Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

एसिया कप राइजिङ स्टार्स : भारत बाहिरियो, श्रीलंका फाइनल प्रवेश

Share:WhatsAppFacebookX (Twitter)Telegram
एसिया कप राइजिङ स्टार्स : भारत बाहिरियो, श्रीलंका फाइनल प्रवेश
Photo / Coverage: हिमालय टाइम्स

दोहा । एसिया कप राइजिङ स्टार्स २०२६ को पहिलो सेमिफाइनल खेलमा श्रीलंका ‘ए’ ले भारत ‘ए’ लाई ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । दोहास्थित वेस्ट एण्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले दिएको ३१८ रनको विशाल लक्ष्य श्रीलंकाले उत्कृष्ट ब्याटिङ गर्दै मात्र ४१ ओभर ३ बलमा २ विकेट गुमाएर सहजै पूरा गर्‍यो । यो पराजयसँगै भारत ‘ए’ को प्रतियोगितामा यात्रा समाप्त भएको छ भने श्रीलंकाले उपाधि भिडन्तका लागि आफ्नो स्थान पक्का गरेको छ । टस जिजेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । ओपनर वैभव सूर्यवंशी र अभिषेक शर्माले पहिलो विकेटका लागि मात्र ४८ बलमा ८० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाउनुभयो । वैभवले २७ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ४० रन बनाउनुभयो । त्यसपछि कप्तान तिलक बर्माले मोर्चा सम्हाल्दै अभिषेक शर्मासँग दोस्रो विकेटका लागि ७९ रन जोड्दै टोलीलाई १५९ रनको स्थितिमा पुर्‍याउनुभयो । उत्कृष्ट ब्याटिङ गर्नुभएका अभिषेक शर्माले ६३ बलमा १२ वटा बाउन्ड्रीको मद्दतले ७८ रन बनाउनुभयो भने कप्तान तिलक बर्माले ५३ रनको योगदान दिनुभयो । भारतीय टोली २३५ रनमा ६ विकेट गुमाएर संकटमा परेका बेला शाहबाज अहमद (नटआउट ५४ रन) र तनुष कोटियान (२८ रन) ले सातौं विकेटका लागि ७३ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई तेहोरो शतकको पार पुर्‍याउनुभयो । श्रीलंकाका लागि रविन्दु फर्नान्डो, जनिथ लियानागे र निपुण धनञ्जयले समान २-२ विकेट तथा गरुका संकेथ र लाहिरू समरकुनले १-१ विकेट हात पार्नुभयो । जवाफमा मैदान उत्रिएको श्रीलंकाली टोलीका लागि लसिथ क्रुसपुले र सिनेथ जयवर्धनेले पहिलो विकेटका लागि २१.३ ओभरमै १७४ रनको विशाल साझेदारी गर्दै जितको बलियो आधार तयार पार्नुभयो । ‘प्लेयर अफ द म्याच’ घोषित हुनुभएका सिनेथ जयवर्धनेले ७० बलमा ६ छक्का र १० चौकाको मद्दतले १०५ रनको आक्रामक शतकीय इनिङ खेल्नुभयो । सिनेथ आउट भएपछि क्रुसपुले र निशान मदुश्काले दोस्रो विकेटका लागि ९१ रन थप्दै टोलीलाई जितको अति नजिक पुर्‍याउनुभयो । लसिथ क्रुसपुले १०७ बलमा ३ छक्का र १२ चौकासहित ११६ रन बनाएर आउट हुनुभयो । त्यसपछि निशान मदुश्का (नटआउट ५८ रन) र पवन रत्नायके (नटआउट ३१ रन) ले तेस्रो विकेटका लागि ३७ बलमा ५३ रनको अविजित साझेदारी गर्दै श्रीलंकालाई ४१.३ ओभरमै लक्ष्यमा पुर्‍याउनुभयो । भारतीय बलिङ आक्रमणमा हर्षित राणा र शाहबाज अहमदले १-१ विकेटमात्र लिन सफल हुनुभयो । श्रीलंका ‘ए’ ले अब उपाधिका लागि आगामी आइतबार हुने फाइनल खेलमा दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । शनिबार दोहाको सोही मैदानमा हुने दोस्रो सेमिफाइनल खेलमा पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’ आमनेसामने हुनेछन् । एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
शिकार आरक्ष ढोरपाटनमा केन्द्रीय प्रसारण लाइन
Latest NewsJust now

शिकार आरक्ष ढोरपाटनमा केन्द्रीय प्रसारण लाइन

मंसिर । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले ढोरपाटन उपत्यका क्षेत्रमा विद्युत् विस्तार गरी पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौर, बोबाङ हुँदै ढोरपाटनसम्म लाइन पुर्‍याएको हो । बुर्तिबाङ बजारदेखि ३५ किलोमिटर लाइन तानेर विद्युत् पुर्‍याएको विद्युत् प्राधिकरण बागलुङका प्रमुख दिलिप मरासिनीले जानकारी दिनुभयो । ढोरपाटनमा उपत्यकासँगै नवी, भुजी, ...

हिमालय टाइम्स
डिजिटल प्लेटफर्ममा नयाँ फिल्म र सिरिजको बहार
Latest NewsJust now

डिजिटल प्लेटफर्ममा नयाँ फिल्म र सिरिजको बहार

काठमाडौं । नोभेम्बर महिनाको अन्त्यसँगै ओटिटी प्लेटफर्महरूमा दर्शकका लागि विविध विधाका फिल्म तथा सिरिज सार्वजनिक भएका छन् । सस्पेन्स थ्रिलर, सुपरहिरो एक्सन, राजनीतिक दाउपेच, साइन्स फिक्सन र एनिमेदेखि आध्यात्मिक तथा रोमान्टिक कथासम्मका सामग्रीले डिजिटल बजारलाई यो साता थप रोमाञ्चक बनाएका छन् । नेटफ्लिक्स, प्राइम भिडियो, जियोहटस्टार र सोनी लिभलगायत प्लेटफर्ममा आएका यी नयाँ सामग्रीले फरक रुचि भएका दर्शकलाई आकर्षित गर्ने ...

हिमालय टाइम्स
शरीरमा प्रोटिनको कमी पूरा गर्न सहयोग गर्छन् यी फलफूल
Latest NewsJust now

शरीरमा प्रोटिनको कमी पूरा गर्न सहयोग गर्छन् यी फलफूल

काठमाडौं । प्रोटिन भन्नेबित्तिकै हाम्रो दिमागमा दाल, अण्डा, मासु र दूधजस्ता खानेकुरा आउँछन् । तर, केही फलफूलमा पनि प्रोटिन पाइन्छ भन्ने कुरा धेरैलाई थाहा नहुनसक्छ । फलफूल प्रोटिनको मुख्य स्रोत नभए पनि यिनलाई नियमित आहारमा समावेश गर्दा शरीरले आवश्यक पोषक तत्त्व प्राप्त गर्नसक्छ । विशेषगरी दैनिक खानामा थप पोषण र केही मात्रामा प्रोटिन समावेश गर्न चाहनेहरूका लागि अम्बा, एभोकाडो, कटहर ...

हिमालय टाइम्स
इटहरीमा प्रस्तुत हँदै आतिफ अस्लम
Latest NewsJust now

इटहरीमा प्रस्तुत हँदै आतिफ अस्लम

इटहरी । पाकिस्तानी चर्चित गायक आतिफ अस्लम पूर्वी नेपालको इटहरीमा प्रस्तुत हुनुहुने भएको छ । आगामी पुस ४ गते सुनसरीको इटहरी रंगशालामा आयोजना हुने ‘इस्टर्न इकोज’ कन्सर्टमा उहाँले आफ्ना पुराना तथा नयाँ गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने हुनुभएको हो । आतिफका लोकप्रिय गीत ‘वो लम्हे, वो बाते’, ‘पेहेली नजर मे’, ‘तु जाने ना’ र ‘तेरे होने लगा हुँ’लगायत गीत कन्सर्टको मुख्य आकर्षण ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement