Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

एमालेका तीन केन्द्रीय कार्यक्रम, मंसिर ५ गते केन्द्रीय कमिटी बैठक

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमालेका तीन केन्द्रीय कार्यक्रम, मंसिर ५ गते केन्द्रीय कमिटी बैठक
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर २ देखि ५ गतेसम्म तीनवटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टीले मंसिर २ र ३ गते राष्ट्रिय भेला सकिए लगत्तै ४ गते स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला र ५ गते केन्द्रीय कमिटीको चौथो बैठक आयोजना गर्न लागेको हो। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार मंसिर २ र ३ गते काठमाडौंको कार्की ब्याङ्क्वेटमा राष्ट्रिय भेला हुनेछ। त्यसैगरी, मंसिर ४ गते बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना हुनेछ। भेलामा एमालेका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू सहभागी हुनेछन्। राष्ट्रिय भेला र स्थानीय तहका जनप्रतिनिधिहरूको भेलापछि मंसिर ५ गते पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम तय भएको आचार्यले जानकारी दिएका छन्। The post एमालेका तीन केन्द्रीय कार्यक्रम, मंसिर ५ गते केन्द्रीय कमिटी बैठक appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
Latest NewsJust now

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

काठमाडौँ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार कमलप्रसाद रिजाललाई रु २५ हजार राशिको मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान अर्पण गर्ने निर्णय गरेको छ । सो प्रतिष्ठान कार्य... ...

रातोपाटी
स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण
Latest NewsJust now

स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण

काठमाडौं । अन्तरिक्ष विज्ञान र एलन मस्कको अन्तरिक्ष अभियानको इतिहासमा स्पेसएक्सले एक ऐतिहासिक सफलता हासिल गरेको छ । लामो र चुनौतीपूर्ण अन्तरिक्ष यात्रापछि कम्पनीको स्टारसिप अन्तरिक्षयान प्रक्षेपण टावरमा जडित यान्त्रिक पाखुरा (चपस्टिक्स)को सहायताले सुरक्षित रूपमा समातिएको छ । यो सफलताले अन्तरिक्षयात्रीलाई चन्द्रमा र मंगल ग्रहसम्म पुर्‍याउने लक्ष्यतर्फ ठूलो प्राविधिक उपलब्धि हासिल भएको छ । यस परीक्षण उडानका मुख्य उपलब्धि र चुनौतीहरूमा ...

केन्द्रबिन्दु
राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने
Latest NewsJust now

राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार दिउँसो ४ बजे गौरीघाटमा छठको पूजा गर्न जाने कार्यक्रम तय भएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटस्थित छठ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play