एसिया कप राइजिङ स्टार्स कतारमा हुने, नेपाल समुह बी मा

काठमाडौं । एसिया कप राइजिङ स्टार्स पुरुष क्रिकेट प्रतियोगिता २०२६ आगामी नोभेम्बर १९ देखि कतारमा आयोजना हुने भएको छ । ५० ओभरको प्रारूपमा सञ्चालन हुने प्रतियोगितामा नेपालसहित आठ टोली सहभागी हुनेछन् । प्रतियोगिताको फाइनल नोभेम्बर २९ मा हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । यस समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूह ‘ए’ मा श्रीलंका ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ चीन रहेका छन् । नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल नोभेम्बर २० मा भारत ‘ए’सँग खेल्नेछ। उक्त खेल दोहास्थित वेस्ट इन्ड अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ । नेपालले दोस्रो खेल नोभेम्बर २२ मा यूएईसँग खेल्नेछ । दोहा विज्ञान तथा प्रविधि विश्वविद्यालयको क्रिकेट मैदानमा हुने उक्त खेलपछि नेपालले नोभेम्बर २४ मा पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ। पाकिस्तान ‘ए’सँगको खेल पनि सोही मैदानमा हुनेछ । नेपालले समूह चरणमा भारत ‘ए’, यूएई र पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल नोभेम्बर २६ र दोस्रो सेमिफाइनल नोभेम्बर २७ मा हुनेछ। फाइनल खेल नोभेम्बर २९ मा आयोजना हुनेछ । The post एसिया कप राइजिङ स्टार्स कतारमा हुने, नेपाल समुह बी मा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

यू–१९ एसिया कपमा नेपालको प्रारम्भिक टोली घोषणा
काठमाण्डु – आगामी यू–१९ एसिया कपलाई लक्षित गर्दै नेपालले प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । प्रतियोगिताको तयारीस्वरूप नेपाली युवा टोलीको बन्द प्रशिक्षण आईतबारदेखि पोखरामा सञ्चालन हुनेछ । प्रशिक्षणका क्रममा खेलाडीको प्रदर्शन र क्षमताका आधारमा अन्तिम टोली छनोट गरिने क्यानले जनाएको छ […] ...

उत्तरी फिलिपिन्समा दुई विमान दुर्घटना हुँदा चार पाइलटको मृत्यु
उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा एसएफ–२६० विमान दुर्घटनाग्रस्त हुँदा फिलिपिन्स वायुसेनाका चार पाइलटको मृत्यु भएको छ। वायुसेनाले शनिबार यसको पुष्टि गरेको हो। वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए। दुर्घटनाको कारण पत्ता लगाउन ... ...

मेगनका बुबामाथिको आरोपबारे प्रहरीको खुलासा, अनुसन्धान नगरेको स्वीकार
काठमाडाैँ। बेलायतको मेट्रोपोलिटन प्रहरीले डचेस अफ ससेक्स मेगन मार्कलका बुबा थोमस मार्कलसँग सम्बन्धित गम्भीर आरोप समेटिएको पत्र सन् २०१९ मा प्राप्त गरेको स्वीकार गरेको छ । तर प्रहरीले अनुसन्धानका लागि... ...

अभिषेकले बेंगलुरु यूटीआर टेनिस खेल्ने
गत महिना जापानमा सम्पन्न २० औं एसियाली खेलकुदमा सहभागिता जनाएका अभिषेक बास्तोलाको हाल ११.७५ को यूटीआर (युनिभर्सल टेनिस रेटिङ) छ । ...


