Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । आज बिहान ११ बजेबाट बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु हुने भेलाको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । उपमहासचिव लेखराज भट्टका अनुसार एमालेले आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारीका लागि राष्ट्रिय भेला आयोजना गरिएको हो । मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गरेको छ । गत असोज ५ गतेदेखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरुको कार्यान्यवनमा एकरुपमता र पार्टीले गर्नुपर्ने १५ कामका बारेमा छलफल गरिने भट्टले जानकारी दिए । भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुने एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । भेलामा ३४१४ प्रतिनिधि सहभागी हुदैछन् । भेलालाई अध्यक्ष ओलीसहित वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । The post एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२५ वर्ष कैद सजाय तोकिएकी फरार महिला प्रतिवादी पक्राउ
Latest NewsJust now

२५ वर्ष कैद सजाय तोकिएकी फरार महिला प्रतिवादी पक्राउ

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, मङ्सिर २ गते । कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएकी एक फरार महिलालाई पश्चिम नवलपरासीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला... ...

गोरखापत्र
पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव
Latest NewsJust now

पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

अन्ताल्या । नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सन् २०२७ देखि सञ्चालन गर्न प्रस्ताव गरेको छ । त्यसको कार्यक्षेत्र र कार्यान्वयन विधि स्पष्ट पार्न कोप–३१ को निर्णय मस्यौदामा नेपालले तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्र र हिमनदीमा निर्भर समुदायले भोगिरहेका जोखिम सम्बोधन गर्ने उद्देश्यले कोप–३१ को अध्यक्षताको परामर्शमा तयार गरिएको निर्णय मस्यौदामा छुट्टै ...

केन्द्रबिन्दु
कम्बोडियामा एक हजार वर्ष पुरानो मन्दिरको पुनर्निर्माण सम्पन्न
Latest NewsJust now

कम्बोडियामा एक हजार वर्ष पुरानो मन्दिरको पुनर्निर्माण सम्पन्न

एजेन्सी । कम्बोडियाको प्रसिद्ध अङ्कोर पुरातात्विक क्षेत्रमा रहेको करिव एक हजार वर्ष पुरानो वेस्ट मेबोन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत अङ्कोर क्षेत्रमा रहेको उक्त मन्दिरको १४ वर्ष लामो पुनर्निर्माण परियोजना पूरा भएपछि उद्घाटन गरिएको हो । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको मन्दिरको संरक्षण र पुनस्र्थापनाका लागि लामो समयदेखि काम […] ...

मकालु खबर
ठूलो सङ्ख्यामा सङ्क्रमण देखिएसँगै २६ वर्षपछि अमेरिकाले गुमायो दादुरामुक्त हैसियत
Latest NewsJust now

ठूलो सङ्ख्यामा सङ्क्रमण देखिएसँगै २६ वर्षपछि अमेरिकाले गुमायो दादुरामुक्त हैसियत

Getty Images संयुक्त राज्य अमेरिकामा एमएमआर खोप लगाउने दर ९२.४ प्रतिशतमा झरेको छ संयुक्त राज्य अमेरिकाले तीन दशक यताको सर्वाधिक ठूलो दादुरा सङ्क्रमण सामना गरेपछि उसले औपचारिक रूपमा नै उक्त घातक रोग ...

बीबीसी नेपाली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play