Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

एलिस हुआङले एक वर्षअघि नै कम्पनी छाडेको मेगास्पिडको दाबी

Share:WhatsAppFacebookX (Twitter)Telegram
एलिस हुआङले एक वर्षअघि नै कम्पनी छाडेको मेगास्पिडको दाबी
Photo / Coverage: विश्वखबर

काठमाडौं– एनभिडियाका चिप चीन पठाएको आरोपमा अनुसन्धान भइरहेको सिङ्गापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिड इन्टरनेशनलले संदिग्ध जासुसका रूपमा चिनिएकी एलिस हुआङले एक वर्षभन्दा बढी समयअघि नै कम्पनी छाडेको जनाएको छ । मेगास्पिडले दक्षिणपूर्वी एसियामा रहेका आफ्ना डाटा सेन्टरका लागि एनभिडियाका चिप खरिद गरी चीन पठाएर चिनियाँ कम्पनीहरूलाई अमेरिकी निर्यात नियन्त्रण छल्न सघाएको आशङ्का गरिएको छ । कम्पनीकी पूर्वनिर्देशक एलिस हुआङलाई अमेरिकी सञ्चारमाध्यमले कथित चिनियाँ गुप्तचर सम्पत्तिका रूपमा पहिचान गरेका छन् । उनको एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङसँग सम्बन्ध रहेको दाबीसमेत सार्वजनिक भएको छ । ‘सुश्री एलिस हुआङले सन् २०२५ अगस्ट ३० देखि मेगास्पिड छाडिसक्नुभएको र हाल कम्पनीमा उहाँको कुनै भूमिका छैन’, एएफपीको प्रश्नको जवाफमा कम्पनीले आइतबार भनेको छ । कम्पनीले एलिस हुआङका व्यक्तिगत तथा निजी मामिलाबारे टिप्पणी नगर्ने पनि जनाएको छ । एलिस हुआङ र जेन्सेन हुआङबीच कुनै पारिवारिक सम्बन्ध छैन । बेइजिङले जासुसीसम्बन्धी आरोप अस्वीकार गर्दै आएको छ । जेन्सेन हुआङले नोभेम्बर ८ मा एनभिडियाका कर्मचारीलाई पठाएको पत्रमा विवाहेतर सम्बन्ध स्वीकार गरेका थिए । यद्यपि उनले उक्त सम्बन्धमा संलग्न महिलाको नाम खुलाएका थिएनन् । त्यसको केही दिनपछि हुआङले कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका थिए । एनभिडियाको सञ्चालक समितिले यस विषयमा अनुसन्धान गर्ने जनाएको छ । अमेरिकी काङ्ग्रेसका तीन समितिका अध्यक्षले पनि जेन्सेन हुआङलाई नोभेम्बर १८ मा हुने बन्द बैठकमा उपस्थित भई जानकारी दिन आग्रह गरेका छन् । मेगास्पिडले आफूले कानुनसम्मत व्यवसाय सञ्चालन गरिरहेको जनाएको छ । कम्पनीले आफ्नो व्यवसाय, आपूर्ति शृङ्खला र विश्वव्यापी सञ्चालनबारे सञ्चारमाध्यममा आएका दाबीहरू प्रमाणित तथ्यमा आधारित नभएको बताएको छ । कम्पनीले अमेरिकी निर्यात नियन्त्रणसम्बन्धी कानुनअन्तर्गतका आफ्ना दायित्व पालना भए-नभएकोबारे विस्तृत आन्तरिक अनुसन्धान गर्न बाह्य कानुनी परामर्शदाता नियुक्त गरेको पनि जनाएको छ । अमेरिकी कानुनले केही उन्नत चिप चीनमा पठाउन प्रतिबन्ध लगाएको छ । सिङ्गापुरका अधिकारीहरूका अनुसार उन्नत कृत्रिम बुद्धिमता (एआई) चिप जडित सर्भर मलेसियामा निर्यात गरिएको र सिङ्गापुरमा गरिएको घोषणाभन्दा फरक गन्तव्यमा पठाइएको आशङ्का छ । मेगास्पिडमाथिको अनुसन्धान जारी रहेको सिङ्गापुर प्रहरी बलले जनाएको छ । अधिकारीहरूले अनुसन्धानका क्रममा गलत जानकारी दिएको आरोपमा एलिस हुआङलाई गत फेब्रुअरीमा सिङ्गापुर पुनः प्रवेश गर्न रोक लगाइएको पनि बताएका छन् । यद्यपि उनीमाथि जासुसी गरेको आरोपमा अनुसन्धान भने गरिएको थिएन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठपर्वको अवसरमा नेपाली सेनाद्धारा सलामी अपर्ण
Latest NewsJust now

छठपर्वको अवसरमा नेपाली सेनाद्धारा सलामी अपर्ण

• नेपाली सेनाले छठ पर्वको अवसरमा सूर्य देवता र विभिन्न देवीदेवतालाई सलामी अर्पण गरेको छ। • प्रमुख सेनानी लोकेन्द्र कार्कीको नेतृत्वमा सेनाको टोलीले विशेष विधि अनुसार वीरगञ्जको छठघाटमा सलामी कार्यक्रम सम्पन्न गरेको हो। • छठ पर्वमा सेनाको सहभागिता र सलामीले धार्मिक आस्था र सांस्कृतिक एकतालाई थप प्रगाढ बनाएको उल्लेख गरिएको छ। ...

नेपालबहस
रामायण कूटनीतिको रेलमार्ग
Latest NewsJust now

रामायण कूटनीतिको रेलमार्ग

जनकपुरधाम र अयोध्या। एउटा माता सीताको जन्मस्थलका रूपमा पूजिन्छ, अर्को भगवान् रामको जन्मस्थलका रूपमा। रामायण परम्पराले जोडिएका यी दुई धार्मिक सहर अब रेलमार्गबाट जोडिने भएका छन्। भारतको रेल मन्त्रालयले जनकपुरधामदेखि उत्तर प्रदेशको अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन गर्ने प्रस्तावलाई स्वीकृति दिएसँगै नेपाल-भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धले यातायातको नयाँ माध्यम पाउने भएको छ। भारतको रेल मन्त्रालयले नोभेम्बर १४ मा सार्वजनिक गरेको विवरणअनुसार ...

नेपालन्युज
गंगासागर घाटमा छठ पर्व  मनाउदै रवि लामिछाने दम्पती,  अस्ताउँदो सूर्यलाई अर्घ्य दिए
Latest NewsJust now

गंगासागर घाटमा छठ पर्व मनाउदै रवि लामिछाने दम्पती, अस्ताउँदो सूर्यलाई अर्घ्य दिए

• राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागर घाटमा छठ पर्व मनाएका छन्। • उनीहरूले विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आराधना गरेका छन्। • लामिछाने दम्पतीले श्रद्धा र निष्ठापूर्वक छठ पूजामा सहभागी भएका छन्। ...

नेपालबहस
गौरीघाटमा राष्ट्रपतिसँगै सर्वसाधारणको छठ (भिडियो रिपोर्ट)
Latest NewsJust now

गौरीघाटमा राष्ट्रपतिसँगै सर्वसाधारणको छठ (भिडियो रिपोर्ट)

काठमाडौँ । शुद्धता, पवित्रता र आपसी भाइचाराको महान् पर्व छठको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइएको छ । तराई-मधेसमा धुमधामसँग मनाइने छठ पछिल्लो दशकमा पहाडतिर पनि विस्तारित भएको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play