Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

एन्थ्रोपिकले भिडियो गेमको नक्कल बनाउने काममा रोक लगाउन क्लोडमा गर्‍यो परिवर्तन

Share:WhatsAppFacebookX (Twitter)Telegram
एन्थ्रोपिकले भिडियो गेमको नक्कल बनाउने काममा रोक लगाउन क्लोडमा गर्‍यो परिवर्तन
Photo / Coverage: टेक्नोलोजी खबर

एन्थ्रोपिकले अब आफ्नो एआई सेवा क्लोड प्रयोगकर्तालाई आफूलाई मनपर्ने विद्यमान भिडियो गेमको नक्कल बनाउन अनुमति नदिने भएको छ। एक्सका एक प्रयोगकर्ताले पहिलो पटक पत्ता लगाएअनुसार एन्थ्रोपिकले क्लोडको कोडमा नयाँ निर्देशन थपेको छ। नयाँ निर्देशनमा भनिएको छ, “मौलिक गेम, कुनै विधामा आधारित गेम तथा प्रयोगकर्ताकै डिजाइन र सामग्री प्रयोग गरेर गेम बनाउन सकिन्छ। तर नाम परिवर्तन गरेर वा मौलिक गेम भन्दैमा पनि पहिले नै अस्तित्वमा रहेको कुनै विशेष गेमको नक्कल बनाउन पाइने छैन।” एन्थ्रोपिकका प्राविधिक कर्मचारी एडी ओस्मानीले एक्समार्फत यी परिवर्तनको पुष्टि गरेका छन्। उनले कम्पनीले “अरू कसैको विशेष गेमको नक्कल बनाउनबाट क्लोडलाई टाढा राख्न खोजेको” बताएका छन्। क्लोड प्रयोग गरेर बौद्धिक सम्पत्ति अधिकार उल्लंघन गर्नु कम्पनीको प्रयोग नीतिविपरीत रहेको उनको भनाइ छ। इन्ग्याजेटका अनुसार ओस्मानीले प्रयोगकर्ताले आफ्नै डिजाइन र सामग्री प्रयोग गरेर बनाउने मौलिक गेम वा कुनै विधामा आधारित गेममा भने यसले असर नगर्ने स्पष्ट पारेका छन्। कम्पनीले उचित सन्तुलन कायम गर्न आवश्यक सुधारहरू जारी राख्ने पनि उनले बताएका छन्। एआईको सहयोगमा ठूला बजेटका भिडियो गेमलाई डिकम्पाइल गरेर वेब ब्राउजरमै खेल्न मिल्ने बनाउने क्रम बढिरहेका बेला एन्थ्रोपिकले यस्तो परिवर्तन गरेको हो। हालै ‘हेलोः कम्ब्याट इभल्भ्ड’, ‘कल अफ ड्युटीः मोडर्न वारफेयर २’ र ‘ग्रान्ड थेफ्ट अटो भी’ जस्ता गेमका फ्यानहरूले एआईको सहयोगमा तयार पारेका परियोजनाहरू सार्वजनिक भएका थिए। बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी विवादमा एन्थ्रोपिक यसअघि पनि मुछिएको छ। गत वर्ष आफ्नो एआई मोडेललाई तालिम दिन प्रतिलिपि अधिकार सुरक्षित सामग्री प्रयोग गरेको आरोपमा ५ लाख लेखकले दायर गरेको सामूहिक मुद्दा टुंग्याउन कम्पनी १ अर्ब ५० करोड डलरको कीर्तिमानी क्षतिपूर्ति तिर्न सहमत भएको थियो। हालै एल्भिस प्रेस्लीको सम्पत्तिको व्यवस्थापन गर्ने संस्थाले पनि यस्तै कारण देखाउँदै एन्थ्रोपिकविरुद्ध मुद्दा दायर गरेको छ। The post एन्थ्रोपिकले भिडियो गेमको नक्कल बनाउने काममा रोक लगाउन क्लोडमा गर्‍यो परिवर्तन appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाहीको निर्णय गर्ने दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकमा सञ्चारमन्त्री उपस्थित भएको दाबी
TechnologyJust now

इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाहीको निर्णय गर्ने दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकमा सञ्चारमन्त्री उपस्थित भएको दाबी

नेपाल दूरसञ्चार प्राधिकरणले १४ ओटा इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गर्ने निर्णय गरेको बोर्ड बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिना समेत उपस्थित भएको खुलासा भएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले असोज २७ गते सार्वजनिक सूचना जारी गर्दै १४ ओटा इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गरिएको जानकारी दिएको थियो। उक्त निर्णयमा हरेकलाई ५० हजार रुपैयाँ जरिवानाका साथै स्वीकृत गरेको इन्टरनेटको गति र ...

टेक्नोलोजी खबर
केएमसीको सहयोगले स्ट्रोकले थलिएकी हेमकुमारीले पाइन् नयाँ जीवन
TechnologyJust now

केएमसीको सहयोगले स्ट्रोकले थलिएकी हेमकुमारीले पाइन् नयाँ जीवन

१६ कात्तिक, काठमाडौं। कोहीपनि बिरामी शारीरिक पीडासँगै मानसिक तनाव र अनिश्चितताको सामना गर्न बाध्य हुन्छन्। रुपन्देहीको सैनामैना–७ की हेमकुमारी थापाले पनि दुई महिनाअघि यस्तै कठिन परिस्थितिको सामना गर्नुप¥यो। स्ट्रोक (मस्तिष्कघात) भएपछि उनको जीवन एकाएक कष्टकर बन्यो। तर, काठमाडौं मेडिकल कलेज (केएमसी) मा गरिएको ठूलो चिरफारबिनाको सफल उपचारपछि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आयो। अहिले उनी खुसी […] The post केएमसीको सहयोगले ...

आइसिटी फ्रेम
जीमेलमा अनावश्यक ईमेलबाट हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् ब्लक र अनसब्स्क्राइब
TechnologyJust now

जीमेलमा अनावश्यक ईमेलबाट हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् ब्लक र अनसब्स्क्राइब

काठमाडौं । दैनिक प्रयोग हुने जीमेलमा विभिन्न व्यक्ति, संस्था तथा अनलाइन प्लेटफर्मबाट ईमेल प्राप्त हुनु सामान्य हो । आवश्यक जानकारीसँगै कतिपय अवस्थामा विज्ञापन, प्रमोसन तथा अन्य अनावश्यक सन्देशले इनबक्स भरिने गर्छन् । यस्ता ईमेलले महत्वपूर्ण सन्देश छुट्ने र इनबक्स व्यवस्थापन गर्नसमेत झन्झट हुने गर्छ । तर, जीमेलमा उपलब्ध केही सुविधाको प्रयोग गरेर यस्ता अनावश्यक ईमेलबाट छुटकारा पाउन सकिन्छ ।जीमेलले कुनै ...

आइसिटी समाचार
टाटा गुरुहरूको दक्षता अभिवृद्धि गर्न सिप्रदीको ६ दिने BS-6 तालिम सुरु
TechnologyJust now

टाटा गुरुहरूको दक्षता अभिवृद्धि गर्न सिप्रदीको ६ दिने BS-6 तालिम सुरु

काठमाडौं । नेपालका लागि TATA Genuine Parts को आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा. लि. र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक जनशक्ति (टाटा गुरु) को सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘टाटा BS-6 तालिम प्रशिक्षण कार्यक्रम’ सुरु भएको छ ।कार्तिक १५ गतेदेखि सुरु भएको उक्त ६ दिने प्रशिक्षण कार्यक्रम आगामी कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play