एआई कम्पनी एन्थ्रोपिकले आईपीयो र नीजि लगानि मार्फत नयाँ रेकर्ड १०७ अर्ब ३० करोड अमेरिकि डलर संकलन गरेको छ। यससँगै कम्पनीले एलन मस्कको स्पेसएक्सले यसअघि बनाएको कीर्तिमानलाई समेत पछि पारेको छ। एन्थ्रोपिकले प्रतिकित्ता ८३ अमेरिकी डलरका दरले ९८ करोड कित्ता सेयर बिक्रि गरेको छ। यसबाट सार्वजनिक निष्कासनमार्फत ८१ अर्ब ३० करोड अमेरिकि डलर संकलन गरेको छ। विभिन्न प्रविधि कम्पनीलाई नीजी रुपमा सेयर बिक्रि गरेर थप २६ अर्व डलर संकलन गरिएको हो। उक्त कारोबारसँगै एन्थ्रोपिकको मुल्य १५ अर्ब अमेरिकी डलर पुगेको छ। यसले कम्पनीलाई विश्वकै सबैभन्दा बढी मुल्यभएको कम्पनीहरुको सूचीमा पुर्याएको छ। एन्थ्रोपिकले न्यूयोर्कस्थित न्यास्ड्याक स्टक एक्सचेन्जमा बिहीवारदेखि कारोवार सुरु गर्ने अपेक्षा गरिएको छ। कम्पनीले एएनटी संकेत चिह्नअन्तर्गत सेयर कारोवार गर्नेछ। ओपनएआईका पूर्वकर्मचारीहरुले स्थापना गरेको यस कम्पनीलाई संचालनामा आएको पाचँ वर्ष मात्रै भएको छ। कम्पनीले मूख्य रुपमा ब्यवसायीक संस्थाहरुलाई एआई प्रविधि उपलब्ध गराउदैँ आएको छ। टेलिग्राफका अनुसार, प्रकाशित तंथ्याकअनुसार एन्थ्रोपिकका करिब १२ हजार ग्राहक छन्। ती ग्राहकबाट कम्पनीले प्रत्येक वर्ष कम्तीमा १ लाख अमेरिकि डलर आम्दानी गर्ने गरेको छ। कम्पनीको तीब्र विस्तारसँगै खर्च पनि उच्च हुदै आएको छ। यस वर्षको पहिलो ६ महिनामा मात्रै कम्पनीले कम्प्युटिङ क्षमता र पूर्वाधार विकासमा करिब ९ अर्ब अमेरिकि डलर खर्च गरेको छ। एआई क्षेत्रमा बढ्दो प्रतिस्पर्धा र उच्च लागतमा चिन्ता रहेपनि एन्थ्रोपिक प्रति लगानिकर्ताको आकषर्णले यस प्रविधिको आर्थिक सम्भावनाप्रति विश्वास कायमै रहेको देखाएको छ। The post एन्थ्रोपिकले आईपीओमार्फत् बनायो इतिहास appeared first on Technology Khabar.
एन्थ्रोपिकले आईपीओमार्फत् बनायो इतिहास

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






