Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

यस्तो छ एआई विकासको गति सीमित गर्ने उपायबारे ओपनएआईका प्रमुख वैज्ञानिकको प्रस्ताव

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ एआई विकासको गति सीमित गर्ने उपायबारे ओपनएआईका प्रमुख वैज्ञानिकको प्रस्ताव
Photo / Coverage: टेक्नोलोजी खबर

ओपनएआईका प्रमुख वैज्ञानिक याकुब पाचोस्कीले कृत्रिम बुद्धिमताको विकासलाई कसरी सीमित गर्न सकिन्छ भन्ने विषयमा नयाँ ब्लग लेखमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले यसका लागि ‘पर्प्लेक्सिटी’ नामक मापन विधिमा जोड दिएका छन्। कृत्रिम बुद्धिमताको विकासको गति कम गर्ने विषय पछिल्लो समय चर्चामा छ। ओपनएआई र एन्थ्रोपिकमा काम गरिसकेका एक पूर्व अनुसन्धानकर्ताले यी कम्पनीले ‘हाम्रो जीवनसँग जुवा खेलिरहेको’ आरोप लगाएपछि यो विषय थप चर्चामा आएको थियो। एन्थ्रोपिकले सार्वजनिक गरेको आईपीओसम्बन्धी विवरणपत्रमा समेत यो प्रविधिले समाजका लागि ‘विनाशकारी वा अस्तित्व नै संकटमा पार्ने जोखिम’ निम्त्याउन सक्ने उल्लेख गरेको थियो। त्यसपछि एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले कृत्रिम बुद्धिमताको विकासलाई नियन्त्रणमा राख्दै अगाडि बढाउने योजना सार्वजनिक गरेका थिए। ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले पनि त्यसलाई समर्थन गरेको देखिएको थियो। अमोडेईले अन्य विषयसँगै कम्पनीहरूबीच ‘साझा सुरक्षा मापदण्ड’ र ‘नियन्त्रणबाहिरको कृत्रिम बुद्धिमता विकासको गति सीमित गर्ने’ सहमति हुनुपर्ने प्रस्ताव गरेका थिए। तर कृत्रिम बुद्धिमताको विकासको गति सीमित गर्न त्यसको गति मापन गर्ने साझा आधार आवश्यक हुन्छ। अल्टम्यानले पाचोस्कीको ब्लग लेखलाई ‘केही समययता ओपनएआईले प्रकाशित गरेको सबैभन्दा महत्त्वपूर्ण सामग्री’ भनेका छन्। उक्त लेखमा पर्प्लेक्सिटीलाई कृत्रिम बुद्धिमताको विकास मापन गर्ने आधार बनाउन सकिने प्रस्ताव गरिएको छ। यहाँ पर्प्लेक्सिटी भन्नाले यही नामको कम्पनीलाई नभई कृत्रिम बुद्धिमता मोडलको कार्यक्षमता मापन गर्ने विधिलाई जनाइएको हो। पाचोस्कीका अनुसार कृत्रिम बुद्धिमताको पछिल्लो क्षमतामा आधारित परीक्षणहरू प्रविधिको विकाससँगै छिट्टै पुराना हुँदै गएका छन्। तर पर्प्लेक्सिटी भने अझै पनि उपयोगी मापन विधि रहेको उनको भनाइ छ। यसले कुनै मोडलले औसतमा अर्को टोकन (शब्द वा शब्दको अंश) कति राम्रोसँग अनुमान गर्न सक्छ भन्ने मापन गर्छ। पर्प्लेक्सिटी कम हुनु भनेको अनुमान गर्ने क्षमता राम्रो हुनु हो। पाचोस्कीको लेखमा जीपीटी–३.५ देखि ओपनएआईका पछिल्ला मोडलहरूको पर्प्लेक्सिटी कसरी घट्दै गएको छ भन्ने देखाउने चित्र पनि समावेश छ। ‘करिब ०.९१ पर्प्लेक्सिटी रहेको जीपीटी–४ ले चेन अफ थट (विचारको क्रमबद्ध प्रक्रिया) प्रयोग गरेर प्रभावकारी रूपमा तर्क गर्न सक्थ्यो। यसले यो क्षमतालाई लक्षित रूपमा विकास गर्ने र आधुनिक तर्क गर्ने मोडलहरू निर्माण गर्ने बाटो खोल्यो,’ उनले लेखेका छन्। ‘अहिले पर्प्लेक्सिटी ०.८ भन्दा तल झरेपछि साइबर सुरक्षा र गणितजस्ता क्षेत्रमा रूपान्तरणकारी क्षमताहरू देखिन थालेका छन्।’ उनका अनुसार पर्प्लेक्सिटीलाई ‘सामान्य बुद्धिमताको साझा मापदण्ड’ बनाउन सकिन्छ। त्यसपछि कृत्रिम बुद्धिमता कम्पनीहरूले यही मापनका आधारमा विकासको साझा सीमा निर्धारण गर्न सक्नेछन्। पर्प्लेक्सिटीलाई कृत्रिम बुद्धिमताको प्रगति मापन गर्ने साझा आधार बनाएर कम्पनीहरूले निश्चित सीमाभन्दा अगाडि विकास नगर्ने प्रतिबद्धता जनाउन सक्ने उनको प्रस्ताव छ। तर त्यसका लागि पहिले कृत्रिम बुद्धिमताको व्यवहार बुझ्ने र निगरानी गर्ने क्षमता निश्चित ठोस स्तरमा पुग्नुपर्नेछ। The post यस्तो छ एआई विकासको गति सीमित गर्ने उपायबारे ओपनएआईका प्रमुख वैज्ञानिकको प्रस्ताव appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालमा सेल ब्रोडकास्ट प्रणाली (CBS) को प्रारम्भिक परीक्षण सम्पन्न, बाढीपहिरोको अग्रिम सूचना मोबाइलमै आउने
TechnologyJust now

