काठमाडौं । कतारमा नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुने एसिसी प्रिमियर कप राइजिङ स्टार्स प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । घोषित टोलीमा अनुभवी तथा युवा खेलाडीलाई समेटिएको छ । प्रतियोगितामा नेपाल समूह ‘बी’मा परेको छ । यस समूहमा नेपालसँगै भारत ‘ए’, पाकिस्तान ‘ए’ र युएई रहेका छन् । नेपालले प्रतियोगिताको पहिलो खेल नोभेम्बर २० मा भारत ‘ए’सँग खेल्नेछ । त्यसपछि नोभेम्बर २२ मा युएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्ने तालिका छ । त्यस्तै, समूह ‘ए’मा श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ रहेका छन् । लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, इशान पाण्डे, रशिद खान र देव खनाल हुनुहुन्छ ।
एसिसी राइजिङ स्टार्स कप खेल्ने नेपाली टोली घोषणा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






