Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

एमालेको राष्ट्रिय भेलामा ३ हजार ५१४ सहभागी हुँदै, स्थानीय निर्वाचनको तयारी मुख्य एजेण्डा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमालेको राष्ट्रिय भेलामा ३ हजार ५१४ सहभागी हुँदै, स्थानीय निर्वाचनको तयारी मुख्य एजेण्डा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने जनाएको छ । आगामी स्थानीय तह निर्वाचनको तयारी, पार्टीको वैचारिक स्पष्टता र संगठनात्मक एकता सुदृढ गर्ने उद्देश्यले एमालेले राष्ट्रिय भेला आयोजना गर्न लागेको हो । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख निरज आचार्यले भेलाको तयारी र उद्देश्यबारे जानकारी दिँदै केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने बताउनुभयो । उहाँका अनुसार पार्टीको इतिहासमै पहिलोपटक पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संघीय संसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधिलाई एउटै मञ्चमा सहभागी गराएर राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो । सहभागी संख्याका आधारमा यो महाधिवेशनपछिको ठूलो कार्यक्रम हुने उहाँले बताउनुभयो । भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे ललितपुरस्थित हाइटफिल्ड क्याटरिङ ब्याङ्क्वेटमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम छ । आचार्यका अनुसार भेलाको मुख्य उद्देश्य आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी गर्नु, पार्टीका निर्णय र राजनीतिक बुझाइमा एकरूपता कायम गर्नु तथा वैचारिक र संगठनात्मक एकतालाई थप मजबुत बनाउनु हो । मुलुकमा पछिल्लो समय देखिएको कुशासन, राजनीतिक अन्योल र निराशालाई चिर्दै जनतामाझ नयाँ आशा र ऊर्जा सञ्चार गर्ने लक्ष्य पनि भेलाले राखेको छ । भेलामा अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशाबारे सम्बोधन गर्नुहुनेछ । उहाँले केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामका विषयमा पनि राजनीतिक तथा वैचारिक मार्गनिर्देशन गर्नुहुने कार्यक्रम छ । त्यस्तै, पार्टीका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक विषय र पार्टीका कार्यभारबारे विशेष सम्बोधन गर्नुहुनेछ । भेलामा उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका महत्वपूर्ण काम तथा उपलब्धिहरूको समीक्षा प्रस्तुत गर्नुहुनेछ । महासचिव शंकर पोखरेलले पार्टी सुदृढीकरण, शुद्धीकरण तथा स्थानीय निर्वाचनसम्बन्धी कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिनुभयो । भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, प्रवासी नेपाली मञ्चका प्रतिनिधि र पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष सहभागी हुनेछन् । त्यसैगरी संघीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, पालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र जनसंगठनका प्रतिनिधिको पनि सहभागिता रहनेछ । राष्ट्रिय भेलामा सहभागी सबैबाट स्थानीय निर्वाचन केन्द्रित सुझाव लिखित रूपमा संकलन गरिने एमालेले जनाएको छ । प्राप्त सुझावका आधारमा आगामी निर्वाचनको रणनीति र पार्टीको संगठनात्मक तयारीलाई थप प्रभावकारी बनाउने एमालेको अपेक्षा छ । भेलाको व्यवस्थापनका लागि १९० जना स्वयंसेवक परिचालन गरिनेछ । सहभागीहरूको आवास व्यवस्था आफैँ गर्नुपर्ने भए पनि त्यसो गर्न नसक्नेहरूका लागि सम्बन्धित जिल्ला सम्पर्क कमिटीले समन्वय गर्नेछ । त्यस्तै, कार्यक्रमस्थलको मुख्य प्रवेशद्वारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिने र सवारीसाधनको पार्किङ व्यवस्था पार्टी केन्द्रीय कार्यालय च्यासलमा मिलाइएको आचार्यले बताउनुभयो । उद्घाटन समारोहमा सञ्चारकर्मीलाई समाचार संकलन, श्रव्यदृश्य सामग्री छायांकन तथा सम्प्रेषणका लागि सभाहलमा पहुँच दिइनेछ । बन्दसत्रका गतिविधिबारे भने पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले मिडिया सेन्टरमार्फत नियमित जानकारी उपलब्ध गराउने एमालेले जनाएको छ । स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको भेलालाई एमालेले पार्टीको संगठनात्मक अवस्था समीक्षा गर्ने, नेतृत्वदेखि स्थानीय तहसम्म राजनीतिक बुझाइमा एकरूपता कायम गर्ने र आगामी निर्वाचनको रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एक महिनामै १२ हजार ९६७ चालक कारबाहीमा
Latest NewsJust now

एक महिनामै १२ हजार ९६७ चालक कारबाहीमा

काठमाडौं।काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार ९६७ जना सवारीचालक गएको महिनामा कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यही कात्तिक १ गतेदेखि २९ गते सम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई हजार ८९२ जना र लागुपदार्थ ...

नेपालन्युज
१०५ देशका गभर्नरको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन सार्वजनिक, विश्व पौडेलले पाए बी–ग्रेड
Latest NewsJust now

१०५ देशका गभर्नरको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन सार्वजनिक, विश्व पौडेलले पाए बी–ग्रेड

काठमाडौं । अन्तर्राष्ट्रिय वित्तीय पत्रिका ‘ग्लोबल फाइनान्स’ले तयार गरेको विश्वभरका केन्द्रीय बैंकका गभर्नरहरूको वार्षिक कार्यसम्पादन मूल्यांकन प्रतिवेदनमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बी–ग्रेड प्राप्त गरेका छन् । १०५ वटा केन्द्रीय... ...

रातोपाटी
अमेरिका–इरान तनाव घटाउन पाकिस्तानको पहल
Latest NewsJust now

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानको पहल

इस्लामाबाद, कात्तिक ३० गते । पाकिस्तानले अमेरिका र इरानबीचको तनाव कम गर्न क्षेत्रीय मुलुकको समर्थनसहित कूटनीतिक प्रयास जारी राख्ने प्रतिबद्धता जनाएको छ । विदेशमन्त्री इशाक दारले सो... ...

गोरखापत्र
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलेलाको भेट
Latest NewsJust now

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलेलाको भेट

परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार भेटमा दुवै देशबीच रहिआएको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play