काठमाडौं । दक्षिण कोरियामा सम्पन्न एसिया मोडल फेस्टिभल २०२६ मा नेपालकी सदिक्षा श्रेष्ठले महिला विधातर्फको विजेताको उपाधि जित्नुभएको छ । फेस अफ नेपालमार्फत प्रतियोगितामा सहभागी श्रेष्ठले सयौं प्रतिस्पर्धीलाई पछि पार्दै उक्त सफलता हासिल गर्नुभएको हो ।प्रतियोगितामा म्यानमारकी क्याव क्याव ऐन्द्राले ग्राण्ड विनर तथा दक्षिण कोरियाका काङ डोङ-ह्युनले पुरुष विधातर्फको उपाधि जित्नुभएको छ । प्रतियोगितामा नेपालबाट योगेश शर्मा, सदिक्षा श्रेष्ठ, सुमन श्रेष्ठ र जाएन तामाङ सहभागी हुनुभएको थियो । फेस अफ नेपालकी नेसनल डाइरेक्टर मेनुका माझीले पहिलोपटक संस्थाले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा उपाधि जित्न सफल भएको भन्दै खुसी व्यक्त गर्नुभयो । यसले नेपाली मोडलिङ क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने उहाँको विश्वास छ । प्रतिस्पर्धीका लागि दिनाज फेसन हाउसकी सञ्चालक तथा फेसन डिजाइनर दिना गुरुङले पहिरन डिजाइन गर्नुभएको थियो । उहाँका डिजाइनमा नेपाली मौलिकता र पहिचानसँगै नेपालमा हालै गएको विनाशकारी बाढीबाट प्रभावितहरूको पीडा र अवस्थालाई समेत भावनात्मक रूपमा प्रस्तुत गरिएको थियो ।
एसिया मोडल फेस्टिभलमा सदिक्षालाई उपाधि

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






