Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

एप्पलले सन् २०२७ को फेब्रुअरी वा मार्चमा नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
एप्पलले सन् २०२७ को फेब्रुअरी वा मार्चमा नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी
Photo / Coverage: टेक्नोलोजी खबर

एप्पलले सन् २०२७ को फेब्रुअरी वा मार्चमा विभिन्न नयाँ डिभाइस सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले आइफोन १८ई र आइफोन १८ मोडेल, नयाँ आईप्याड र परिमार्जित म्याकबुक नियो र म्याकबुक एअर सार्वजनिक गर्ने अनुमान गरिएको हो। म्याक गुरम्यानले आफ्नो पावर अन न्यूजलेटरमार्फत यस्तो जानकारी दिएका हुन्। उनले सन् २०२७ को पहिलो ६ महिना भित्रमा एप्पलले सार्वजनिक गर्न सक्ने अन्य उत्पादनबारे समेत जानकारि दिएका छन्। गुरम्यानका अनुसार दोस्रो चरणको सार्वजनिक कार्यक्रममा आईफोन एअर २, नयाँ आईप्याड एअर र आईप्याड प्रो मोडल पनि सार्वजनिक हुन सक्नेछन्। यी डिभाइस मार्चको अन्त्य वा अप्रिल महिनामा सार्वजनिक हुने सम्भावना रहेको छ। हालसम्म सार्वजनिक भएका विवरण अनुसार एप्पलका आगामी डिभाइसमा निम्न विशेषता रहने अनुमान गरिएको छ। आईफोन १८ईः ए२० चीप, ९ जीबी र्याम र लामो समय टिक्ने ब्याट्रि रहने छ। आईफोन १८ः ए२० चीप, ९ जीबी र्याम र ब्याट्रि क्षमता सुधार नयाँ आईप्याडः एप्पल इन्टेलिजेन्स सपोर्ट गर्ने ए१९ चिप, वाईफाई ७ एन१ चिप र कम इनर्जी खपत गर्ने सी१एक्स मोडेम म्याकबुक नियोः ए१९ प्रो चिप, १२ जीबी र्याम र नयाँ कलर अप्सन म्याकबुक एअरः नयाँ पुस्ताको एम६ चीप आईफोन एअर २ मा ए२० प्रो चीप, अल्ट्रा वाइड क्यामेरा, सानो डाइनामिक आइल्यान्ड र लामो समय टिक्ने ब्याट्रि रहने अनुमान गरिएको छ। यस मोडलमा एप्पलको नयाँ सी२ मोडेमले अमेरिकामा एमएमवेभ प्रविधिलाई सपोर्ट गर्नुका साथै हालको सी१एक्स मोडेमको तुलनामा उच्च डाटा अपलोड गरि प्रदान गर्ने अनुमान गरिएको छ। नयाँ आईप्याड एअरमा एम५ चीप ओएलईडी डिस्प्ले र पातलो तथा हलुका डिजाइन रहने बताईएको छ। यसमा आईप्याड मिनीमा पहिलोपटक प्रयोग गरिएको अकृस्टिक डिस्प्ले प्रविधि समावेश हुन सक्नेछ। आईप्याड प्रोमा एम६ वा एम७ चीप प्रयोग गर्ने भन्ने बारे एप्पलले विचार गरिरहेको बताइएको छ। धेरै काम भएको बेलामा डिभाइसको तापक्रम नियन्त्रण गर्न भेपर च्याम्बर कुलिङ सिस्टम समेत समावेश गर्न सक्ने सम्भावना छ। टेलिग्राफका अनुसार यी सबै विवरण एप्पलका आगामी योजनाबारे सार्वजनिक भएका समाचार र अनुमानमा आधारित छन्। कम्पनीले हालसम्म यी डिभाइसको सार्वजनिक मिति आधिकारिक रुपमा पुष्टि गरेको छैन्। The post एप्पलले सन् २०२७ को फेब्रुअरी वा मार्चमा नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालमा सेल ब्रोडकास्ट प्रणाली (CBS) को प्रारम्भिक परीक्षण सम्पन्न, बाढीपहिरोको अग्रिम सूचना मोबाइलमै आउने
TechnologyJust now

नेपालमा सेल ब्रोडकास्ट प्रणाली (CBS) को प्रारम्भिक परीक्षण सम्पन्न, बाढीपहिरोको अग्रिम सूचना मोबाइलमै आउने

८ मंसिर, काठमाडौं। नेपालमा सेल ब्रोडकास्ट प्रणाली (CBS) को प्रारम्भिक परीक्षण सफल नेपालमा सेल ब्रोडकास्ट प्रणाली (CBS) को प्रारम्भिक प्राविधिक परीक्षण मंसिर ७ गते सफलतापूर्वक सम्पन्न भएको छ। सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको समन्वयमा नेपाल टेलिकमले गरेको यो परीक्षणले बाढीपहिरो लगायतका प्राकृतिक विपद्को समयमा उच्च जोखिम क्षेत्रका नागरिकको मोबाइलमा एकैपटक समयमै […] The post नेपालमा सेल ...

आइसिटी फ्रेम
यस्तो छ एआई विकासको गति सीमित गर्ने उपायबारे ओपनएआईका प्रमुख वैज्ञानिकको प्रस्ताव
TechnologyJust now

यस्तो छ एआई विकासको गति सीमित गर्ने उपायबारे ओपनएआईका प्रमुख वैज्ञानिकको प्रस्ताव

ओपनएआईका प्रमुख वैज्ञानिक याकुब पाचोस्कीले कृत्रिम बुद्धिमताको विकासलाई कसरी सीमित गर्न सकिन्छ भन्ने विषयमा नयाँ ब्लग लेखमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले यसका लागि ‘पर्प्लेक्सिटी’ नामक मापन विधिमा जोड दिएका छन्। कृत्रिम बुद्धिमताको विकासको गति कम गर्ने विषय पछिल्लो समय चर्चामा छ। ओपनएआई र एन्थ्रोपिकमा काम गरिसकेका एक पूर्व अनुसन्धानकर्ताले यी कम्पनीले ‘हाम्रो जीवनसँग जुवा खेलिरहेको’ आरोप लगाएपछि यो विषय ...

टेक्नोलोजी खबर
एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन१६० प्रदान
TechnologyJust now

एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन१६० प्रदान

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को समापनसँगै बजाज पल्सरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई पल्सर एन१६० मोटरसाइकल प्रदान गरेको छ। एनपीएल सिजन ३ को सह–प्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारी साधन साझेदार बजाज पल्सरले सर्वाधिक विकेट लिने रिजन ढकाल, सर्वाधिक रन बनाउने लोकेश बम र इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट राहुल यादवलाई मोटरसाइकल प्रदान गरी सम्मान गरेको हो। प्रतियोगिताभर खेलाडीको प्रदर्शनलाई ...

टेक्नोलोजी खबर
स्पेसएक्सपछि एन्थ्रोपिकको आईपीओ प्रक्रियामा पनि विवाद, लगानी बैंकका अधिकारी असन्तुष्ट
TechnologyJust now

स्पेसएक्सपछि एन्थ्रोपिकको आईपीओ प्रक्रियामा पनि विवाद, लगानी बैंकका अधिकारी असन्तुष्ट

यस वर्ष दोस्रो पटक वालस्ट्रिटका बैंक तथा कानुनी परामर्शदाताहरूले कीर्तिमानी प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाट ठूलो रकम पारिश्रमिकका रूपमा पाएका छन्। तर, यस वर्ष दोस्रो पटक नै उनीहरूमध्ये केहीले आईपीओ प्रक्रिया जटिल र आफूहरूले यसअघि काम गरेका प्रक्रियाभन्दा फरक भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। रोयटर्सका अनुसार जुन महिनामा भएको स्पेसएक्सको आईपीओमा बैंकहरूले ५० करोड डलर कमिसन पाएका थिए। तर, महिनौँसम्म ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement