Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

एमालेको राष्ट्रिय भेला सुरु, ३ हजार ४१४ प्रतिनिधि सहभागी

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमालेको राष्ट्रिय भेला सुरु, ३ हजार ४१४ प्रतिनिधि सहभागी
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर २। नेकपा (एमाले)को राष्ट्रिय भेला बुधबारदेखि काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सुरु भएको छ। पार्टीको आगामी राजनीतिक कार्यदिशा तय गर्ने तथा स्थानीय तहको निर्वाचनको तयारीलाई केन्द्रमा राखेर आयोजना गरिएको भेलामा देशभरबाट ३ हजार ४१४ जना प्रतिनिधि तथा नेताहरू सहभागी हुनुहुन्छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे अध्यक्षतामा सुरु भएकाे भेलामा पार्टीका केन्द्रीय पदाधिकार तथा सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष, जनसङ्गठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, सङ्घीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको सहभागिता रहेको छ। भेलामा अध्यक्ष ओलीले राष्ट्रिय राजनीतिक परिस्थिति, पार्टीको भावी कार्यदिशा र आगामी दिनमा गर्नुपर्ने कामसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ। त्यसैगरी, वरिष्ठ नेता भण्डारीले मुलुकको समसामयिक परिस्थिति र पार्टीको कार्यभारबारे धारणा राख्नुहुनेछ। उपाध्यक्ष रामबहादुर थापाले कम्युनिष्ट आन्दोलन तथा संसदीय सङ्घर्ष, उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वको कार्यकालमा भएका विकास निर्माणका काम र महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण तथा सुदृढीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। एमाले सचिव भानुभक्त ढकालका अनुसार भेलामा गत असोज ५ देखि ८ गतेसम्म सम्पन्न केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरूको कार्यान्वयनमा एकरूपता कायम गर्ने तथा पार्टीले आगामी दिनमा गर्नुपर्ने १५ वटा कामका विषयमा छलफल गर्न भेला आयाेजना गरिएकाे हाे । दुई दिनसम्म सञ्चालन हुने भेलाले पार्टीको सङ्गठनात्मक अवस्था, समसामयिक राजनीतिक परिस्थिति र आगामी स्थानीय तहको निर्वाचनको तयारीका विषयमा छलफल गर्नेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
PoliticsJust now

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन् । उनले लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, ...

फरकधार
प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तीव्र, प्राथमिकतामा हवाई पहुँच र विकास आयोजना
PoliticsJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तीव्र, प्राथमिकतामा हवाई पहुँच र विकास आयोजना

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री साह यही मङ्सिर ६ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाँदैछन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भ्रमणका लागि विषयगत रूपमा आन्तरिक तयारी तीव्र पारिएको र विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने जानकारी दिए। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछिको यो उनको पहिलो छिमेकी मुलुकको औपचारिक भ्रमण हुनेछ। यसअघि ...

फरकधार
बाढीले थुपारेको ढुंगा–गिट्टीमा अर्बौंको सम्भावना, विपत्ति बन्न सक्छ आम्दानीको स्रोत
PoliticsJust now

बाढीले थुपारेको ढुंगा–गिट्टीमा अर्बौंको सम्भावना, विपत्ति बन्न सक्छ आम्दानीको स्रोत

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपहिरोले त्रिशूलीलगायत विभिन्न नदी तथा खोलामा थुपारेको ढुंगा, गिट्टी र बालुवा राज्यका लागि आम्दानीको स्रोत बन्न सक्ने देखिएको छ । बाढीले नदीको प्राकृतिक बहाव क्षेत्रमा ठूलो परिमाणमा लेदोसहित ढुंगा, गिट्टी र बालुवा थुपारेको छ । कतिपय स्थानमा नदीको सतह पुरिएर बहाव क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ । यस्तो अवस्थामा थुप्रिएको नदीजन्य पदार्थलाई प्राविधिक ...

फरकधार
पार्टीका कमजोरी यहीँ छाडेर जिम्मेवारीबोधका साथ फर्किनुपर्छ : पद्मा अर्याल
PoliticsJust now

पार्टीका कमजोरी यहीँ छाडेर जिम्मेवारीबोधका साथ फर्किनुपर्छ : पद्मा अर्याल

काठमाडौँ, मंसिर २ । नेकपा एमालेकी सचिव पद्मा अर्यालले पार्टीभित्रका कमजोरी पहिचान गरी तिनलाई सुधार गर्दै जनविश्वास पुनः आर्जन गर्नुपर्ने बताउनुभएको छ । आजदेखि सुरु भएको नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेलालाई स्वागत गर्दै सचिव अर्यालले असामान्य परिस्थितिमा आयोजना गरिएको यस भेलाले पार्टीसामु खडा भएका चुनौती पहिचान गर्नुका साथै पार्टी पङ्क्तिमा आत्मविश्वास र उत्साह भर्ने विश्वास व्यक्त गर्नुभयो । पार्टीलाई कसरी बलियो बनाउने ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play