एप्पलको ‘आइफोन डुओ’ को भित्री स्क्रिनमा समस्या, नि:शुल्क साटीदिने घोषणा

काठमाडौँ । एप्पलको पहिलो पट्याउन फोल्ड मोबाइल ‘आइफोन डुओ’ को भित्री स्क्रिनमा समस्या देखिएको छ । फोनको बीचमा पट्याउने भागमा स्क्रिन फुट्ने र चर्किने गुनासो आएपछि कम्पनीले पनि केही फोनमा समस्या देखिएको स्वीकार गरेको छ । करिब ३ लाखदेखि साढे ४ लाख रुपैयाँसम्म पर्ने यो मोबाइल प्रयोग गरेको केही समयमै पर्दा बिग्रिएको प्रयोगकर्ताले बताएका छन् । प्रयोगकर्ताका अनुसार फोन पहिलोपटक खोलेर प्रयोग गरेको केही समयमै भित्री स्क्रिन आफैँ बिग्रिने समस्या देखिएको छ । विशेषगरी फोन बीचबाट पट्याउने भागमा यस्तो समस्या बढी देखिएको बताइएको छ । एप्पलले केही सीमित फोनमा भित्री स्क्रिनसम्बन्धी समस्या आएको जानकारी दिएको छ । कम्पनीले समस्या देखिएका फोन साटेर नयाँ फोन उपलब्ध गराउने जनाएको छ । आफ्नो आइफोन डुओको स्क्रिनमा समस्या देखिएमा ग्राहकलाई तत्काल एप्पलकेयरमा सम्पर्क गरी फोन साट्न आग्रह गरिएको छ । कम्पनीले सेप्टेम्बर ९ मा आफ्नो पहिलो पहिलो फोल्ड गर्न मिल्ने मोबाइल सार्वजनिक गरेको थियो । आइफोन डुओमा बाहिर ५.४ इन्चको पर्दा र भित्र ७.६ इन्चको मुख्य स्क्रिन रहेको बताइएको छ । यो एप्पलले उत्पादन गरेको अहिलेसम्मकै ठूलो स्क्रिन भएको आइफोन हो । यसको सुरुआती मूल्य १ हजार ९९९ अमेरिकी डलर र सबैभन्दा महँगो संस्करणको मूल्य ३ हजार १९९ अमेरिकी डलर रहेको छ । The post एप्पलको ‘आइफोन डुओ’ को भित्री स्क्रिनमा समस्या, नि:शुल्क साटीदिने घोषणा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

एनपीएल-३ : रसेलको आक्रामक ब्याटिङका बाबजुद विराटनगर ८ रनले पराजित
पहिले १५७ रन बनाएको चितवनका लागि कमलसिंह ऐरीले चार र रिजन ढकालले दुई विकेट लिएपछि विराटनगर १४९ रनमै रोकियो। ...

स्वर्णिम वाग्लेको अभिव्यक्ति र नेपालको राष्ट्रवाद
सन् १७७४ डिसेम्बरमा आफ्नो मृत्युभन्दा केही समयअघि आधुनिक नेपालको जग बसाल्ने पृथ्वीनारायण शाहले नुवाकोटमा आफ्ना परिवारका सदस्य र सल्लाहकारहरूलाई भेला गरेका थिए । त्यही बेला उनले आफ्नो राज्य दुई ढुङ्गाबीचको तरुलजस्तै रहेको प्रसिद्ध उपमा दिएका थिए । दुई शताब्दीभन्दा बढी समय बितिसक्दा पनि नेपालको भूगोलसम्बन्धी बुझाइमा यो उपमा उत्तिकै प्रतिबिम्बित हुँदै आएको छ । वर्षौँदेखि […] ...
-341b92aa-34dd-4ab5-ab7b-ad0a95c42d59.jpeg&w=1200&q=75)
कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरू
• काठमाडौँको हाँडीगाउँमा चोक्काथुनारायणको जात्रा दशैंको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि तीन दिनसम्म मनाइन्छ। • यस जात्रामा ब्रह्मा, विष्णु र महेश्वरका प्रतीक रहेका तीनवटा खट निकालेर विभिन्न टोल परिक्रमा गराइन्छ, जुन अनौठो बनावट र परिक्रमा गर्ने शैलीका लागि प्रसिद्ध छ। • खट सजाउन मैनबाट बनाइएका फूल प्रयोग गरिन्छ र स्थानीय बासिन्दा तथा भक्तजनहरूको उत्साहजनक सहभागिता रहन्छ। ...

विराटनगरलाई हराउँदै चितवनको विजयी सुरुवात
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत मंगलबार भएको खेलमा चितवन राइनोज विजयी भएको छ । संस्करणको दोस्रो खेल अन्तर्गत मंगलबार चितवन राइनोज र विराटनगर किङ्सबिच प्रतिपष्र्धा भएको थियो । टस जितेर पहिले फिल्डिङ गरेको चितवन राइनोजले विराटनगरलाई १५८ को टार्गेट दिएको थियो । तर १९ ओभर ३ बलको क्षतिमा विराटनगर अल […] ...