नेपालमा सेल ब्रोडकास्ट प्रणाली (CBS) को प्रारम्भिक परीक्षण सम्पन्न, बाढीपहिरोको अग्रिम सूचना मोबाइलमै आउने

८ मंसिर, काठमाडौं। नेपालमा सेल ब्रोडकास्ट प्रणाली (CBS) को प्रारम्भिक परीक्षण सफल नेपालमा सेल ब्रोडकास्ट प्रणाली (CBS) को प्रारम्भिक प्राविधिक परीक्षण मंसिर ७ गते सफलतापूर्वक सम्पन्न भएको छ। सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको समन्वयमा नेपाल टेलिकमले गरेको यो परीक्षणले बाढीपहिरो लगायतका प्राकृतिक विपद्को समयमा उच्च जोखिम क्षेत्रका नागरिकको मोबाइलमा एकैपटक समयमै […] The post नेपालमा सेल ...

आइसिटी फ्रेम
एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन१६० प्रदान
TechnologyJust now

एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन१६० प्रदान

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को समापनसँगै बजाज पल्सरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई पल्सर एन१६० मोटरसाइकल प्रदान गरेको छ। एनपीएल सिजन ३ को सह–प्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारी साधन साझेदार बजाज पल्सरले सर्वाधिक विकेट लिने रिजन ढकाल, सर्वाधिक रन बनाउने लोकेश बम र इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट राहुल यादवलाई मोटरसाइकल प्रदान गरी सम्मान गरेको हो। प्रतियोगिताभर खेलाडीको प्रदर्शनलाई ...

टेक्नोलोजी खबर
एप्पलले सन् २०२७ को फेब्रुअरी वा मार्चमा नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी
TechnologyJust now

एप्पलले सन् २०२७ को फेब्रुअरी वा मार्चमा नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी

एप्पलले सन् २०२७ को फेब्रुअरी वा मार्चमा विभिन्न नयाँ डिभाइस सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले आइफोन १८ई र आइफोन १८ मोडेल, नयाँ आईप्याड र परिमार्जित म्याकबुक नियो र म्याकबुक एअर सार्वजनिक गर्ने अनुमान गरिएको हो। म्याक गुरम्यानले आफ्नो पावर अन न्यूजलेटरमार्फत यस्तो जानकारी दिएका हुन्। उनले सन् २०२७ को पहिलो ६ महिना भित्रमा एप्पलले सार्वजनिक गर्न सक्ने अन्य उत्पादनबारे समेत ...

टेक्नोलोजी खबर
स्पेसएक्सपछि एन्थ्रोपिकको आईपीओ प्रक्रियामा पनि विवाद, लगानी बैंकका अधिकारी असन्तुष्ट
TechnologyJust now

स्पेसएक्सपछि एन्थ्रोपिकको आईपीओ प्रक्रियामा पनि विवाद, लगानी बैंकका अधिकारी असन्तुष्ट

यस वर्ष दोस्रो पटक वालस्ट्रिटका बैंक तथा कानुनी परामर्शदाताहरूले कीर्तिमानी प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाट ठूलो रकम पारिश्रमिकका रूपमा पाएका छन्। तर, यस वर्ष दोस्रो पटक नै उनीहरूमध्ये केहीले आईपीओ प्रक्रिया जटिल र आफूहरूले यसअघि काम गरेका प्रक्रियाभन्दा फरक भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। रोयटर्सका अनुसार जुन महिनामा भएको स्पेसएक्सको आईपीओमा बैंकहरूले ५० करोड डलर कमिसन पाएका थिए। तर, महिनौँसम्म ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement