Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

‘एप्लिकेसन’ नचल्दा विपद् क्षतिको सर्वेक्षण प्रभावित

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘एप्लिकेसन’ नचल्दा विपद् क्षतिको सर्वेक्षण प्रभावित
Photo / Coverage: नेपालन्युज

म्याग्दी। ‘एप्लिकेसन’ नचल्दा यस वर्षको मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणका लागि सर्वेक्षण गर्ने काम प्रभावित भएको छ। सरकारको ‘विपद् एसिसमेन्ट टुल्स’ (ब्याट) सञ्चालनमा नआएका कारण क्षतिग्रस्त निजी आवासको प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सर्वेक्षण अघि बढ्न नसकेको हो। बेनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति विष्णु पौडेलले प्रभावित क्षेत्रमा स्थलगत रूपमा पुगेर विवरण भर्न प्रयोग हुने एप्लिकेसन नचलेका कारण प्राविधिक परिचालन गर्न नसकिएको बताए। “विपद्बाट क्षति पुगेका संरचना भएकै ठाउँमा पुगेर जीपीएस डाटासहितका विवरण र तस्बिर अपलोड गर्न एप्लिकेसन आवश्यक पर्छ”, उनले भने, “एप्लिकेसन सञ्चालन हुनासाथ प्राविधिक जनशक्ति परिचालन गर्न तयार छौँ।” जिल्ला विपद् व्यवस्थापन समितिले गत कात्तिक १३ गते आगामी २०८४ जेठ १५ गतेसम्म निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यसहित १२ बुँदे कार्ययोजना तयार गरेको थियो। कार्ययोजनाअनुसार तिहारअघि नै सर्वेक्षण सुरु गर्नुपर्ने भए पनि एप्लिकेसन नचल्दा काम अघि बढ्न सकेको छैन। देशभरका सरकारी वेबसाइटसँगै विपद् व्यवस्थापनसम्बन्धी एप्लिकेसनमा पनि प्राविधिक समस्या देखिएको छ। बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव पोख्रेलले निजी आवासको क्षति मूल्याङ्कन र लाभग्राही पहिचानको प्रक्रिया अघि बढाउन एप्लिकेसन आवश्यक पर्ने बताए। सरकारले असोज २१ गते म्याग्दीका बेनी नगरपालिका तथा अन्नपूर्ण, रघुगङ्गा, मालिका, मङ्गला र धवलागिरि गाउँपालिकालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो। म्याग्दीका विपद् प्रभावितले निजी आवास पुनर्निर्माणका लागि पाँच लाख रुपैयाँ अनुदान पाउने कार्यविधि छ। यस वर्ष मनसुनजन्य विपद्बाट म्याग्दीमा १० जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। जिल्लाभर २४३ घर पूर्ण र १८४ घरमा आंशिक क्षति पुगेको विवरण प्रहरीले सङ्कलन गरेको छ। बाढी, पहिरो र कटानका कारण ३६२ घर जोखिममा परेका छन्। त्यस्तै, ३४ गोठ पूर्ण र ४६ वटामा आंशिक क्षति पुगेको छ। विपद् प्रभावित क्षेत्रका १३ वटा विद्यालयमा पनि आंशिक क्षति भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश गैरेले एप्लिकेसनमा देखिएको समस्या समाधानका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई जानकारी गराइएको बताए। विपद् व्यवस्थापनका लागि देशभर देखिएको साझा समस्या समाधान गर्न सरकारले गरिरहेका प्रयासबाट छिट्टै परिणाम आउने उनले विश्वास व्यक्त गरे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा उपाध्यक्ष पौडेलद्वारा पार्टीले गरेका महत्त्वपूर्ण कार्यहरूको सूची पेस (पूर्णपाठ)
Latest NewsJust now

एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा उपाध्यक्ष पौडेलद्वारा पार्टीले गरेका महत्त्वपूर्ण कार्यहरूको सूची पेस (पूर्णपाठ)

काठमाडौँ । नेकपा (एमाले) को राजधानीमा सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीका उपाध्यक्ष विष्णु पौडेलले विगतमा एमाले नेतृत्वको सरकारले देश र जनताको पक्षमा गरेका महत्त्वपूर्ण कार्यहरूको फेहरिस्त पेस गरेका छन्। ‘नेकपा... ...

रातोपाटी
वैदेशिक रोजगारीको नाममा १ लाख ५० हजार महिलाहरू बेचबिखन र हिंसाको शिकार
Latest NewsJust now

वैदेशिक रोजगारीको नाममा १ लाख ५० हजार महिलाहरू बेचबिखन र हिंसाको शिकार

काठमाडाैँ । विज्ञहरूले वैदेशिक रोजगारीको नाममा महिलाहरु मानव बेचबिखन तथा विभिन्न प्रकारका हिंसाको सिकार भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न नीतिगत सुधारको आवश्यकता औँल्याएका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथिको छलफलमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । पछिल्लो समय मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको उल्लेख गर्दै उनीहरूले ...

टक्सार
के फेरि सहकार्य गर्दैछन् सन्तोष र प्रदीप ?
Latest NewsJust now

के फेरि सहकार्य गर्दैछन् सन्तोष र प्रदीप ?

काठमाडौँ । अभिनेता प्रदीप खड्का निर्देशक तथा निर्माता सन्तोष सेनको फिल्म ‘प्रेम गीत’बाट दर्शकमा चिनिएका हुन् । यो फिल्मले उनलाई फिल्म क्षेत्रमा चिनाएन मात्र स्थापित नै गरायो । त्यसपछि खड्का... ...

रातोपाटी
एआई र डिजिटल अर्थतन्त्रमा अन्तर्राष्ट्रिय सहकार्य बढाउन सीको आग्रह
Latest NewsJust now

एआई र डिजिटल अर्थतन्त्रमा अन्तर्राष्ट्रिय सहकार्य बढाउन सीको आग्रह

• चिनियाँ राष्ट्रपति सी जिनपिङले एआई, डिजिटल अर्थतन्त्र र स्वतन्त्र व्यापारमा अन्तर्राष्ट्रिय सहकार्यको विस्तारको आह्वान गरेका छन्। • उनले व्यापार र लगानीका अवरोध हटाउनुपर्नेमा जोड दिँदै चीनले विदेशी लगानीका लागि बजार पहुँच विस्तार गर्ने बताए। • अमेरिका र चीनबीच व्यापार तनाव बढिरहेको समयमा सीको यो आग्रह आएको हो, जबकि एनभिडियाको आम्दानी र जासुसी विवादले पनि ध्यान खिचेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play