Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एशिया कपमा छनोट नेपाली टोलीलाई क्यानले ३० लाख रुपैयाँ दिने

एशिया कपमा छनोट नेपाली टोलीलाई क्यानले ३० लाख रुपैयाँ दिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एशिया कपमा छनोट नेपाली टोलीलाई क्यानले ३० लाख रुपैयाँ दिने
भिडियो रिपोर्ट (Video News)
YouTube मा हेर्नुहोस्

एशिया कपमा छनोट नेपाली टोलीलाई क्यानले ३० लाख रुपैयाँ दिने

horizontal HD

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रोपटक एशिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा एशिया कपमा छनोट गराउन सफल टोलीलाई प्रोत्साहनस्वरूप ३० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभएको हो। एशिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै अध्यक्ष चन्दले खेलाडीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको बताउनुभयो। विगतमा सीमित स्रोतसाधन र न्यून पारिश्रमिकका बाबजुद खेलाडीहरूले देशका लागि खेल्दै आएको स्मरण गर्दै उहाँले पछिल्लो समय विभिन्न प्रतियोगिता र प्रायोजनमार्फत खेलाडीलाई आर्थिक रूपमा सबल बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो। अध्यक्ष चन्दले सरकारले पनि एसियाली प्रतियोगितामा च्याम्पियन, दोस्रो र तेस्रो हुने टोलीलाई पुरस्कार दिने व्यवस्था गर्दै आएको भए पनि विभिन्न कारणले पछिल्लो समय खेलाडीहरूले पुरस्कार पाउन नसकेको बताउनुभयो। उहाँले क्रिकेटलाई प्राथमिकतामा राखेर पुरस्कारसम्बन्धी निर्णय गर्न सरकारसँग आग्रह गर्नुभयो। ओडीआई मान्यता कायम, विश्वकप खेल्ने लक्ष्य नेपाली क्रिकेटले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय प्रगति गरिरहेको अध्यक्ष चन्दको भनाइ छ। नेपालले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता थप चार वर्षका लागि कायम राख्नु र दोस्रोपटक एशिया कपमा छनोट हुनु महत्त्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो। नेपाली खेलाडीहरू एकदिवसीय विश्वकप खेल्ने लक्ष्य हासिल गर्न प्रयासरत रहेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पनि नेपाली क्रिकेटलाई सकारात्मक रूपमा लिएको बताउनुभयो। नेपालमै प्लेअफ क्वालिफायर आयोजना गर्ने अवसर प्राप्त हुनु विश्वकपसम्म पुग्ने यात्राको महत्त्वपूर्ण कडी भएको उहाँको भनाइ छ। एनपीएल नेपाली क्रिकेटको ब्रान्ड बन्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणबारे चर्चा गर्दै अध्यक्ष चन्दले प्रतियोगिता हरेक वर्ष थप व्यवस्थित र आकर्षक बन्दै गएको बताउनुभयो। गभर्निङ काउन्सिल, क्यानका पदाधिकारी, जिल्ला तथा प्रदेश क्रिकेट संघ, सञ्चारमाध्यम, प्रायोजक र आठवटै फ्रेन्चाइज टोलीका मालिकहरूको योगदानले एनपीएल नेपाली क्रिकेटको ब्रान्डका रूपमा स्थापित हुँदै गएको उहाँले उल्लेख गर्नुभयो। एनपीएलमा उत्कृष्ट खेलाडीहरूको सहभागिता, डिसिजन रिभ्यु सिस्टम (डीआरएस) लगायतका प्रविधिको प्रयोग र आर्थिक कारोबारको विस्तारले प्रतियोगिताको स्तर बढाएको अध्यक्ष चन्दको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

बेनिघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न भएको छ :  मन्त्री लम्साल
ताजा खबरJust now

बेनिघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न भएको छ :  मन्त्री लम्साल

काठमाडौँ । बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले दिएको जानकारीअनुसार खोर्लाबेसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न... ...

रातोपाटी
सप्तकोसी नदी डुंगा दुर्घटना अपडेट- मृतक र बेपत्ताको पहिचान खुल्यो
ताजा खबरJust now

सप्तकोसी नदी डुंगा दुर्घटना अपडेट- मृतक र बेपत्ताको पहिचान खुल्यो

धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोसी नदीमा गुडिरहेको ओबीएम कम्पनीको मोटर बोट ब्रेक फेल भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना नदीमा बेपत्ता भएका छन्। भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना यात्रु बोकेर सुनसरीको चतरातर्फ जाँदै गरेको उक्त बोट दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटना... ...

नेपालखबर
पाथीभरा दर्शनमा हिडेकी महिलाको मृत्यु
ताजा खबरJust now

पाथीभरा दर्शनमा हिडेकी महिलाको मृत्यु

चन्द्र पन्दाकताप्लेजुङ, कात्तिक ८ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा हिडेकी एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार पाल्पाको रानादेवी गाउँपालिका –८ की ४४... ...

गोरखापत्र
सडक सञ्जालले नजोडिएको बाजुराको किम्नी गाउँ
ताजा खबरJust now

सडक सञ्जालले नजोडिएको बाजुराको किम्नी गाउँ

शेरबहादुर सार्कीबाजुरा, कात्तिक ८ गते । बाजुराका नौ वटै स्थानीय तहका अधिकांश गाउँबस्ती सडक सञ्जालले जोडिदै गएका छन् । यहाँका स्थानीय तहले पालिकादेखि वडासम्म सडक जोड्ने गरी ग्रामीण... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play