Friday, November 20, 2026||
MultiKhabarMultiKhabar

एआई नियमनमा ट्रम्पको असहमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआई नियमनमा ट्रम्पको असहमति
Photo / Coverage: टेक्नोलोजी खबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी नियमन गर्ने कुनै पनि प्रयासको अमेरिकाले विरोध गर्ने बताएका छन्। अन्तर्राष्ट्रिय नियमनले एआई विकासमा अमेरिकालाई चीनभन्दा पछाडि पार्न सक्ने उनको आशङ्का छ। चीनको सेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठकमा बिहीबार सम्बोधन गर्दै ट्रम्पले एआईका फाइदासँगै यसका जोखिमप्रति पनि सचेत रहनुपर्ने बताए। एआईलाई नियन्त्रण र सीमित गर्ने विश्वव्यापी नियम अमेरिकालाई स्वीकार्य नहुने उनको भनाइ थियो । ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने वार्तामा एआईको तीव्र विकास र त्यसबाट उत्पन्न चुनौतीबारे छलफल हुने अपेक्षा गरिएको छ। साइबर आक्रमण, जैविक हतियार निर्माणमा एआईको दुरुपयोग, सैन्य प्रयोग तथा सामूहिक निगरानी यस क्षेत्रका प्रमुख सुरक्षा चुनौती हुन् । यसैबीच, एआई एजेन्टको अनियन्त्रित प्रयोगप्रति पनि चिन्ता बढेको छ । ओपनएआईका बटहरू अस्ट्रेलियाको सरकारी पोर्टलसहित विभिन्न वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गरेको घटना सार्वजनिक भएको छ । यसअघि ट्रम्प र सीबीच एआईसम्बन्धी घटनामा तत्काल सूचना आदानप्रदान गर्न सञ्चार संयन्त्र स्थापना गर्ने सहमति भएको थियो । सीले एआई मानव नियन्त्रणमा रहनुपर्ने र त्यसका लागि कानूनी व्यवस्था तथा प्राविधिक निगरानी आवश्यक रहेको बताउँदै आएका छन्। उता, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले एआईको विश्वव्यापी नियमन अभावले ठूलो जोखिम निम्त्याउने चेतावनी दिँदै यसका लागि अन्तर्राष्ट्रिय ढाँचा निर्माण गर्न ढिलाइ गर्न नहुने बताएका छन्। रासस/एएफपी The post एआई नियमनमा ट्रम्पको असहमति appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अल्टरनेटिभा फिल्म फेस्टिभल २०२७ का लागि आवेदन खुला
TechnologyJust now

अल्टरनेटिभा फिल्म फेस्टिभल २०२७ का लागि आवेदन खुला

अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभल ‘अल्टरनेटिभा फिल्म फेस्टिभल’ (एएफएफ) ले सन् २०२७ मा आयोजना हुने चौथो संस्करणका लागि आवेदन खुला गरेको छ। सन् २०२७ को अन्त्यतिर पहिलो पटक अफ्रिकामा आयोजना हुन लागेको फेस्टिभलमा अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका चलचित्रकर्मीले सहभागिता जनाउन सक्नेछन्। फेस्टिभलअन्तर्गत फिचर फिल्मतर्फ तीनवटै क्षेत्रका चलचित्रकर्मीले आवेदन दिन पाउनेछन् भने सर्ट फिल्मतर्फ अफ्रिकी चलचित्रकर्मीलाई मात्र आवेदन दिने व्यवस्था गरिएको छ। कुल १ ...

टेक्नोलोजी खबर
चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण
TechnologyJust now

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

चीनले बिहीबार शिजियान–२४ नामक नयाँ भूउपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। चीनको उत्तरी शान्सी प्रान्तस्थित ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार बिहान ६ः५१ बजे उक्त भूउपग्रह प्रक्षेपण गरिएको हो। लङ मार्च–२डी वाहक रकेटको सहायताले भूउपग्रहलाई अन्तरिक्षमा पठाइएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। प्रक्षेपणपछि भूउपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको र सम्पूर्ण प्रक्षेपण अभियान सफल भएको जनाइएको छ। यस प्रक्षेपणसँगै चीनको लङ मार्च ...

टेक्नोलोजी खबर
एन्थ्रोपिकले आईपीओमार्फत् बनायो इतिहास
TechnologyJust now

एन्थ्रोपिकले आईपीओमार्फत् बनायो इतिहास

एआई कम्पनी एन्थ्रोपिकले आईपीयो र नीजि लगानि मार्फत नयाँ रेकर्ड १०७ अर्ब ३० करोड अमेरिकि डलर संकलन गरेको छ। यससँगै कम्पनीले एलन मस्कको स्पेसएक्सले यसअघि बनाएको कीर्तिमानलाई समेत पछि पारेको छ। एन्थ्रोपिकले प्रतिकित्ता ८३ अमेरिकी डलरका दरले ९८ करोड कित्ता सेयर बिक्रि गरेको छ। यसबाट सार्वजनिक निष्कासनमार्फत ८१ अर्ब ३० करोड अमेरिकि डलर संकलन गरेको छ। विभिन्न प्रविधि कम्पनीलाई नीजी रुपमा ...

टेक्नोलोजी खबर
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा. तिमिल्सिना
Technology1h ago

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा. तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल सुरक्षा एवं साक्षरता, गलत सूचना तथा दुष्प्रचार नियन्त्रण र सुरक्षित डिजिटल समाज निर्माणका लागि सरकारले दीर्घकालीन सोचसहित काम गरिरहेको बताएका छन्। नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)का प्रतिनिधिले आज मन्त्रालयमा गरेको भेटका क्रममा उनले डिजिटल सुरक्षा, सूचना अखण्डता (इन्फर्मेसन इन्टिग्रिटी), डिजिटल साक्षरता तथा संस्थागत क्षमता ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play