Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

एमाले वडा र पालिका अधिवेशन सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमाले वडा र पालिका अधिवेशन सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने
Photo / Coverage: अनलाइनपाना

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीका वडा र पालिका तहका अधिवेशन सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गरिने बताएका छन् । बिहीबार आयोजित राष्ट्रिय भेलापछिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले मङ्सिर २६ गते हुने वडा अधिवेशन र पुस ४ गते हुने पालिका अधिवेशन व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिइएको बताए । उनले अधिवेशनहरू सकेसम्म सर्वसम्मत ढङ्गले सम्पन्न गर्ने र सर्वसम्मत हुन नसकेको अवस्थामा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने बताए । उनले भने, ‘मङ्सिर २६ गते वडाको अधिवेशन र पुसको ४ गते पालिका तहको अधिवेशन गर्दैछौँ, यी अधिवेशनहरूलाई कसरी सम्पन्न गर्ने भन्ने सन्दर्भमा सबै केन्द्रीय सदस्यहरूलाई मातहत कमिटीहरूमा व्यवस्थित गरेर सकेसम्म सर्वसम्मत ढङ्गबाट सर्वसम्मत भएन भने लोकतान्त्रिक प्रक्रिया पूरा गरेर राष्ट्रिय भेलामा हाम्रो नेतृत्व गणले प्रस्तुत गरेका सबैका प्रतिवेदनहरूका आधारमा तोकेको मुख्य दुई कार्यभार र १५ काम प्रभावकारी ढङ्गले काम गर्ने भनेर आजको यो संक्षिप्त बैठक बस्यो।’ बस्नेतले एमाले लामो लोकतान्त्रिक अभ्यासबाट आएको पार्टी भएकाले आन्तरिक निर्वाचन र नेतृत्व चयनमा लोकतान्त्रिक प्रक्रियाबाट पछि नहट्ने स्पष्ट पारे । दसौँ र एघारौँ महाधिवेशनमा पनि पार्टीले लोकतान्त्रिक अभ्यास गरेको उल्लेख गर्दै उनले वडा र पालिका अधिवेशनमा पनि आवश्यकताअनुसार निर्वाचनमा जाने बताए । अधिवेशनमा प्रतिस्पर्धा हुँदा पार्टीभित्र विवाद बढ्ने र आगामी निर्वाचनमा असर पर्ने हो कि भन्ने आशङ्कालाई उनले अस्वीकार गरे । उनले भने, ‘हाम्रो निष्कर्ष के हो भने हाम्रो जुनसुकै तहका कमिटीमा पनि लोकतान्त्रिक अभ्यास हुने परिस्थिति आयो भने हामी ब्याक हुँदैनौँ। हामीले दसौँ महाधिवेशनमा पनि त्यो कुरालाई अभ्यास गर्यौँ, पार्टीको ११औँ महाधिवेशनमा पनि त्यो कुरालाई अभ्यास गर्यौँ र अहिले वडा र पालिका तहको अधिवेशनमा पनि सर्वसम्मत नहुने भएर लोकतान्त्रिक अभ्यासमा जानुपर्ने ठाउँमा हामी छौँ।’ निर्वाचनमा पराजित हुनेले परिणाम स्वीकार गर्ने र विजयी हुनेले आग्रह–पूर्वाग्रह नराखी समग्र पार्टीलाई नेतृत्व गर्ने एमालेको संस्कार रहेको उनको भनाइ छ । उनले भने, ‘जित्नेले जित्छ र हार्नेले हारलाई स्वीकार गर्छ अझै कार्यकर्ताको बिचमा जान बाँकी रहन्छ भन्ने कुरालाई उसले मनमा राखेर आफ्नो कार्यशैलीलाई सुधार गर्दै अझ प्रभावकारी र व्यवस्थित ढङ्गले अगाडि जान्छ भन्ने हिसाबले हारेको साथीले त्यसलाई स्वीकार गर्छ भने जितेको साथीले कुनै आग्रह, पूर्वाग्रह बिना समग्र कमिटी र समग्र पार्टीलाई नेतृत्व गरेर जान्छ।’ बस्नेतले वडा तथा पालिका अधिवेशनले आगामी स्थानीय तहको निर्वाचनलाई सहयोग पुग्ने दाबीसमेत गरे । अधिवेशनमा हुने प्रतिस्पर्धाले पार्टीलाई कमजोर नभई थप व्यवस्थित र बलियो बनाउने उनको भनाइ छ । उनले भने, ‘यो अधिवेशनहरूले आउँदो स्थानीय तहको चुनावलाई सपोर्ट गर्छ। यसले त्यसलाई बाधा हाल्दैन कि त्यसलाई सहयोग गर्छ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमिताभ बच्चनपछि सैफ अली खानलाई धम्की
Latest NewsJust now

अमिताभ बच्चनपछि सैफ अली खानलाई धम्की

बलिउड अभिनेता सैफ अली खानलाई ज्यान मार्ने धम्की आएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार बाबा सिद्दिकी हत्याकाण्डका वान्टेड अभियुक्त जिशान अख्तरको नामबाट खानलाई मार्ने धम्की आएको हो।  यो पछिल्ला केही हप्तामा फिल्म स्टारहरूलाई धम्की दिइएको पछिल्लो घटना हो। यसअघि अमिताभ बच्चन, आयुष्मान खुराना र तुषार कपुरलाई यस्तै धम्की दिइएको छ। मुम्बई प्रहरीले यस विषयम... ...

नेपालखबर
सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग
Latest NewsJust now

सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग

• सुरक्षण मुद्रण केन्द्रले बाढी प्रभावित नागरिकको राहतका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड पाँच लाख सहयोग गरेको छ। • केन्द्रले सवारी चालक अनुमतिपत्र र हुलाक टिकट छपाइ गर्दै आफ्नो क्षमता विस्तार गरेको र आगामी दिनमा अन्य उच्च सुरक्षणयुक्त कागजात पनि स्वदेशमै छपाइ गर्ने तयारीमा छ। • अर्थमन्त्री र सञ्चारमन्त्रीले केन्द्रको क्षमता विकासका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त ...

नेपालबहस
भुवनेश्वरी गणेश फल्चा पुनरुत्थान गरिने, आज शिलान्यास
Latest NewsJust now

भुवनेश्वरी गणेश फल्चा पुनरुत्थान गरिने, आज शिलान्यास

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले विकासका लागि समय समयमा गरेका पूर्वाधार निर्माणले नासिएका प्राचीन स्मारक, संरचना तथा कलाकृतिलाई पुनरुत्थानका लागि काम गरिरहेको बताउँदै काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगतले, यस्ता सम्पत्तिको पुनरुत्थानका लागि निकायगत कार्यालयबाट पर्याप्त सहयोग प्राप्त हुन नसकेको अनुभव सुनाए । आज वडा नं. ८ भुवनेश्वरी भकुंटोलमा रहेको ...

कर्पोरट खबर
वैदेशिक रोजगारको विवादमा युवक अपहरण, चार जना पक्राउ
Latest NewsJust now

वैदेशिक रोजगारको विवादमा युवक अपहरण, चार जना पक्राउ

घटनालाई अतिरञ्जित बनाउन गलत सूचना दिएको आरोपमा अन्य दुई जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरीले अपहरण र पक्राउको घटनाबारे बिहीबार सार्वजनिक गरेको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play