Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

एप्पलका सीईओ भन्छन्– ‘एआईकै लागि एआई उत्पादन सार्वजनिक गर्न चाहँदैनौँ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
एप्पलका सीईओ भन्छन्– ‘एआईकै लागि एआई उत्पादन सार्वजनिक गर्न चाहँदैनौँ’
Photo / Coverage: टेक्नोलोजी खबर

एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जोन टर्नसले वायर्डका स्टिभन लेभीसँग हालै भएको अन्तर्वार्तामा कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा कम्पनीको वर्तमान अवस्थाको बचाउ गरेका छन्। पछिल्ला दुई वर्षमा एप्पल एआईको विकासमा अन्य कम्पनीभन्दा पछाडि रहेको भन्दै आलोचना हुँदै आएको छ। विशेषगरी, कम्पनीले अझ सक्षम सिरि सार्वजनिक गर्न ढिलाइ गरेको थियो। अन्ततः यसै गर्मीयाममा एप्पलले सिरिको नयाँ संस्करण सार्वजनिक गरेको थियो। रोयटर्सका अनुसार सेप्टेम्बरको सुरुवातमा औपचारिक रूपमा सीईओ बनेका टर्नसले यस विषयमा सबैको आआफ्नै धारणा रहेको स्वीकार गरे। तर उनले भने, “हामी अहिले जुन अवस्थामा छौँ, त्यसप्रति म साँच्चै सन्तुष्ट छु।” टर्नसले एप्पलले आफ्ना नयाँ उत्पादनमा एआईको प्रयोग गर्ने स्पष्ट पार्दै भने, “हामी एआईकै लागि एआई उत्पादन सार्वजनिक गर्न चाहँदैनौँ। हामीले सही तरिकाले काम गर्दा मानिसहरूले कुनै काम एआईले गरेको हो वा परम्परागत सफ्टवेयरले गरेको हो भन्ने सोच्नुपर्ने छैन। महत्त्वपूर्ण कुरा भनेको हामीले मानिसहरूले साँच्चै मन पराउने उत्पादन बनायौँ कि बनाएनौँ भन्ने हो।” अन्तर्वार्ताका क्रममा लेभीले एआईले एप्पल र यसको इकोसिस्टममा अझ ठूलो परिवर्तन ल्याउन सक्ने सम्भावनाबारे पनि प्रश्न गरेका थिए। विशेषगरी, एआई एजेन्टका कारण एपहरू नै अनावश्यक हुन सक्ने अवस्थाबारे सोध्दा टर्नसले जवाफ दिए, “त्यसले जीवन निकै सहज बनाउन सक्छ भन्ने मलाई लाग्छ। तर उत्पादन सिर्जना गर्नु गहिरो मानवीय र व्यक्तिगत काम हो, जुन हामीलाई गर्न मन पर्छ।” The post एप्पलका सीईओ भन्छन्– ‘एआईकै लागि एआई उत्पादन सार्वजनिक गर्न चाहँदैनौँ’ appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ओपनएआईले नयाँ लगानी चरणको लक्ष्य घटाएको रिपोर्ट
TechnologyJust now

ओपनएआईले नयाँ लगानी चरणको लक्ष्य घटाएको रिपोर्ट

विभिन्न सञ्चारमाध्यमका समाचारअनुसार ओपनएआईको पछिल्लो लगानी संकलन चरण अपेक्षाअनुसार अघि बढिरहेको छैन। यसअघि ओपनएआईले प्रारम्भिक सार्वजनिक सेयर निष्कासन (आईपीओ) को तयारी गर्दै १.४ ट्रिलियन डलर मूल्याङ्कनमा ३० अर्ब डलर लगानी जुटाउन लागेको समाचार सार्वजनिक भएको थियो। त्यसपछि कम्पनीको मूल्याङ्कन १.२५ ट्रिलियन डलर हुने गरी ३० अर्ब डलर जुटाउने तयारी भइरहेको खबर आएको थियो। तर द फाइनान्सियल टाइम्स ले शुक्रबार प्रकाशित गरेको समाचारअनुसार ...

