Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एमालेसँग एकताको सम्भावना छैन: प्रचण्ड

एमालेसँग एकताको सम्भावना छैन: प्रचण्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमालेसँग एकताको सम्भावना छैन: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले तत्काल एमालेसँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित जागरण अभियानको उद्घाटन कार्यक्रममा प्रचण्डले इतिहास र पृष्ठभूमि समीक्षा गर्न आवश्यक रहेको उल्लेख गर्दै तत्काल एकताको सम्भावना नरहेको बताएका हुन् । उनले नेकपा एमाले भ्रष्टाचारको संरक्षण गर्ने र आफ्नो पार्टी भ्रष्टाचारविरुद्धको लडाइँ लड्ने पार्टी भएकाले तत्काल एकताको सम्भावना नभएको बताएका छन् । उनले भने- ‘हामीले सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध सकेसम्म राम्रो गर्न खोज्यौँ । भएका कमी–कमजोरी पनि हामीले स्वीकारेका छौँ ।’ अरू पार्टीहरूले गल्ती स्वीकार्नै नसक्ने र आत्मसमीक्षा भन्ने कुरा उनीहरूको डायरीमा नभएको प्रचण्डको आरोप छ । प्रचण्डले जनताको तहमा पुगेर उनीहरूकै मुखबाट आलोचना सुन्न गाउँ–गाउँ र टोल–टोलमा जाने बताए । राष्ट्रिय स्वाधीनताको रक्षा, जनताको सुशासन र समृद्धिको आकांक्षा सम्बोधन तथा प्राप्त उपलब्धिको रक्षाका लागि यो अभियान महत्त्वपूर्ण हुने विश्वास प्रचण्डले व्यक्त गरे । अभियानअन्तर्गत सबै केन्द्रीय नेताहरू फिल्डमा जाने र जनताका कुरा सुनेर प्रतिवेदन तयार गर्ने प्रचण्डको भनाइ छ। संकलित सबै प्रतिवेदनहरूको समीक्षा गरेर पार्टीले आगामी योजना तय गर्ने उनले बताए । आजदेखि शुरु भएको नेकपाको यो राष्ट्रिय जागरण अभियान आगामी मङ्सिर २५ गते समापन हुनेछ। The post एमालेसँग एकताको सम्भावना छैन: प्रचण्ड appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

बालेन सरकार : रहस्य नै रहस्यमा छ महिना पार
ताजा खबरJust now

बालेन सरकार : रहस्य नै रहस्यमा छ महिना पार

प्रधानमन्त्री बालेन शाहले सरकारको नेतृत्व सम्हालेको लगभग सात महिना पुग्न लागेको छ। संविधानतः बहुमतप्राप्त सरकारको आयु पाँच बर्ष हुने भएपनि नेपालमा औसत सरकारहरुको आयु नै छ–सात महिना हुने गरेको सन्दर्भमा चाहिँ यो अवधि कम होइन। विहानीले दिउँसोको संकेत गर्नुपर्नेमा मध्यान्ह हुँदासमेत सरकारले आफूलाई कुनै पृथक रुपमा प्रस्तुत गर्न सकेन। यस अवधिमा अघिल्ला सरकारहरूभन्... ...

नेपालखबर
तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए
ताजा खबरJust now

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किएका थिए । ...

कान्तिपुर
तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए, दुई जना घाइते
ताजा खबरJust now

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए, दुई जना घाइते

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किएका थिए। ठक्करपछि अनियन्त्रित भएको स्कारपिओ डिभाइडर नाघेर विपरीत लेनमा पुगेको र पो... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play