Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

ओडिआई क्रिकेटमा अफगानिस्तानलाई इतिहासकै सर्वोत्कृष्ट वरीयता

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओडिआई क्रिकेटमा अफगानिस्तानलाई इतिहासकै सर्वोत्कृष्ट वरीयता
Photo / Coverage: हिमालय टाइम्स

काबुल । अफगानिस्तान क्रिकेट टोलीले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा आफ्नो इतिहासकै सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पछिल्लो ओडिआई टोली वरीयतामा अफगानिस्तान छैटौँ स्थानमा उक्लिएको हो । पूर्वविश्वविजेता श्रीलंकालाई पछि पार्दै अफगानिस्तानले पहिलोपटक शीर्ष-६ टोलीको सूचीमा स्थान बनाएको हो । अब भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, पाकिस्तान र अष्ट्रेलियामात्र वरीयतामा अफगानिस्तानभन्दा अगाडि रहेका छन् । सन् २००९ मा एकदिवसीय क्रिकेटमा डेब्यु गरेको अफगानिस्तानले १७ वर्षको यात्रापछि विश्वका ६ बलिया टोलीभित्र आफूलाई स्थापित गर्न सफल भएको हो । यसअघि नै अफगानिस्तानले बंगलादेश, इंग्ल्याण्ड र वेष्ट इण्डिजजस्ता टोलीहरूलाई पछाडि पारिसकेको थियो । अफगानिस्तानको वरीयतामा सुधारको सुरुवात गत अगस्ट २०२६ मा भएको आयरल्याण्ड भ्रमणबाट भएको थियो । पाँच म्याचको ओडिआई शृंखलामा अफगानिस्तानले आयरल्याण्डलाई उसैको घरेलु मैदानमा ४–० ले पराजित गरेको थियो । आयरल्याण्ड भ्रमणपछि युएईमा बंगलादेश र जिम्बाब्वे सम्मिलित ओडिआई त्रिकोणात्मक शृंखला खेल्न पुगेको अफगानिस्तानले एकै म्याच पनि नगुमाई उपाधि आफ्नो नाममा गरेको थियो । बंगलादेशविरुद्धको एक म्याचमा अफगानिस्तानले विपक्षीलाई मात्र १६० रनमा समेट्दै ३५.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । त्रिकोणात्मक शृंखला जित्नुमा स्टार लेग स्पिनर राशिद खानको बलिङ मुख्य योगदान रह्यो । उहाँले तीन म्याचमा ११ विकेट लिँदै ‘प्लेयर अफ द सिरिज’ को उपाधि जित्नुभयो । अफगानिस्तानले हालसम्म कुल १९१ ओडिआई खेल खेलेको छ, जसमध्ये ९६ खेलमा जित हासिल गरेको छ । मुख्यतया स्पिन बलिङका लागि चिनिने अफगानिस्तानको ब्याटिङमा पनि इब्राहिम जादरान, रहमानुल्लाह गुरबाज र सदीकुल्लाह अटलजस्ता युवा ब्याट्सम्यानहरूले लगातार उत्कृष्ट योगदान दिइरहेका छन् । अर्कोतर्फ, टी-२० अन्तर्राष्ट्रिय टोली वरीयतामा भने इंग्ल्याण्ड शीर्ष स्थानमा छ भने भारत दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहेका छन् । पुरुष एकदिवसीय टोलीको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १६औँ स्थान ओगटेको छ । पछिल्लो वरीयताअनुसार नेपालले ३३ खेलबाट ९३९ अंक प्राप्त गर्दै २८ रेटिङ बनाएको छ । नेपालभन्दा ठीक अगाडि १५औँ स्थानमा संयुक्त राज्य अमेरिका रहेको छ भने नेपालभन्दा पछाडि १७औँ स्थानमा नामिबिया रहेको छ । आइसिसीको नयाँ वरीयतामा भारत शीर्ष स्थानमा कायम रहँदा न्युजिल्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा छन् । एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
च्याउ खेतीले देखाएको आत्मनिर्भरताको बाटो
Latest NewsJust now

च्याउ खेतीले देखाएको आत्मनिर्भरताको बाटो

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वनगाउँका एकल महिला पार्वती थापा व्यावसायिक च्याउ खेतीबाट आत्मनिर्भर बनेकी छन् । विसं २०६९ मा श्रीमान् गुमाएपछि उनले आत्मनिर्भर बन्न च्याउ खेती सुरु गरिन् । सात... ...

रातोपाटी
वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या
Latest NewsJust now

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या

भोजपुर । मुन्दुम पदमार्ग क्षेत्रमा पर्यटकको बसाइ सहज बनाउन आवश्यक घरबास (होमस्टे) तथा अन्य पूर्वाधार निर्माणमा वनसम्बन्धी कानुनी व्यवस्थाका कारण समस्या भएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । पदमार्गको अधिकांश क्षेत्र... ...

रातोपाटी
मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो
Latest NewsJust now

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

मनाङ । अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ । सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण आयोजना एकाइ... ...

रातोपाटी
विकास र वातावरणको दोसाधमा उभिएको हाम्रो समय
Latest NewsJust now

विकास र वातावरणको दोसाधमा उभिएको हाम्रो समय

मानव सभ्यताको विकासक्रम सधैं प्रकृतिसँगको संघर्ष र सहकार्यबाट अगाडि बढेको छ । तर, आजको युगमा आइपुग्दा यो सहकार्य बिस्तारै द्वन्द्वमा परिणत भएको छ । विकासको तीव्र आकांक्षा र प्रकृतिको संरक्षणबीचको सन्तुलन मिलाउनु आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतसामू सबैभन्दा ठूलो चुनौती बनेको छ । हामीले गर्ने सानासाना दैनिक निर्णयदेखि लिएर राज्यस्तरबाट सञ्चालन गरिने ठूला पूर्वाधार आयोजनासम्मले प्रकृतिमाथि गहिरो प्रभाव पार्छन् । ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play