टेक्नोलोजी खबर
गुगलको डाटा सेन्टर निर्माणका लागि वन क्षेत्र सफा गरेको विषयमा फिनल्यान्डमा अनुसन्धान सुरु
TechnologyJust now

गुगलको डाटा सेन्टर निर्माणका लागि वन क्षेत्र सफा गरेको विषयमा फिनल्यान्डमा अनुसन्धान सुरु

फिनल्यान्डको उत्तरी क्षेत्रमा निर्माण गर्न लागिएको गुगलको डाटा सेन्टरका लागि वन क्षेत्र सफा गर्ने क्रममा वातावरणसम्बन्धी कानुन उल्लङ्घन भएको आशंकामा प्रहरीले बिहीबार आपराधिक अनुसन्धान सुरु गरेको जनाएको छ। यो परियोजना गुगलको मातृ कम्पनी अल्फाबेटले गत महिना घोषणा गरेको फिनल्यान्डमा कृत्रिम बुद्धिमता पूर्वाधार निर्माणका लागि १५ अर्ब डलर लगानी गर्ने योजनाको हिस्सा हो। अमेरिकी कम्पनी गुगलले यसलाई युरोपमा आफ्नो अहिलेसम्मकै ठूलो लगानी ...

टेक्नोलोजी खबर
किशोरकिशोरीले आत्महत्यासम्बन्धी सामग्री खोजे अभिभावकलाई सूचना दिने मेटाको तयारी
TechnologyJust now

किशोरकिशोरीले आत्महत्यासम्बन्धी सामग्री खोजे अभिभावकलाई सूचना दिने मेटाको तयारी

मेटाले फेसबुकमा किशोरकिशोरीले आत्महत्या वा आत्महानिसम्बन्धी सामग्री पटकपटक खोजेमा उनीहरूका अभिभावकलाई सूचना दिने भएको छ। सम्भावित जोखिमको पहिचान समयमै गरी अभिभावकलाई आफ्ना सन्तानलाई आवश्यक सहयोग उपलब्ध गराउन सक्षम बनाउने उद्देश्यले कम्पनीले यस्तो व्यवस्था गर्न लागेको हो। नयाँ प्रणाली मेटाका अभिभावकीय निगरानी सुविधामार्फत सञ्चालन हुनेछ। यसमा फेसबुक, इन्स्टाग्राम र मेसेन्जरका साथै मेटा एआईसँगका कुराकानीमा किशोरकिशोरीले गर्ने गतिविधिसमेत समेटिने कम्पनीले जनाएको छ। टेलिग्राफका अनुसार ...

टेक्नोलोजी खबर
इलन मस्कको स्टारलिंक कुन-कुन देशमा प्रतिबन्धित वा सीमित छ?
TechnologyJust now

इलन मस्कको स्टारलिंक कुन-कुन देशमा प्रतिबन्धित वा सीमित छ?

स्टारलिंकजस्ता स्याटेलाइट इन्टरनेट सेवाले केबल वा मोबाइल इन्टरनेटको पहुँच नभएका स्थानमा पनि नेटवर्क सुविधा उपलब्ध गराउँछन्। तर इलन मस्कको कम्पनीको यो सेवा विश्वका सबै देशमा उपलब्ध छैन। स्टारलिंकको प्रयोगमा प्रतिबन्ध लगाएका वा अनुमति नदिएका देशहरूमा रुस, चीन, उत्तर कोरिया, बेलारुस, सिरिया र अफगानिस्तान छन्। इरान, दक्षिण अफ्रिका, भारत, नामिबिया, अंगोला र इजिप्टमा पनि विभिन्न प्रतिबन्ध वा नियामक अवरोध छन्। देशअनुसार प्रतिबन्ध वा ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play