काठमाडौं । विश्वका धनाढ्य व्यक्ति एलन मस्कले अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो कम्पनी स्पेसएक्सको दुई कित्ता सेयर दिने घोषणा गरेका छन् । उनले दिने यो उपहारको कुल मूल्य १८ अर्ब ३५ करोड अमेरिकी डलरभन्दा बढी हुने अनुमान छ । मस्कका अनुसार प्रत्येक बालबालिकाले एउटा सेयर स्पेसएक्सबाट र अर्को सेयर उनी स्वयंको तर्फबाट पाउनेछन् । उनले सामाजिक सञ्जालमार्फत घोषणा गरे पनि सेयर वितरणको विस्तृत प्रक्रिया खुलाएका छैनन् । मस्कले सामाजिक सञ्जालमा लेख्दै अर्कोमहिनाबाट स्पेसएक्सको शेयर हस्तान्तरण प्रक्रिया शुरु हुने बताउँदै भनेका छन्, ‘अमेरिकाका प्रत्येक बालबालिकाले स्पेसएक्सका दुई कित्ता सेयर पाउनेछन्।’ एउटा सेयर कम्पनीको तर्फबाट र अर्को मेरो व्यक्तिगत तर्फबाट दिइनेछ । स्पेसएक्सले दिने सेयर आगामी महिनामै हस्तान्तरण गरिनेछ । मेरो व्यक्तिगत तर्फबाट दिइने सेयर भने आगामी वर्षको जुन महिनामा सेयर बिक्रीमा रहेको प्रतिबन्ध अवधि समाप्त भएपछि हस्तान्तरण गरिनेछ । अमेरिकामा १८ वर्षमुनिका करिब ७ करोड २० लाख बालबालिका छन् । बुधबार स्पेसएक्सको एउटा सेयरको मूल्य १२७।४४ डलर कायम हुँदा मस्कको घोषणाको कुल मूल्य करिब १८ अर्ब ३५ करोड डलर पुग्ने देखिएको छ । यसअघि स्पेसएक्सले सन् २०२५ देखि २०२८ बीच जन्मिएका अमेरिकी बालबालिकाका लागि बनाइएको ‘ट्रम्प अकाउन्ट’ कार्यक्रममा सक्रिय खातामा कम्पनीको एक कित्ता सेयर दिने घोषणा गरेको थियो । मस्कले पनि कम्पनीले दिने बराबरकै सेयर व्यक्तिगत रूपमा थप्ने बताएका छन् । मस्कले सेयर वितरणलाई भविष्यको अर्थतन्त्रमा आम नागरिकको प्रत्यक्ष हिस्सेदारी बनाउने माध्यमका रूपमा व्याख्या गरेका छन् । यसअघि एआई कम्पनी एन्थ्रोपिकले पनि आफ्नो सेयरको पाँच प्रतिशत सार्वजनिक हितका लागि छुट्याउने घोषणा गरेको थियो । The post एलन मस्कले अमेरिकाका बालबालिकालाई स्पेसएक्सको दुई कित्ता सेयर दिने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
एलन मस्कले अमेरिकाका बालबालिकालाई स्पेसएक्सको दुई कित्ता सेयर दिने

Read Complete Original Article
Published originally on कर्पोरट खबर






