ति ७ अर्ब १६ करोड ४९ लाख रुपैयाँ र बैंक तथा वित्तीय संस्थामा रहेको नगद तथा नगद बराबरको रकम २६ करोड ६५ लाख रुपैयाँ रहेको छ।
ओरिएन्टल इन्स्योरेन्सको घाटा बढेर ३२ करोड ६० लाख पुग्यो

Read Complete Original Article
Published originally on अनलाइनपाना




_ny6gEZPI2v.jpg)
